हेलसिन्कीमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना । (Passport Service in Helsinki – 2024)

नेपाली राजदुतावास डेनमार्कले यही २०२४ मार्च महिनाको ३० र ३१ तारिखका दिन फिनल्याण्डको हेलसिन्कीमा NRNA, Finland पहल र सहकार्यमा विद्युतीय राहदानी आवेदन संकलन सेवा उपलब्ध गराइने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ ।
मितिः ३० र ३१ March 2024
समयः 10:00 – 17:00 hrs
सेवाः विद्युतीय राहदानी आवेदन (ePassport application) (अन्य सेवा चाहिएमा दूतावासमा सम्पर्क गर्नु होला )
कार्यक्रम स्थलः Laippatie 4C, 00880 Helsinki

थप जानकारीको लागी नेपाली राजदुताबास डेनमार्क को वेबसाइट हेर्नुहोला – यहा क्लिक गर्नुहोस्

सम्पर्क इमेल: INFO@NRNA.FI
सम्पर्क फोन: +358-445657739, +358-440233778

नेपाली दूतावास डेनमार्कबाट पासपोर्ट कसरी मगाउने ?

के तपाइको पासपोर्ट तयार भयो भनेर दुतावासबाट इमेल आयो ?
अब क गर्ने
कृपया तल दिइएको बिबरण हेर्नुहोस र त्यहि अनुरुप गर्नुहोस्।
केहि प्रस्न भए हामीलाई सम्पर्क गर्नुहोला

राहदानी हुलाक मार्फत पठाउने सम्बन्धमा थप व्यवस्थाः

यदी राहदानी बुझ्नका लागि दूतावासमा उपस्थित हुन नसक्ने अवस्था भएमा हुलाक/कुरियर मार्फत पठाउनका लागि अनुरोध गर्न सकिन्छ । यसका लागि निम्नअनुसार गर्नु होला ।

क) यदी हुलाक (postNord) मार्फत पठाउने हो भने postNord को वेव पेजमा लग इन गरी हुलाकका लागि अर्डर गर्नु पर्नेछ । रकम भुक्तानी लगायत सबै कार्य गरे पश्चात् labels प्राप्त हुनेछ । उक्त label प्रिन्ट गरी पुरानो राहदानी सँगै पठाउनु होस वा इमेल मार्फत दूतावासमा पठाउनु होस । लेवल प्राप्त भए पछि दूतावासबाट खाम तयार गरी पोष्टनर्ड मार्फत पठाइने छ । (लेवल प्रिन्ट गर्दा वा इमेल मार्फत पठाउँदा फोटो वा स्क्रिनसट नगरी मूल प्रति (original copy) पठाउनु होला । साथै मेल छनौट गर्दा रजिस्टर्ड र track गर्न सकिने गरि छनौट गर्न दूतावास सिफारिस गर्दछ ।)

ख) अन्य कुरियर सेवा मार्फत पठाउनका लागि तपाँइलाई उपयुक्त लागेको कुरीयर सेवा अर्डर गर्नुहोस र त्यसको लेवल(label) दूतावासमा पठाउनु होस् । यसका लागि दूतावासबाट मेल तयार भए पछि कुरियरलाई दूतावासमा आइ मेल सङ्कलन गर्ने अनुरोध गर्नुहोस् । यस प्रकारको कुरयिरका सेवाका लागि दूतावासबाट मेल dropbox सम्म पुर्‍याउन सकिने छैन ।

ग) सामान्यतः ३४ पृष्ठ भएको एउटा राहदानीको तौल खाम सहित करीव ५० ग्राम तथा ६६ पृष्ठ भएको एउटा राहदानीको तौल खाम सहित करीव ८० ग्राम हुने भएकोले कति वटा राहदानी पठाउनु पर्ने हो सोही अनुसार तौल छनौट गर्नु होला । एकै परिवारका धेरै सदस्यहरूको राहदानी भएमा एउटै मेलमा पठाउन सकिने भएकोले सोही अनुसार तौल छनौट गर्नु होला ।

(यस अघि हुलाकबाट राहदानी पठाउँदा सेवाग्राहीले दूतावासमा रकम पठाउने र दूतावासले मेल पठाउने गरिएकोमा अव उप्रान्त सेवा ग्राही स्वयंले नै हुलाक लेवल खरिद गरी दूतावासमा पठउने व्यवस्था गरिएकोले हुलाक वापतको रकम दूतावासमा नपठाउनुहुन यसै मार्फत जानकारी गराउदछौं )

नोटः तपाईको राहदानी कुरियरले हराईदिएमा दूतावास जिम्मेवार हुने छैन । तसर्थः कुरियर/हुलाक छनौट गर्दा विश्वासिलो र भरपर्दो कुरियर/हुलाक सेवा छान्नको लागि दूतावास अनुरोध गर्दछ। राहदानी हराएमा नियमानुसार दोब्बर दस्तुर तिरी पुनः आवेदन दिनु पर्नेछ।

पुरानो पासपोर्ट पठाउदा कृपया रेजिस्टर गरेर सुरक्षित हुलाक मार्फत पठाउनु होला, हरायो भने समस्या आउने छ। दुतावासले सबैलाई रेजिस्टर गरेर मात्र पठाउन आग्रह गरेको छ।

हेलसिन्कीमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना । (Passport Service in Helsinki)

नेपाली राजदुतावास डेनमार्कले यही अक्टोबर महिनाको ११ – १२ तारिखका दिन फिनल्याण्डको हेलसिन्कीमा विद्युतीय राहदानी आवेदन (e-passport application) लगायतका कन्सुलर सेवा उपलब्ध गराइने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ ।
थप जानकारीको लागी नेपाली राजदुताबास डेनमार्क को वेबसाइट हेर्नुहोला – यहा क्लिक गर्नुहोस्

सूचना सूचना सूचना !!!

नेपाली राज दूतावास कोपेनहेगन,  डेनमार्कको हेलसिन्की(फिनल्याण्ड) मा घुम्ती सेवामा अनिवार्य रुपमा लेराउनु पर्ने कागज पत्रहरु:

  • पुरानो पासपोर्ट सक्कली
  • नागरिकता सक्कली अथ्वा फोटोकपी ( कलर )
  • रेसिडेन्ट परमिट्को (भिसा) सक्कली अथवा फोटो
  • फारमको पृन्टेड कपि
  • पैसा तिरेको भेरिफाइ भएको पृन्टेड कपि
  • पैसा तिरेको भेरिफाइ नभएको भए एम्बेस्सीमा फोन गरेर भेरिफाइ गर्नुहोला।

पासपोर्ट आबेदनको चाप अत्यन्त बडेकोले राजदुतावासले बुधबार 11 October दिउँसो 14:30 देखीनै सुबिधा दिने निर्णय गरेको छ ।

  • 12 तरिक बाहेक अन्य कुनै दिनको लागि समय बूक गर्नु भएको छ भने कृपया 11 तारिक 14:30 बजे पछि मात्र सुबिधा दिने स्थानमा आउनु हुन अनुरोध छ।
  • बालबालिका र महिलाहरुलाइ सकेसम्म बिशेषता दिइने छ।
    12 तारिकमा समय लिनु भएका माहनुभावहरु कृपया आफ्नो तोकिएको समयमा आइदिनुहोला।
  • 11 तारिकमा कार्यभारका कारण सुविधा दिन नसकेमा
    बिहिवारको दिन दिइनेछ ।
  • सुबिधा दिने स्थान सानो भएकोले कृप्या एकैचोटी धेरै नआइदिनु होला।
  • टेक्निकल कारणले कहिलेकाहिँ काम समय भन्दा ढिलो हुनसक्छ त्य्सैले कृपया स्म्यम रहन हजुरहरुसङ्ग विनम्र अनुरोध गर्दछौ ।

मितिः 11 October 2023, समयः 14:30 – 19:00
मितिः 12 October 2023, समयः 10:00 – 19:00
सेवाः विद्युतीय राहदानी आवेदन (ePassport application) (अन्य सेवा चाहिएमा दूतावासमा सम्पर्क गर्नु होला)
कार्यक्रम स्थलः Puotilan Metrokatu 4a 00910 Helsinki

सम्पर्क इमेल: info@nrna.fi
सम्पर्क फोन: +358-445657739, +358-440233778