पढाई र काम : कस्तो छ फिनल्याण्ड

संक्षेपमा फिनल्याण्ड :

पूर्वमा रुस, पश्चिममा स्विडेन, दक्षिणमा ‘बाल्टिक सागर’ अनि उत्तरमा झन्डै ‘नर्थ पोल’ लाई छुन खोज्ने फिनल्याण्ड, उत्तरी युरोपको एक सम्बृद देश मध्ये पर्दछ | केहि समय जर्मन नाजीहरु संगको युद्ध, स्विडेन अनि रुससँगको युद्ध तथा आफ्नै गृहयुद्धका कारण माथि उठ्नै नसकेको फिनल्याण्ड, सन् १९१७ मा स्वतन्त्र भएको हो | काठ, धातु, रसायन, उर्जा, विद्युतीय सामग्री, आदि प्रमुख उत्पादन रहेको यस मुलुकले पछिल्लो समयमा गरेको द्रुततर बिकास साँच्चै लोभलाग्दो छ | दक्षिणी युरोपको तुलनामा निकै पछिमात्र आप्रबासीहरुको प्रवेश बाक्लिएको फिन्ल्यान्डमा राजधानी र प्रमुख पर्यटकीय स्थल बाहेक अन्यत्र खासै अंग्रेजी भाषा आधिकारिक रुपमा बोलिदैन | Continue reading

हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

गैर आवासीय नेपाली संघ, फिनल्याण्डले डिसेम्बर १, आइतबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । नेपालीपन झल्काउने बौद्धिक अभ्यास तथा रचनात्मक कृयाकलापको निरन्तरता स्वरुप उक्त कार्यक्रम राखिएको हो । फिनल्याण्डभरिबाट कुल ९ टिमले भाग लिएको उक्त प्रतियोगितामा ‘त्रिदेवी’ नामक महिला टिमको पनि सहभागिता रहेको थियो । quiz 1 Continue reading