हेलसिन्कीमा ‘सांस्कृतिक साँझ २०१४’ हुने

NRNA फिनल्याण्डले यहिँ जनवरी १८, शनिबारका दिन ‘सांस्कृतिक साँझ’ आयोजना गर्ने भएको छ | नेपाली कला, संस्कृति र आफ्नोपनलाई जोगाईराख्नका लागि यस्ता कार्यक्रमहरु यसअघि पनि सम्पन्न हुँदै आएका थिए | तर नेपाली राष्ट्रिय कलाकारहरु सहितको टोलिले प्रस्तुत गर्न लागेको यो कार्यक्रम चाहिँ पहिलो हो |

चर्चित लोकदोहोरि गायक पशुपति शर्मा, गायिका रिता थापा मगर तथा नेपाली हाँस्यव्यंगका ‘आईकन’ मनोज गजुरेल कार्यक्रमको केहि दिन अघि फिनल्याण्ड आईपुग्नेछन् | उनीहरुले यसअघि पनि युरोपका बिभिन्न देशमा आफ्नो प्रस्तुती दिईसकेका छन् | ‘युरो टुर’ को यसै मौकामा NRNA फिनल्याण्डले कलाकारहरुलाई निम्त्याएको हो | पछिल्लो समयमा ज्यादै चर्चा कमाएको ‘मलाई अमेरिका यहि’ गीतका श्रस्टा पशुपति शर्माका धेरै ‘रोइला’ भाकाहरु प्रसिद्ध छन् | यसैगरि लोकगायिका रिता थापा मगर दोहोरि, चुड्का, तीज गीत तथा रोइला भाकाहरुमा जम्ने गर्दछिन | थापामगर र शर्माको रोइला भाका ‘यति बानि सुधार’ निकै लोकप्रिय छ | poster final

आफ्ना व्यंग्यमार्फत राजनैतिक र सामाजिक बेथितिहरु माथि कडा प्रहार गर्ने मनोज गजुरेल, कुनै नयाँ नाम होइन |  राजनैतिक बिकृतिमाथि प्रहार गर्न कहिले प्रचण्ड अनि कहिले पूर्वराजा ज्ञानेन्द्र बनेर धेरै ठाउँमा दर्शकहरु झुक्याएका गजुरेल, नेपाली आम जनताका भावना बोल्ने गर्छन | निरन्तर व्यंग्य पस्किरहने गजुरेलको केहि समयअघिको ‘फोटोकपि – नेपाल निर्देश’ भन्ने नयाँ नेपालको परिकल्पना अत्यन्त रुचाईएको थियो |

कार्यक्रमको सम्पूर्ण तयारी अहिले अन्तिम चरणमा पुगेको छ | फिनल्याण्डबासी सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु यस कार्यक्रमका लागि अत्यन्त उत्साहित रहेको पाईएको छ | बेलुकी ५ बजेबाट सुरु हुने कार्यक्रम करिब साढे ३ घण्टा चल्ने छ | कार्यक्रम सम्बन्धि बृस्तित विवरण फेसबुक इभेन्ट पेज मा उल्लेख गरिएको छ | कार्यक्रमको मुख्य उद्धेश्य मनोरन्जन रहेको र यसबाट हुने फाईदाको अंश फिन्ल्यान्डमा रहेका नेपालीको सहयोगको लागि निकट भविष्यमा खडा गरिने अक्षयकोष स्थापनामा खर्च गरिने उल्लेख छ |  

Leave a Reply

Your email address will not be published. Required fields are marked *