हेलसिन्कीमा ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाइने

मार्च महिनाको ८ गते, अर्थात अन्तर्राष्ट्रिय महिला दिवसको दिन NRNA Finland women’s forum ले बिभिन्न कार्यक्रम गरि मनाउने तयारी गरिरहेको छ | हेलसिन्कीमा पहिलोपल्ट आयोजना गर्न लागिएको यस कार्यक्रममा महिलाको उद्ध्यमशिलतालाई प्रबर्द्दन तथा प्रसार गरिने आयोजक कमिटिले जनाएको छ | साना तथा ठुलो लगानीमा नेपाली महिलाहरुले उत्पादन सुरु गरेका विभिन्न सामाग्रीहरु प्रदर्शनीमा हुनेछन | प्रचारप्रसार तथा उपयुक्त वाताबरण नपाएर फैलिन नसकेको साना ब्याबसाय तथा ब्याबसायिक सोचलाई बढावा दिने उपयुक्त थलोको रुपमा यस कार्यक्रम रहन सक्दछ | कार्यक्रम, सहभागी दर्शक तथा स्टल राख्न इच्छुक ब्याबसायी, दुबैलाई निशुल्क रहने छ | women day

पहिलोपल्ट आयोजना गर्न लागिए पनि प्रदर्शनीमा आफ्नो स्टल राख्नका लागि तत्पर महिला दिदिबहिनि तथा दाजुभाईहरुको सहभागिता उल्लेख्य रहने देखिन्छ | घरेलु हस्तकलाका सामग्री देखि फेशन, सिलाईबुनाई, गरगहना तथा त्यससंग सम्बन्धित बिभिन्न स्टल रहने छन | खाना तर्फ भने – पकौडा, सेलरोटी, योमरी, नेपाली स्वादका चिया तथा कफी, आदि रहने छन | यसैगरि कार्यक्रम स्थलमै नेपाली सांगीतिक परिचय, इच्छुकहरुको लागि निशुल्क नृत्य प्रशिक्षण, निशुल्क फोटो सेसन ( नेपाली परम्परागत पहिरनमा), आदि रहनेछन |
साना बालबालिका सहित आउनुहुने अविभाबकहरुलाई ध्यानमा राख्दै कार्यक्रम स्थलमा ‘बालबालिका स्टल’ समेत रहने छ, जसमा उनीहरुले कार्यक्रम अवधिभरि हाँसखेल गर्दै रमाइलो समय बिताउन पाउने छन् भने अविभावकले अन्य स्टलको मजा लिन सक्नेछन | यसैगरि, नेपालका लागि सकृय रुपमा कार्यरत गैर सरकारी संस्था ‘माया नेपाल’ को बिभिन्न जानकारीमुलक सामग्री समेत रहनेछ | बिभिन्न संस्था, व्यक्ति तथा समूहबाट सहभागिताको लागि बुकिंग गर्ने काम धमाधम भईरहेको छ | कार्यक्रम सम्बन्धि थप जानकारी र पछिल्लो अपडेटका लागि फेसबुक इभेन्ट पेज हेर्नु होला |

दिउँसो करिब १ बजे सुरु हुने कार्यक्रम ४:३० सम्म संचालन हुनेछ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *