साहित्यीक कार्यक्रमसहित नयाँ बर्ष २०७१ को स्वागत

हेलसिन्की १३ अप्रिल | NRNA फिनल्याण्डले नयाँ बर्ष बि.स. २०७१ को स्वागतार्थ साहित्यीक कार्यक्रम सम्पन्न गरेको छ | कोन्तुला, हेलसिन्कीस्थित हलमा करिब १५० दर्शकसहित सम्पन्न भएको कार्यक्रममा फिनल्यान्ड लगायत क्यानडा, जापान र नेपालका करिब २५ कविहरुको प्रस्तुति रहेको थियो | कार्यक्रमको सुरुवात NRNA फिनल्यान्डका कार्यबाहक अध्यक्ष श्री बालकृष्ण श्रेष्ठले काव्यिक शैलीमै गर्नुभएको थियो | बिबिध शैलीका रमाइला प्रसँगसहित अघि बढेको साहित्यीक माहोलको केहि प्रस्तुतिहरुमा आफ्नो व्यक्तिगत कथा, मायाँ प्रेम र नियात्रा बर्णन थिए भने, धेरैका काव्य रचनामा आफ्नो कला,संस्कृति र देशप्रतिको मायाँ झल्किन्थ्यो | केहि प्रस्तुतिमा नेपालमा बिद्यमान राजनैतिक बेथिति र विसंगतिप्रति प्रहार पनि थियो |  दिउँसो करिब ४ बजे सुरु भएको साहित्यीक कार्यक्रम करिब ६ बजे टुंगिएको थियो भने त्यस लगत्तै मनोरन्जनात्मक कार्यक्रम राती १० बजेसम्म चलेको थियो | नेपाली समयअनुसार नयाँ दिन सुरु हुने समय रातको १२ बजे ‘काउन्टडाउन ‘ सहित नयाँ बर्षलाई स्वागत गरिएको थियो |

कार्यक्रम प्रतिस्पर्धात्मक नभएपनि त्यहाँ उपस्थित दर्शक, अनलाइनमा प्रत्यक्ष सुन्नुहुने श्रोता र आयोजक कमिटिको प्रतिक्रियाको आधारमा दुई कविलाई प्रोत्साहन स्वरुप ‘मायाँको चिनो’ प्रदान गरिएको थियो | स्थापनाकालीन सदस्यहरु श्री देवीदत्त शर्मा र ब्योमा ताम्राकार ज्युले कवि प्रकाश सापकोटा र नबीन अर्याललाई उक्त चिनो प्रदान गर्नुभयो | अन्य सबै सहभागीलाई ‘सहभागिता पत्र’ तथा प्रायोजक ‘हाम्रो बजार हेलसिन्की’ र स्वयंसेवकहरुलाई ‘धन्यबाद ज्ञापन पत्र’ प्रदान गरिएको थियो | कविहरुसंगको समन्वय तथा कार्यक्रम संचालन सदस्य भुवन पोखरेलले गर्नुभएको थियो |

10257129_717688344918583_878766640706077355_o

1966242_717688398251911_1235629380358079258_o

canadanepal.net  को कार्यक्रम ‘हेल्लो नेपाल’ मार्फत प्रत्यक्ष प्रसारण गरिएको उक्त ‘सृजनात्मक साँझ’, हेल्सिन्कीमा पहिलोपल्ट आयोजना गरिएको हो | फरक ढंगको स्वाद र प्रस्तुतिका कारण दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया आएको थियो | NRNA फिनल्याण्डले प्रवासमा रही आफ्नो नेपालीपन जोगाइराख्ने र कला- संस्कृतिलाई मायाँ गर्न प्रेरित गरिराख्ने बिबिध कार्यक्रमहरु स्थापनाकालदेखिनै प्रस्तुत गर्दै आएको छ |

कार्यक्रमका केहि झलकहरु हाम्रो फेसबुक पेजमा उपलब्ध छन् ! यहाँ क्लिक गर्नुहोस > http://on.fb.me/1m3ll8G

Leave a Reply

Your email address will not be published. Required fields are marked *