नेपाली चलचित्र ‘झोला’ को च्यारिटी-शो हुँदै

यहि जुन २७ का दिन, ऐतिहासिक कथाबस्तु बोकेको चलचित्र ‘झोला’ को हेलसिन्कीमा च्यारिटी-शो गरिंदै छ | दुर्गम क्षेत्रका सरकारी बिद्यालयमा अध्ययन गरिरहेका ३ जना बिध्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने उद्देश्यले यो प्रदर्शन गर्न लागेको आयोजकहरु सुमन तिम्सिना, टेकेन्द्र तिम्सिना तथा जे.पि. कोइरालाले बताउनु भएको छ | साहित्यकार कृष्ण धराबासिको अत्यन्त सफल उपन्यास ‘झोला’ आजभन्दा १०० बर्ष अगाडीको सांस्कृतिक कु-प्रथा ‘सति’ मा आधारित छ |

jhola

यस सम्बन्धि थप जानकारी आयोजक जे.पि. कोइरालाको शब्दमा:

किन हेर्ने ?
यो चलचित्र एउटा ऐतिहासिक दस्तावेजमात्र नभएर १०० वर्ष अघिको सामाजिक वस्तुस्थिति बुझ्ने अवसर पनि हो । भूतले वर्तमान र वर्तमानले भविष्यको मार्गदर्शन गर्दछ । इतिहासले धेरै कुरा सिकाउँछ । इतिहास बुझ्ने अवसर त छदैंछ । मुख्य कुरा यो चलचित्रले आफूलाई प्रमाणित गरिसकेको छ ।अन्त्यमा हामी यो चलचित्रका आयोजकहरुले विगत एक वर्ष देखि गाउँ (हामी तीनै जना एउटै गाउँका हौं) को सरकारी विद्यालयमा अध्ययनरत केही विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिरहेका छौं र यसलाई हाम्रो सामर्थ्यले भ्याएसम्म निरन्तरता दिने योजना बनाएका छौं । सोही प्रयोजनको लागि एउटा कोष खडा गरी रकम संकलन गरिरहेका छौं । यदि यो चलचित्रको प्रदर्शनीमार्फत केही मुनाफा कमाए सम्पूर्ण रकम कोषमा जम्मा गर्नेछौं । यहाँले चलचित्र हेरिदिनु भएको खण्डमा गाउँको विपन्न विद्यार्थीलाई सहयोग पुग्नेछ ।
कृष्ण धरावासीले लेख्नु र यादव भट्टराईले निर्देशन गर्नुबीच विधाको विभेदमात्र छैन । इतिहासबोध भएको यति मार्मिक र अर्थपुर्ण फिल्म नेपालीबाट नेपाली भाषामा सम्भव छ भन्ने भेद पनि खुलेको छ |

चलचित्र प्रदर्शनी सम्बन्धि फेसबुक इभेन्ट पेज बाट सम्पूर्ण जानकारी लिन सकिन्छ |

जुलाई १२ मा NRN Charity Cup आयोजना गरिने

charity cup slideसमस्त फुटबलप्रेमीहरुको अनुरोधलाई मध्यनजर गर्दै एन.आर.एन फिनल्याण्डले गुल्मी जिल्लाको रिमुवास्थित दृष्टिबिहिन बालबालिकाको सहयोगार्थ हेल्सिन्कीमा फुटबल प्रतियोगिता गर्ने भएको छ | यस प्रतियोगिताबाट प्राप्त हुने मुनाफा सम्पूर्ण रुपमा बालबालिकाको आवास तथा खानपिन ब्यबस्थापनमा प्रयोग गरिने छ | खुला आव्हान मार्फत छनौट गरिएको यस प्रस्ताब श्री शुसिल ज्ञवालीले पेश गर्नुभएको थियो |
प्रतियोगिता जुलाई १२, शनिबारको दिन सम्पन्न हुनेछ र टिमहरुको दर्ता प्रकृया सुरु भईसकेको छ’, एन.आर.एन फिनल्याण्डका खेलकुद संयोजक संजय भण्डारी बताउनुहुन्छ | दर्ता गर्ने अन्तिम म्याद जुलाई ६ सम्म रहेको पनि उँहाले जानकारी दिनुभयो |

बृस्तित जानकारी हाम्रो फेसबुक पेज मार्फत प्राप्त गर्नसक्नुहुनेछ |

एन.आर.एन फिनल्याण्ड ‘सातौँ यूरोपियन क्षेत्रिय सम्मेलन’मा सहभागी

NRN foto 1 स्पेनको बार्सिलोनामा हालैसालै European Regional Meeting तथा पाँचौ European Regional Women Conference सम्पन्न भएको छ। बैठकमा NRN अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जिबा लामिछने, अन्य पदाधिकरीहरू र बिभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। NRN फिनल्यान्डको तर्फबाट कार्यबाहक अध्यक्ष बालकृष्ण श्रेष्ठ, महिला संयोजक सरिना श्रेष्ठ, सदस्यहरू रन्जना पिया, जगन्नाथ काफ्ले, भुवन पोखरेल तथा प्रतिष्ठा मिश्रको सहभागिता थियो।

बैठकमा कार्यबाहक अध्यक्षले NRNA फिनल्यान्डको गतिबिधि, भाबी योजना तथा फिनल्यान्ड बासी नेपालीले MRP बनाउदा भोग्नु परिरहेको समस्याको साथै फिनल्यान्डमा नेपाली दुताबासको आवश्यकता बारे ध्यनाकर्षण गर्नुभएको थियो। त्यस्तै महिला संयोजकले फिनल्यान्डमा रहनुभएको महिलाहरूको गतिबिधि र समस्याबारे प्रकाश पार्नुभएको थियो। बैठकले NRNA फिनल्यान्डले गरेको काम, भावी योजनाको प्रशंसा गर्दै फिनल्यान्डवासी नेपालीहरूको समस्यालाई समाधान गर्न आवस्यक पहल गर्ने निर्णय गरेको छ। 

NRN foto

संस्थापक उपेन्द्र महतो तथा बर्तमान अध्यक्ष शेष घले, एन.आर.एन फिनल्याण्डलाई माँयाको चिनो प्रदान गर्नुहुँदै

NRN women

क्षेत्रिय महिला सम्मेलन

 

क्षेत्रिय महिला सम्मेलन सम्पन्न

यसैगरि, पाँचौ यूरोपियन ‘क्षेत्रिय महिला सम्मेलन’ स्पेनको बार्सिलोनामा सम्पन्न भएको छ | यूरोपका बिभिन्न देशमा छरिएर रहेका महिलाहरुलाई एकत्रित गर्दै आपसी सहयोग आदानप्रदान तथा नेपाली महिलाको स्तर उकास्ने बिभिन्न निर्णयहरु सम्मेलनले गरेको छ | महिनाको १ यूरो बचत गरि नेपालमा पाठेघर खस्ने समस्याबाट पिडित महिलालाई उपचारमा सहयोग गर्ने, पाँचै बिकास क्षेत्रका कम्तिमा ३०० महिलाको उपचार गर्ने, आदि लगायत महत्वपूर्ण छलफल सम्पन्न भएको छ | फिनल्याण्डको प्रतिनिधित्व गर्दै महिला संयोजक सरिना श्रेष्ठ तथा रन्जना पिया सहभागि हुनुभएको थियो | उँहाहरुले फिनल्याण्डमा रहेका महिलाको बर्तमान अवस्था र चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो |