नेपाली चलचित्र ‘झोला’ को च्यारिटी-शो हुँदै

यहि जुन २७ का दिन, ऐतिहासिक कथाबस्तु बोकेको चलचित्र ‘झोला’ को हेलसिन्कीमा च्यारिटी-शो गरिंदै छ | दुर्गम क्षेत्रका सरकारी बिद्यालयमा अध्ययन गरिरहेका ३ जना बिध्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने उद्देश्यले यो प्रदर्शन गर्न लागेको आयोजकहरु सुमन तिम्सिना, टेकेन्द्र तिम्सिना तथा जे.पि. कोइरालाले बताउनु भएको छ | साहित्यकार कृष्ण धराबासिको अत्यन्त सफल उपन्यास ‘झोला’ आजभन्दा १०० बर्ष अगाडीको सांस्कृतिक कु-प्रथा ‘सति’ मा आधारित छ |

jhola

यस सम्बन्धि थप जानकारी आयोजक जे.पि. कोइरालाको शब्दमा:

किन हेर्ने ?
यो चलचित्र एउटा ऐतिहासिक दस्तावेजमात्र नभएर १०० वर्ष अघिको सामाजिक वस्तुस्थिति बुझ्ने अवसर पनि हो । भूतले वर्तमान र वर्तमानले भविष्यको मार्गदर्शन गर्दछ । इतिहासले धेरै कुरा सिकाउँछ । इतिहास बुझ्ने अवसर त छदैंछ । मुख्य कुरा यो चलचित्रले आफूलाई प्रमाणित गरिसकेको छ ।अन्त्यमा हामी यो चलचित्रका आयोजकहरुले विगत एक वर्ष देखि गाउँ (हामी तीनै जना एउटै गाउँका हौं) को सरकारी विद्यालयमा अध्ययनरत केही विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिरहेका छौं र यसलाई हाम्रो सामर्थ्यले भ्याएसम्म निरन्तरता दिने योजना बनाएका छौं । सोही प्रयोजनको लागि एउटा कोष खडा गरी रकम संकलन गरिरहेका छौं । यदि यो चलचित्रको प्रदर्शनीमार्फत केही मुनाफा कमाए सम्पूर्ण रकम कोषमा जम्मा गर्नेछौं । यहाँले चलचित्र हेरिदिनु भएको खण्डमा गाउँको विपन्न विद्यार्थीलाई सहयोग पुग्नेछ ।
कृष्ण धरावासीले लेख्नु र यादव भट्टराईले निर्देशन गर्नुबीच विधाको विभेदमात्र छैन । इतिहासबोध भएको यति मार्मिक र अर्थपुर्ण फिल्म नेपालीबाट नेपाली भाषामा सम्भव छ भन्ने भेद पनि खुलेको छ |

चलचित्र प्रदर्शनी सम्बन्धि फेसबुक इभेन्ट पेज बाट सम्पूर्ण जानकारी लिन सकिन्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *