तिर्थस्थल देवघाटमा एन.आर.एन फिनल्याण्डको सहयोग

बिभिन्न उद्देश्य र स्थानमा परोपकारी कार्यक्रम सञ्चालन गर्दै आएको एन.आर.एन फिनल्याण्डले हालसालै मात्र चितवन जिल्लास्थित पवित्र तिर्थस्थल देवघाटमा  छाना (ट्रस्) निर्माण गरेको छ | देवघाटस्थित श्री हरिकीर्तन बैदिक धर्मशाला अन्तर्गतको भवन, बृद्धवृद्धा तथा श्रद्धालुहरुको चियापान कक्षको रुपमा प्रयोग गरिने छ | तर, बिगतमा अन्य दात्री संस्थाले जग र पिलर निर्माण गरि अधुरो छाडिएकाले छानाको अभावमा उक्त भवन प्रयोगबिहिन अवस्थामा थियो | गत अक्टोबरमा कार्यबाहक अध्यक्ष बालकृष्ण श्रेष्ठद्वारा उक्त धर्मशालाको स्थलगत भ्रमण गरि अध्यक्ष श्री अखण्ड हरिकीर्तनबाबा उमानाथ कँडेलको रोहबरमा निर्माण पक्षलाई रु. एक लाख ४५ हजारको चेक हस्तान्तरण गर्नुभएको थियो | devghat 2

उक्त अवसरमा एन.आर.एन युरोपका क्षेत्रिय उपसंयोजक श्री सोम सापकोटाको पनि उपस्थिति रहेको थियो | यसै डिसेम्बरसम्ममा करिब ७० प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको सम्बन्धित पक्षले जानकारी दिएको छ | त्यस भवनमा ट्रस् निर्माण गरि जस्ताको छाना छाईने छ जसबाट दैनिक सयौं श्रद्धालुहरु लाभान्वित हुनेछन | उक्त धर्मशालामा दैनिक नेपाल र भारतबाट आउने धेरै तिर्थयात्रु तथा श्रद्धालुहरु आश्रय लिने गर्दछन | devghat 1
देशबाट धेरै टाढा रहेर पनि श्रद्धालुहरुको सहयोगार्थ पवित्र देवघाटमा सहयोग उपलब्ध गराएकोमा अखण्ड हरिकीर्तन बाबाले एन.आर.एन फिनल्याण्ड परिवार तथा सहयोगीहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो |

गुल्मीमा पनि निर्माण कार्य जारी :

यसै गरि गुल्मी जिल्लाको रिमुवास्थित दृष्टिबिहिन बालबालिकाको भवन निर्माण कार्य पनि अघि बढिरहेको छ | जसका लागि एन.आर.एन फिनल्याण्डले २०१४ बर्षैभरि बिभिन्न कार्यक्रम गरि सहयोग रकम जुटाएको थियो | करिब १३ लाख रुपैयाँको लागतमा बन्दै गरेको उक्त भवनको अहिले करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको छ |