हामी नेपाली द्वारा क्रिकेट प्रतियोगिता गरिदैं |

सिन्धुपालचोक जिल्लाको भुकम्म्प प्रभावित क्षेत्रका पिडितहरुको सहयोगार्थ आयोजना गर्न लागिएको यस हेल्प नेपाल क्रिकेट कप २०१५ मा ‘हामी नेपाली’ सबैलाइ हार्दिक स्वागत गर्दछ | ‘ हामी नेपाली’ एउटा कुनै नँया संस्था नभईकन फिनल्याण्डमा बसोबास गर्नुहुने सम्पूर्ण नेपालीहरुलाई प्रतिनिधित्व गर्ने एउटा अभियान हो | यस क्रिकेट प्रतियोगिताबाट संकलन हुने सम्पूर्ण आर्थिक सहयोग हेल्प नेपाल नेटवर्क मार्फत सिन्धुपालचोक जिल्लाको भुकम्म्प प्रभावित क्षेत्रको उत्थानको लागि

प्रयोग गरिने जानकारी गराऊछौं |

हालसालै नेपालमा घटेको भूकम्पका कारणले गर्दा हेल्प नेपाल नेटवर्कका संस्थापक श्री रबिन्द्र मिश्र ज्युको अनुपस्थितिको जानकारी गराउन चाहन्छौ | यस बाबजुद पनि यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नहुने सम्पूर्ण सहयोगदाताहरुलाई हार्दिक धन्यवाद दिंदै अन्य सहयोगदाताहरुबाट थप आर्थिक सहयोगको आशा गर्दछौं |
|

web1प्रतियोगिता प्रायोजन शुल्क : ५०० यूरो
प्रतियोगिता सह प्रायोजन शुल्क : ३०० यूरो

प्रायोजन सम्बन्धि जानकारीको लागि सम्पर्क :

संजय भण्डारी ०४५१६९४४३३
कृष्ण के.सी ०४००८६५०२५
ब्योमा ताम्राकार ०४०७२२७४९१
सुदीप भुषण अर्याल ०४४२१८९२८९

तद अनुसार १३ जुन २०१५ मा आयोजना गर्न लागिएको यस प्रतियोगितामा ८ क्रिकेट टोलीका १२० खेलाडीले भाग लिनेछन् |

प्रथम पुरस्कार : ट्रफी तथा नगद पुरस्कार
दित्तीय पुरस्कार : ट्रफी तथा नगद पुरस्कार र अन्य बिबिध पुरस्कार

महत्वपूर्ण मीतिहरु :

दर्ता शुल्क तिर्ने अन्तिम मीति : २५ मे २०१५ (25th May 2015)
टिम दर्ता शुल्क : २०० यूरो

प्रतियोगिताका नियम र खेलाडी बिबरण फारमका लागि कृपया तलको लिंक क्लिक गर्नुहोला !
प्रतियोगिताका नियमहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *