अप्रील १० मा ‘मह-यात्रा फिनल्याण्ड’

यहि अप्रिल १०, आइतबारका दिन गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फिन्ल्याण्डले मह जोडीको बिशेष प्रस्तुती सहित साँस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ। मह जोडी लगायत अन्य ६ जना कलाकारहरुको प्रस्तुति रहने उक्त कार्यक्रम राजधानी हेलसिन्कीको ‘ग्लोरिया’ हलमा आयोजना हुन लागेको हो। नयाँ वर्ष २०७३ को अवसरमा मह-जोडीले फिनल्याण्ड लगायत युरोपका बिभिन्न मुलुकमा प्रस्तुति गर्दैछन। सोहि अवसरमा ‘मह-यात्रा फिनल्याण्ड’ तय गरि उक्त टोलीलाई हेलसिन्की आमन्त्रण गरिएको एन.आर.एन.ए ले जनाएको छ।
कला, संस्कृति र नेपालीपनलाई मायाँ गर्ने प्रबासी नेपालीको चाहना अनुरुप संघले बर्षैपिच्छे नेपालका ख्यातिप्राप्त कलाकार निम्त्याई कार्यक्रमहरु गर्ने गरेको छ। गत बर्ष यहि समयमा नायक राजेश हमाल, गायक बिबेक श्रेष्ठ तथा हिमाल सागरको टोलीले बिशेष प्रस्तुति दिएको थियो। हाल ‘मह यात्रा फिनल्याण्ड’ को टिकट धमाधम बिक्री भईरहेको तथा पारिवारिक/समूहगत रुपमा उपस्थित हुन चाहनेलाई बिशेष छुट पनि उपलब्ध गराइएको संघले जनाएको छ।
कार्यक्रमबाट संकलित रकम हाल संघको समन्वयमा जारी रहेको परोपकारी प्रोजेक्टमा खर्च गरिने जनाईएको छ। कार्यक्रममा नरेन्द्र कंसाकारको साथमा मह जोडीको रोमाञ्चक प्रहसन हुनेछ। प्रसिद्ध लोक तथा आधुनिक गायिका माण्डवी त्रिपाठी, व्यंग गायक यमन श्रेष्ठ तथा मोहित आचार्यको प्रस्तुति रहनेछ। कार्यक्रमका बारेमा थप जानकारी तथा पछिल्लो अपडेट NRNA इभेन्ट पेज ‘मह-यात्रा फिनल्याण्ड‘ मा हेर्न सकिनेछ।