श्री जन्मभूमि प्रा.बि.को पुनर्निर्माण सम्पन्न

रामेछाप जिल्लाको भीरपानी ३, आँपचौरस्थित श्री जन्मभूमि प्राथमिक बिद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ| महाभूकम्पमा परि बिद्यालय पूर्ण रुपले भत्किएको थियो| NRNA फिनल्याण्डको संयोजकत्वमा सम्पूर्ण फिनल्याण्डबासि नेपालीको सहयोगमा संकलित रकमले उक्त पुनर्निर्माण सम्पन्न भएको हो| भवन acheterdufrance.com अभावमा बिध्यार्थीहरु खुला चौर तथा रुखको फेदमा पढ्न बाध्य थिए| स्थानीय स्रोतबाट चलेको उक्त बिद्यालयमा सरकारी तवरबाट निर्माण सहयोग प्राप्त नभएपछि बाह्य सहयोग जुटाउन पहल भएको थियो| NRNA फिनल्याण्डलाई प्राप्त थुप्रै प्रस्ताबहरुमध्य उक्त बिद्यालय निर्माणको प्रस्ताव बढी सान्दर्भिक देखिएकोले २०१५ का कार्यक्रमबाट उठेको रकम स्कुल निर्माणमा पठाउने निर्णय भएको थियो | ‘रन फर च्यारिटी’ नामक दौड प्रतियोगिताबाट उठेको रकममा केहि थप गरि कूल ६००० युरो बिद्यालय ब्यबस्थापन समितिलाई हस्तान्त्रण गरिएको थियो| received_10153451774101373

नवनिर्मित श्री जन्मभूमि प्रा.बि.

फिनल्याण्डबाट पठाईएको रकमका साथै ३० प्रतिशत जति स्थानीय जनश्रमदानबाट जुटाइएको निर्माण समितिका अध्यक्ष श्री छत्रबहादुर मोक्तानले जानकारी दिनुभयो| बिद्यालयका लागि काठ तथा अन्य फर्निचर सामुदायिक बन समितिबाट प्राप्त भएको थियो| बिध्यालय निर्माण केहि महिनाअघिनै सम्पन्न भएर पठनपाठन सुरु भएपनि औपचारिक उद्घाटन २०६२ श्रावणमा गरिएको थियो| उद्घाटन कार्यक्रममा NRNA फिनल्याण्डका अध्यक्ष श्री बालकृष्ण श्रेष्ठले निर्माण कार्य सोचेभन्दा धेरै छिटो सम्पन्न भएको र रकमको सहि सदुपयोग भएको भन्दै सन्तुष्टि व्यक्त गरेका थिए| निर्माण समिति अध्यक्ष श्री मोक्तानले सम्पूर्ण फिनल्याण्डबासि नेपालीलाई धन्यबाद ज्ञापन गरेका थिए| उद्घाटनको भिडियो क्लिप यहाँ हेर्न सकिन्छ- Ramechhap School project.

हरेक बर्ष निश्चित कार्यका लागि रकम जुटाउने उद्देश्यका सहित हेलसिन्कीमा मैत्रीपूर्ण दौड प्रतियोगिता आयोजना गरिंदै आएको छ| यस अघि ‘रन फर च्यारिटी’ नाम दिएर आयोजना गरिंदै आए पनि यस बर्षदेखि ‘रन फर नेपाल’ नाम दिएर अँझ बृहत बनाउन लागिएको हो| ‘रन फर नेपाल २०१६’ सम्बन्धि थप जानकारी हाम्रो फेसबुक इभेन्ट पेजमा पाउन सकिन्छ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *