वार्षिक प्रतिवेदन प्रस्तुत

मन्तब्य राख्दै अध्यक्ष श्रेष्ठ

NRNA फिनल्याण्डको वार्षिक प्रतिवेदन यहि सेप्टेम्बर २५ मा साधारण सदस्यहरुबीच प्रस्तुत गरिएको छ। बर्षभरि आयोजना गरिएका कार्यक्रम र तिनका उपलब्धिका बारेमा प्रतिबेदन पस्तुत गर्नुका साथै भावी कार्यक्रमको बारेमा जानकारी दिईएको थियो। अध्यक्ष बालकृष्ण श्रेष्ठद्वारा स्वागत मन्तब्यबाट सुरु भएको उक्त बैठकमा महासचिब सिजन श्रेष्ठले बर्षभरिका कार्यक्रमको संक्षिप्त समीक्षा पेश गर्नुभएको थियो। महासचिब श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन सम्पूर्ण साधारण सदस्यहरुलाई ईमेल मार्फत पठाईएको पनि जानकारी दिनुभएको थियो। भगिनी संस्था Women Forum का क्रियाकलापको बारेमा प्रतिज्ञा खनालले रिपोर्ट प्रस्तुत गर्नुभएको थियो। त्यसैगरि, कोषाध्यक्ष टेकेन्द्र तिम्सिनाद्वारा वर्षभरि भएका आर्थिक कारोबारहरुको प्रतिबेदन पेश गरिएको थियो।

फिनिश विदेश मन्त्रालय र फिनल्याण्डबाट नेपाल फर्किएका नेपालीबीच समन्वय र अन्य कार्यक्रमको बारेमा सदस्य बसन्त गौतमले प्रकाश पार्नुभएको थियो। भावी कार्यक्रमहरुका बारेमा छोटकरीमा जानकारी दिंदै सचिब भुवन पोखरेलले कार्यक्रमको अन्त्य गर्नुभएको थियो।
भेलामा NRN Finland का स्थापनाकालिन व्यक्तित्वहरु शम्भुप्रसाद साह तथा ब्योमा ताम्राकारको पनि उपस्थिति रहेको थियो। उक्त अवसरमा संस्थाको काम कारवाही तथा नीतिगत बिषयमा प्रतिक्रया र सुझाबहरु आदानप्रदान समेत भएको थियो।