हेलसिन्कीमा ‘नेपाली भाषा तथा अभिव्यक्ती तालिम’

NRNA फिनल्याण्डले डिसेम्बर २०१६ देखि नेपालीभाषी बालबालिकालाई लक्षित गर्दै “नेपाली भाषा तथा अभिव्यक्ती तालिम” सन्चालन गर्दैछ। यो तालिम ७ देखि १७ वर्ष उमेर समूहलाई नि:शुल्क प्रदान गरिनेछ। बहुसाँस्कृतिक संस्थाहरुको सन्जाल Moniheli Ry को आर्थिक सहयोगमा सन्चालन हुने तालिम करिब ६ महिना चल्नेछ। 672672453-kids-clipart-black-and-white-border-clipart-panda-free-clipart-or5vte-clipart

फिनल्याण्डमा हुर्कंदै गरेको दोस्रो पुस्ताका नेपालीमाझ आफ्नो भाषा, कला तथा संस्कृतीको पहिचान जीवन्त राख्ने उद्देश्यका साथ यस कक्षा संचालन गर्न लागिएको हो। तालिममा नेपाली भाषागत ज्ञान, साँस्कृतिक परिचय, अभिव्यक्ती कला तथा व्यक्तित्व बिकास जस्ता बिषय समेटिनेछन।