नेपालमा लगानि प्रवर्दनका विषयमा अन्तरक्रिया सम्पन्न

-चिरञ्जीवी चापागाईं

फिनल्याण्ड सरकार, परराष्ट्र मन्त्रालयको आयोजनामा नेपालमा लगानि प्रवर्धनका विषयमा विभिन्न क्षेत्रका सरोकारवालाहरुवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राजधानि हेलसिन्किमा सम्पन्न सो कार्यक्रममा एनआरएन फिनल्याण्डको नेपाल फिनल्याण्ड हातेमालो नेटवर्कले कसरि नेपाली र फिनिस ब्यवसायी तथा जनशक्तिविच पुलको काम गर्न सक्छ भन्ने विषयमा छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालयका नेपाल, डेस्क प्रमुख सेबस्टियन गाहन्स्ट्रोमले सहजिकरण गरेको कार्यक्रममा एनआरएन फिनल्याण्डका अध्यक्ष बसन्त गौतमले एनआरएन फिनल्याण्डका गतिविधि, नेपाल फिनल्याण्ड हातेमालो नेटवर्कका उद्देश्य र लागानि प्रवर्धका सम्भावनाका विषयमा प्रश्तुति दिनुभएको थियो । प्रस्तुति माथि प्रतिक्रिया दिदै फिनिस प्रतिनिधिमण्डलका सदस्यहरुले एनआरएन फिनल्याण्डले हातेमालो नेटवर्क मार्फत लगानि तथा दक्ष जनशक्ति प्रवर्धनका क्षेत्रमा सुरु गरेको प्रयासको प्रसंसा गरेका थिए । कार्यक्रममा मन्त्रालयकि बरिष्ठ सल्लाहकार सिनिक्का आन्तिलाले अफ्रिकि क्षेत्रका आफ्ना अनुभवहरु प्रस्तुत गर्दै बजारीकरणमा केन्द्रित हुन सुझाव दिईन । कार्यक्रममा एक्सपोर्ट फिनल्याण्डकि कार्यक्रम संयोजक एलिना वासर््ताले नेपालमा लागानि प्रवर्धन गर्न आफ्नो संस्थाले अध्यायन गरिरहेका जानकारी दिइन ।


कार्यक्रममा फिनिस राजदुतावास काठ्माण्डौका सल्लाहकारद्वय डा. चुडामणि जोशि र ईन्द्रा गुरुङले नेपालमा लगानि गर्न सकिने क्षेत्रहरु र लगानिको वातावरणबारे धारणा राख्नुभयो । त्यास्तै एनआरएन फिनल्याण्डका आईसिसि प्रतिनिधि बालकृष्ण श्रेष्ठले नेपाल र फिनल्याण्डका उद्योग बाणिज्य संघहरुविचको सहकार्य महत्वपूर्ण हुने धारणा राख्दै आपसि भ्रमणको आवश्यकता औल्याउनुभयो । कार्यक्रममा नेपाली प्रतिनिधिमण्डका सदस्यहरुले नेपालको रणनितिक भू–अवस्थीति, नयाँ बजार र राजनितिक स्थायीत्वको संकेत आदीले सुरक्षित लगानिको वातावरण बनेको धारणा राखे ।
कार्यक्रममा फिनपार्टनरसिपका सहयोग संयोजक यान्ने पेन्तिला, फिनिस परराष्ट्र मन्त्रालयकि एसिया र अमेरिकि विभागकि बरिष्ठ विकास निति सल्लाहकार सान्ना ताकाला, एसिया र अमेरिकि क्षेत्रीय संयोजक पेत्रि वान्नेर, र मानवसहायता इकाईका उपनिर्देशक किम्मो लाउकानेन सहभागि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *