परोपकार परियोजनाका लागि प्रस्ताव आह्वान

गैरआवसिय नेपाली संघ फिनल्याण्डको एक प्रमुख कार्ययोजना परोपकार परियोजनाको सञ्चालन गर्नु हो । हरेक कार्यकालहरुमा एक नयाँ कार्ययोजना छनौट भई सम्पन्न समेत भईरहेका छन् । सन् २००९–२०११ को कार्यकालमा हामिले पूर्वी नेपालको मोरङ्ग जिल्लाको रणपाल निम्नमाध्यमिक विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न गर्‍यौं । त्यसैगरि सन् २०११–२०१३ को कार्यकालमा फुङलिङस्थीत अपाङ्ग बालगृहका आसहाय बालबालिकाहरुका लागि रोजगारमूलका तालिम कार्यक्रम सञ्चालन गर्‍यौं भने सन् २०१३–२०१५ मा गुल्मि जिल्लाको विकट गाविस रिमुवामा सञ्चालित दृष्तिविहीन बालबालिकाहरुका लागि सञ्चालित विद्यालयका लागि छानोको ब्यवस्था गर्‍यौं ।
सन् २०१५–२०१७, परियोजना र परोपकारका हिसावले विशेष रह्यो । विनाशकारी भुकम्पले नेपालमा पुर्‍याएको मानविय र भौतिक क्षतिमा थोरै भएपनि सहयोग गर्न सकिएकोमा एनआरएन फिनल्याण्ड गौरवान्वित छ । हामिले भुकम्पले क्षतिग्रस्त रामेछापको आँपचौर भिरपानी –३ स्थीत जन्मभूमि प्राथमिक विद्यालयको पुनर्निर्माणका लागि ६००० यूरो सहयोग गरेका छौ भने तत्काल राहत र उद्धार कार्यका लागि ३५००० यूरो संकालन गरि नेपाल पठाएका थियौं । सो विषम परिस्थीतिमा फिनल्याण्डमा बसोवास गर्ने नेपाली दाजुभाई दिदीबाहिनीले देखाउनु भएको उभुतपूर्व सहयोगभावका निम्ति एनआरएन फिनल्याण्ड कृतज्ञ छ ।
गैरआवसिय नेपाली संघ फिनल्याण्डको नयाँ कार्यसमिति चयन भएसंगै नयाँ कार्यकाल २०१७–२०१९ का लागि नयाँ कल्याणकारी परियोजना सञ्चालनका लागि हरेक पटक झैं यसपटक पनि प्रस्ताव आह्वान गरिएको छ । फिनल्याण्डमा बसोवास गर्नुहुने नेपाली र फिनल्याण्डबाट दिक्षित भई नेपालमै बसोवास गर्नुहुने नेपालीले परोपकार परियोजनाको प्रस्ताव पेश गर्न सक्नुहुनेछ । सन् २०१७ अगस्ट ३१ तरिक १७ बजे भित्र हामिसंग आईपुग्ने गरि परियोजना प्रस्ताव पेश गर्न हार्दिक आह्वान गरिन्छ ।
परियोजना प्रस्ताव तयार गरिंदा अवलम्वन गरिनुपर्ने मापदण्ड सहितको विस्तृत जानकारी प्राप्त गर्न  यो लिंकमा क्लीक गर्नुहोस् ।  NRNA Call for Proposal 

Leave a Reply

Your email address will not be published. Required fields are marked *