बाढीपीडितको सहयोगार्थ हेलसिन्किमा “रन फर नेपाल” सम्पन्न

बाढी तथा डुवान पीडितहरूको सहयोगार्थ गैरअवासीय नेपाली संघ फिनल्याण्डको आयोजनामा परोपकारी दौड आयोजना भएको छ । राजधानी हेलसिन्की स्थित माल्मी  एयरपोर्टमा भएको ५.८ कि. मी. दौडमा पुरुष १६ र सो भन्दा माथि र १६ बर्ष मुनि तथा महिला १६ र सो भन्दा माथि र १६ बर्ष मुनिका समुहहरुवीच दौड भएको थियो ।
बिभिन्न समुहहरुमा प्रथम द्वितीय र तृतीय हुने ब्यक्तिहरु निम्न हुनुहुन्छ ।
पुरुष १६ र सो भन्दा माथि
प्रथम: विजय बानियाँ
द्वितीय: सागर थापा
तृतिय: नीर कुमार मगर

पुरुष १६ बर्ष मुनि
प्रथम: सुदर्शन भण्डारी
द्वितीय:बिशाल भण्डारी
तृतिय: रितेश भण्डारी

महिला १६ र सो भन्दा माथि
प्रथम: सुनिता पुरी
द्वितीय: ब्योमा तम्राकार
तृतिय: लक्ष्मी शर्मा

महिला १६ बर्ष मुनि
प्रथम: युक्ता काफ्ले
द्वितीय: सारिका अधिकारी

प्रत्येक समूहका प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । दौडमा सहभागीहरुले परिवार तथा साथीहरूबाट सहयोग रकम संकलन गरेका थिए । कार्यक्रमबाट संकलित रकम बाढीपीडितहरुलाई राहत प्रदान गर्न खर्च गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *