अब तपाईंको पालो !!

गैर आवासीय नेपाली सँघ फिन्ल्याण्डको नयाँ कार्यकारी समितीको गठनको तालिका प्रकाशन भैसकेको छ। यहि अवसरमा यो सस्थाबारे केही जानकारी गराउनु वान्छनिय हुन्छ । सर्बप्रथम त यो सस्था फिन्ल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपाली वा नेपाली मूलका फिनिश नागरिकको साझा सस्था हो। तपाईं हामी चाहे यो सस्थाको सदस्य हुनुहोस्, नहुनुहोस् वा यो सस्था मन पराउनुहोस् वा नपाराउनुहोस् हामी सबै गैर आवासीय नेपाली पक्कै हौँ। हाम्रो नेपालसँग कुनै न कुनै प्रकारको सम्बन्ध रहन्छ नै जुन हामीले टुटाउन खोजे पनि टुट्ने वाला छैन। चाहे अध्ययनको शिलशिलामा होस्, चाहे ब्यापार होस, चाहे रोजगारी होस वा पारिवारिक मिलनका लागि हामी प्रदेशमा बस्ने सबैको साझा चिनारी नेपाली नै हो। जसरी कुनै पनि मुलुक, समाज आँफैमा असल वा खराब भन्ने हुँदैन केवल त्यहा हुने बासिन्दाहरुको आचरणले समाजको तस्बिर तयार गर्दछ त्यसैगरी गैर आवासीय नेपाली सँघ पनि उद्देश्यका हिसाबले गलत अवस्य छैन। यो संस्थाले उठाएका मुद्दाहरु , सामाजिक क्षेत्रमा पुर्याएका योगदान , लगानी एबम रोजगारीका अवसरहरु तारिफ योग्य नै छन। यति हुँदाहुँदै पनि ८० देशमा फैलिएको यती ठूलो सँगठन भित्र बिभिन्न स्वभावका मानिसहरुको प्रबेश हुन्छ र कतिपय अवस्थामा संस्थाका गतिबिधिहरु बिबादित बन्ने गरेका छन् । हामीले बुझेको जगजाहेर कुरा के हो भने आफ्नो दम्पती बिच त बिचार मिल्दैन, आफ्नो सानो घर परिवार भित्र बाबुआमा , छोराछोरी बिच त बिचार र कार्यशैलीको फरकले गर्दा सम्बन्ध बिच्छेद , मुद्दामामिला हुन्छ भने संसार भरी फैलिएको सँगठनमा आबद्द मानिसहरु बिच एउटै बिचार हुनै सक्दैन त्यसैले बिबादहरु हुन्छन र अन्तत प्रकृयागत ढंगले टुङो लाग्ने गर्दछ। त्यसकारण कुनै एउटा घटनालाई लिएर, वा कुनै एउटा ब्यक्तिको कार्यशैली लाई लिएर यो सस्था नै खराब हो भन्नु उचित नहोला। फिन्ल्याण्डमा एन आर एन को अवस्था २००९ सालमा दर्ता भएको यो सस्थाले आफ्नो एक दशकको यात्रा पार गरेको छ। यो एक दशकमा सस्थाले धेरै कुरा सिक्ने मौका पाएको छ। हरेक २ , २ बर्षमा निर्वाचन गरेर पदाधिकारीहरु छानिने गर्दछन। येहि क्रममा अब २०१९ देखी २०२१ सम्मका लागि नयाँ समिती गठन हुने प्रकृयामा छ। १० बर्षको दौरानमा फिन्ल्याण्डमा अन्य देशको तुलनामा एन आर एन धेरै नेपालीहरुको “क्रेज” बन्न सकेको छैन। यसो हुनुमा संस्थामा हालसम्मा आबद्द पदाधिकारीहरुको कामकारबाही, फिन्ल्याण्डको सामाजिक सस्था सञ्चालनकाे दायराहरु, नेपालस्थित मुख्य कार्यालयका प्रावधान र निर्देशनहरु, एउटा नितान्त स्वयमसेवक सामाजिक सस्थाप्रती जनमानसको अत्यधिक आशा आदी इत्यादी कारणहरु हुन सक्छन।

अर्को कुरा एन आर एन फिन्ल्याण्डले अहिलेसम्म राजनैतीक पाटोलाई छिर्न दिएको छैन त्यही भएर नि हल्लिखल्लीमा कमी आउने गर्दछ। २००९ मा भब्य चुनाव भएपछी चुनाव गर्नु पर्ने अवस्था आएको छैन र चार कार्यकाल पदाधिकारीहरु निर्बिरोध चयन भएका हुन। निर्बिरोध भएको हुनाले धेरै नेपालीहरुलाई लाग्दो रहेछ कि यो त कोठामा बसेर बन्ने सस्था हो। त्यसकारण यो वास्तविकतालाई बुझिदिन हुन अनुरोध गर्दछौ कि आवश्यक पदका लागी एक मात्र उम्मेदवारि परेको खण्डमा उम्मेदवारहरु स्वत निर्बाचित हुन्छ। अहिलेसम्म ४ कार्यकालमा भएको त्यही हो। जस्तो कि अब २०१९-२०२१ का लागि नयाँ बोर्ड गठन गर्न निर्वाचन समिती गठन भएको छ र उसले निर्वाचन तालिका प्रस्तुत गर्दै उम्मेदवार आह्वान गरिसकेको छ। यो अवस्थामा प्रकृया पुरा गरेर जो कोही पनि उम्मेदवार बन्न सक्छ, निर्बिरोध नहुने अवस्थामा सदस्यहरुको मन जितेर बिजयी हुन सक्छ।

यो समयमा हामी सबै सस्थाबारे बेखबर हुने , ह्या मतलब छैन भन्ने अनी बिचमा सस्थामा नीश्चीत समूह हावी भयो, यस्तो अनुहारको मान्छे आयो अथवा हाम्रो समुहको प्रतिनिधित्व भएन भनेर गुनासो गर्नुको कुनै अर्थ हुँदैन। त्यसकारण समय येहि हो आउनुस् , सस्थाका पेज , वेबसाइटहरु हेरौ , सस्थाबारे सोधिखोजी गरौ अनी आफूले नि केही गर्न तत्परता देखाउ। एन आर एन फिन्ल्याण्डको आफ्नो आम्दानीको कुनै श्रोत छैन, बैठक बस्ने निस्चित ठाउँ छैन, सभा सम्मेलन गर्न हल छैन। कनिकुथरी सदस्यता बनाउदा पाउने १० युरोमध्य ५ डलर केन्द्रलाई पठाउनु पर्ने हुन्छ। अझ अहिलेको कार्यकालमा त लाप्राकमा भुकम्प प्रभावितका लागि बस्ती बनाउन उक्त रकम १० डलर तोकिएको थियो। कुनै कार्यक्रम आयोजना गर्न माग्नै पर्ने हुन्छ कि त आफू अाफुले उठाउनु पर्ने हुन्छ। मागेको भएपनी , उठाएको भये पनि एक एक पैसाको हिसाब जतिखेर पनि सस्थासग तयार हुनुपर्छ र हरेक बर्षको अडिट तयारी अवस्थामा हुन्छ। अनी हाम्रो समाजमा बोले बमोजिम काम भैहाल्दैन जस्तो कि दुई बर्ष अधि कबुल गरेको रकम उठाउन अझै कुदिरहनुपर्ने अवस्था छ। एउटा सानो कार्यक्रम आयोजना गर्दा चिया बिस्कुट पनि पैसो उठाएरै गर्नु पर्ने बाध्यता छ। यस्तो साँघुरो परिस्थिती अनी प्रतिकुल अवस्थामा पनि सस्थाले हरसम्भव गतिबिधीहरु गरेकै छ । अर्को कुरा कुनै घटनालाई सम्बोधन गर्नु, कानुनी बिषयमा बोल्नु, पत्रपत्रीकामा उठेका बिषयमा बोल्नु, सामाजिक सन्जालमा उठेका चासोहरुलाई सम्बोधन गर्न मन भएपनी फिन्ल्याण्डको कानुन, सस्थाको दायरा हेरेर सुझबुझ अपनाउनु पर्ने हुँदा कुनै तत्काल केही गर्नु पर्ने अवस्थामा पनि ढिला हुने गर्दछ र मेरै समस्या चै समाधान भैदिए हुन्थ्यो भन्ने चाहना राख्नेहरुका लागि समेट्न नसकेका घटनाहरु पनि छन। ब्यक्तिगत बिचार , समस्या , गुनासा राख्न धेरै सजिलो छ तर त्यस्लाई सस्थागत हिसाबले हल गर्न मुस्किल पर्दछ। हामी नेपालीहरु पनि बिस्तारै औपचारिक हुने बानी बसाल्नु पर्छ जस्तो कि कुनै बिषय छ भने सस्थाको अाधिकारिक ईमेल अथवा सामाजिक सन्जाल मार्फत अवगत गराउदा त्यसमा छलफल भएर अाधिकारिक धारणा बन्दछ। कुनै एउटा सदस्यलाई जानकारी गराउदा त्यो बिषय छलफलमा नआउन पनि सक्छ परीणाम स्वरुप तपाईं निराश हुनु पर्ने हुन्छ। एन आर एन ए राजधानी केन्द्रित भयो भन्ने गुनासो पनि अाइरहन्छ । यसलाई सम्बोधन गर्न राजधानी बाहिर बिभिन्न मुख्य शहरका लागि हरेक निर्वाचनमा आरक्षणको ब्यवस्था हुने गरेको छ , बोर्डका पदाधिकारीले फोन संपर्क गरेर अनुरोध गर्ने गर्छन् तर अझै पनि सोचे जस्तो प्रतिनिधित्व भएको छैन। अर्कोकुरा अन्य शहरबाट बोर्डमा छानिनुहुने प्रतिनिधिहरु राजधानी सर्नु भएको अवस्थामा पनि त्यस्तो अभावको महशुश हुन्छ तर सस्थाको तर्फबाट प्रतिनिधित्व गराउन कुनै कसर बाँकी छैन।

सामाजिक काम अनी स्वयमसेवक काममा स्वतस्फुर्त हुनुपर्छ अरुले कर गरेको अर्थ पनि त हुँदैन। अब हाम्रो पालो परदेशमा आ आफ्नो काममा ब्यस्त हुनै पर्दछ तर कोही मानिसहरु आफ्नो ब्यक्तिगत ब्यस्तताका बाबजुद सामाजिक कामका लागि समय निकालौ भन्ने सोचाइका हुन्छन। कसैले निस्वार्थ भावले सामाजिक कार्यमा लाग्छन भने कोही त्यसो गर्दा आफ्नो सामाजिक प्रतिस्ठा बढ्ने अथवा संपर्क बढाएर आफ्नो स्वार्थ पुरा गर्ने स्वभावका हुन्छन। यि दुबै स्वभावलाई गलत भन्न सकिदैन जबसम्म उसको कार्यशैलीले हामीलाई असर गर्दैन भने। अर्को कुरा आफ्नो अमुल्य समय, पैसा खर्च गरेर सामाजिक कार्य गर्दा कुनै ब्यक्तिसँग फोटो खिच्नु, चिन्जान बढाउनु र अन्तत त्यसको फाईदा लिनु कुनै अपराध हैन जबसम्म उस्ले कानुनले बर्जित गरेका काम गर्दैन। यि सबै यथार्तता पढेपछी अब हामीले मनन गर्ने बेला भयो कि यस्तो ठूलो सस्थाको उन्नतिको लागि, आफू जन्मेको , हुर्केको समाजको लागि हामी पनि तत्पर हुनुपर्छ। जब मैले दायित्व पुरा गर्छु अनी अधिकारको खोजी गर्छु भन्ने भाव जगाउ। दुई बर्ष सम्म अर्काले गर्ने कामप्रती तारिफ वा आलोचना गर्दै बस्नेकी त्यो आलोचना खेप्न र ताली खान आफै अग्रसर हुने बेला आएको छ। प्रतिकुल अवस्थालाई अनुकुल बनाएर फिन्ल्याण्डका नेपाली बिच सुमुधुर सम्बन्ध स्थापित गर्न सकिन्छ। पुनस्च: एन आर एन फिन्ल्याण्ड हामीहरुकै सस्था हो, (ताली वा प्रशशा त हामी नेपालीहरुबाट लोप नै हुन लागिसक्यो ) दुई बर्ष गाली सहनसक्नेहरु अब आउनै पर्छ। आफ्नो दक्षता, शिपको केही अँश समाजको लागि खर्च गरौ। यो म्यासेज धेरै भन्दा धेरैलाई शेयर गरौ। नेपालको जय होस्।