हाजिरीजवाफ प्रतियोगिता हुँदै

NRNA फिनल्याण्डले सदाझैं यो बर्ष पनि हाजिरीजवाफ प्रतियोगिताको घोषणा गरेको छ। “General Knowledge on World including Nepal and Finland” नाममा गर्न लागिएको यस प्रतियोगितामा बिश्व सामान्य ज्ञानका साथमा नेपाल र फिनल्याण्डका बारेमा सोधिने छन्। प्रतियोगिता नोभेम्बर २१ गते शनिबारका दिन आयोजना हुँदैछ। बिदेशमा हुर्किरहेको नयाँ पुस्ताबीच बिश्व परिवेशका साथै नेपालको समसामयिक घटनाक्रमको समेत जानकारी हाँसिल होस् भन्ने उद्देश्यले यस्ता कार्यक्रम राखिंदै आएको अध्यक्ष बालकृष्ण श्रेष्ठले बताउनुभएको छ। quizpng

कार्यक्रम सम्बन्धि बृस्तित जानकारी र पछिल्ला विवरण हाम्रो फेसबुक इभेन्ट पेजमा पाउन सकिन्छ।

NRNA भलिबल टुर्नामेन्ट सम्पन्न

फिनल्याण्डमा छरिएर रहेका नेपालीहरुलाई खेलकुदको माध्ययमद्वारा एकत्रित गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघ फिन्ल्याण्डले अगस्ट १२ र १३ तारिखमा भलिबल प्रतियोगिता आयोजना गरेको छ । संघले पहिलोपटक यस बर्षदेखि बालबालिकाहरुलाई समेत समेट्दै प्रतियोगिता आयोजना गरेको हो ।
पुरुष तर्फ फाईनलमा बेसक्याम्प समूहलाई पराजित गर्दै युनाईटेड क्लब बिजयी बन्न सफल भयो । महिला तर्फको खेलमा भने लोटस समुह बिजयी भयो । सनसाइन रनरअपमा नै सीमित रह्यो । यसैगरी जुनियर तर्फ सगरमाथा समूहले उपाधि चुम्यो । प्रतियोगितामा पुरुषतर्फ सुरज खरेल र महिलातर्फ सम्झना भण्डारी उत्कृष्ट खेलाडी घोषित भए । भलिबल प्रतियोगितामा पुरुषतर्फ ६, महिलातर्फ ४ र बालबालिकाहरुबाट २ गरी जम्मा १२ समूहले प्रतिस्पर्धा गरेका थिए ।

one
प्रतियोगिताका बिजयी समूहहरुलाई एनआरएन फिन्ल्याण्डका पदाधिकारीहरुले संयुक्तरुपमा पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा अध्यक्ष बालकृष्ण श्रेष्ठले फिनल्याण्डमा रहेका सम्पूर्ण नेपालीहरुलाई एनआरएनमा आवद्ध भएर आर्थिक एवम् सामूहिक रुपले सशक्त बनाइदिन अपिलसमेत गरे ।
आर्थिकरुपले मजबुत हुन सकेको अवस्थामा संस्थाको तर्फबाट फिनल्याण्ड र नेपालका लागि गर्न सकिने धेरै सम्भावना समेत औल्याउँदै संस्थाका आगामी गतिबिधीहरुबारे उनले चर्चा गरे । मुख्य प्रायोजक हिमालय रेस्टुराँ, सह-प्रायोजक सत्कार रेस्टुराँ स्पाइस टाउन रहेको उक्त प्रतियोगितालाई हाम्रो बजार हेल्सिन्की, क्याफे पालुवा, नेपाल फिन्ल्याण्ड डटनेटले सहयोग गरेका थिए । प्रतियोगिताको संयोजन संस्थाका खेल संयोजक नारन मगरले गरेका थिए । टुर्नामेन्टबाट जम्मा ५९३ युरो बचत भएको थियो, जुन एनआरएन फिनल्याण्डको भैपरि आउने (इमर्जेन्सी फण्ड) मा जम्मा हुने बताइएको छ |
दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त प्रतियोगितामा बिभिन्न समूहहरुले नाचगान गर्दै थप रौनक प्रदान गरेका थिए ।

थप फोटोहरुको लागि यहाँ क्लिक गर्नुहोला | (सौजन्य : Nepalfinland.net)

दृष्टिबिहिन बालबालिकाको लागि ‘रन फर च्यारिटी’

गत बर्षझैँ एन.आर.एन फिनल्याण्डले यसपालि पनि ‘रन फर च्यारिटी’ २०१४ आयोजना गर्दैछ | गत बर्ष प्राप्त प्रतिकृया तथा कार्यक्रमको सफलताले गर्दा यो बर्ष पनि दौडले निरन्तरता पाएको हो | गुल्मी जिल्लास्थित रिमुवा गाबिसका दृष्टिबिहिन बालबालिकाको आवास निर्माण सहयोगार्थ एन.आर.एन फिनल्याण्डले २०१४ मा बिभिन्न कार्यक्रमको शिलसिला जारी राखेको छ | जस अन्तर्गत फुटबल तथा भलिबल प्रतियोगिताहरु सम्पन्न भईसकेका छन् | यस्ता कार्यक्रम तथा प्रतियोगिताबाट संकलित सम्पूर्ण रकम सोहि प्रायोजनका लागि खर्च गरिनेछ | यस पवित्र कार्यमा हातेमालो गर्दै ‘रन फर च्यारिटी २०१४’ मा Ravintola Satkar ले प्रायोजकको भूमिका निभाउने भएको छ | सम्पूर्ण सहभागिका लागि खुल्ला यस प्रतियोगितामा प्रवेश ‘नि:शुल्क’ रहेको छ |  Malmi Airport परिसरको वरिपरी करिब ५.८ किलोमिटर लम्बाईको ट्रयाकमा यस दौड प्रतियोगिता August 23, शनिबारका दिन सम्पन्न हुँदै छ | केवल हार वा जीतलाई प्राथमिकता नदिई, सेवाको भावना र सदभाव वृद्धिका लागि यस दौड प्रतियोगिता गर्न लागिएको हो | त्यससंगै यस्ता प्रतियोगिताले स्वास्थ्य वृद्धिमा समेत मद्दत पुर्याउने हुँदा सबै क्षेत्र, पेशा अनि उमेरसमुहका सहभागिहरु कार्यक्रममा सरिक हुँदैछन् | कार्यक्रम सम्बन्धि बृस्तित जानकारी हाम्रो फेसबुक इभेन्ट पेज Run For Charity 2014 बाट लिन सकिन्छ |

run for charity

च्यारिटीको रकम कहाँ खर्च हुँदैछ ?

श्री जनज्योति उच्च माध्यामिक बिध्यालय, रिमुवामा दुर्गमका धेरै बिध्यार्थीका साथै दृष्टिबिहिनहरुको लागि ‘ब्रेल’ लिपिबाट पनि पढाई हुनेगरेको छ | त्यस्ता बिध्यार्थीहरुमध्ये धेरैको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ | बिभिन्न क्षेत्रमा सामाजिक अबहेलना खेप्दै आएका ति बालबालिकाले आफ्ना अविभावक समेत गुमाएका छन् | छात्रा तथा छात्रको लागि छुट्टाछुट्टै बसोबासको व्यबस्था नहुँदा, आँफुले दिउँसो पढेकै कक्षाकोठामा राती सुत्नुपर्ने अवस्था सृजना भएको छ | उनीहरुको लागि आवस्यक ‘ब्रेल’ लिपिका पुस्तक पर्याप्त नहुँदा पढाईमा अफ्ठ्यारो त छँदै छ, समयमा रेखदेख नहुँदा खानपिनको समेत उचित प्रबन्ध हुन सकेको छैन | यस अवस्थामा बिध्यालयबाट धेरै ठाउँमा सहयोगको याचना भएपनि, कहिँबाट हालसम्म उल्लेख्य सहयोग प्राप्त भएको देखिंदैन | केहि स्थानीय समाजसेबीद्वारा भवन निर्माणका लागि जग्गा उपलब्ध गराइएपनि रकम अभावका कारण बसोबासका निम्ति भवन बन्न सकेको छैन | तसर्थ एन.आर.एन फिनल्याण्डले बिभिन्न कार्यक्रमबाट उठेको सम्पूर्ण रकम सोहि भवन निर्माणमा लगाउँदै छ | कति रकम जुट्यो, निर्माणकार्य कसरि अघि बढ्नेछ, के के उपलब्धि रहे, आदि जस्ता विवरणहरु हामी सार्वजनिक रुपमा जानकारी गराउँदै जानेछौं |

better final

बर्खामा पानी ओत्ने छाना, जाडोमा एकसरो न्यानो लुगा र हातका औंलाले छाम्दै पढ्नुपर्ने ‘ब्रेल’ किताबहरु उपलब्ध गराउन सकिए, अँध्यारोमा रहेका धेरै बालबालिकाले सुरक्षित आवास र शिक्षाको उज्यालो पाउनसक्नेछन | मद्दत गर्न चाहनेहरुले एन.आर.एन मार्फत संस्थागत रुपमा वा व्यक्तिगत रुपमा पनि पहल गर्नसक्नुहुनेछ |