Category Archives: GeneralEN

रौतहटको सन्तपुर वस्ती निर्माण गर्न धुर्मुस सुन्तलि फाउण्डेशनलाई फिनल्याण्डबाट सहयोग

11/15/2017

फिनल्याण्डमा सकृय विभिन्न संघ संस्थाहरुले धुर्मुस सुन्तलि फाउण्डेसनद्वारा निर्माणाधीन सन्तपुर वस्ति निर्माणर्थ ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग प्रदान गरेका छन् । फिनल्याण्डबाट सहयोग गर्ने संस्थाहरुको तर्फबाट एनआरएन फिनल्याण्डबाट बालकृष्ण श्रेष्ठ र फिन्नीस नेपाली समाजको तर्फबाट मुकुन्द भण्डकारीले फाउण्डेशनको कार्यालय पुरानो बानेश्वरमा गई सो रकम हस्तानान्तरण गरेका हुन् ।
फाउण्डेशनलाई प्रदान गरिएको रकम गत अगष्टमा तराईमा आएको बाढि र डुवान प्रभावितहरुका लागि संकलित रकमबाट बचेको रकम हो । सो समयमा १९ लाख ४२ हजार ४१ रुपैयाँ संकलन गरि नेपाल पठाईएकोमा महोत्तरीको मनहरामा गरिएको राहत सामाग्री वितरणमा १२ लाख ७५ हजार १ सय ३६ खर्च भएको थियो । धुर्मुस सुन्तलि फाउण्डेशनद्वारा निर्माणाधीन वस्ति समेत बाढी प्रभावितहरुका लागि तयार हुदै गरेको तथा वस्ति निर्माणमा धुर्मुस सुन्तली फाउण्डेसनले आर्थीक कठिनाई भोगिरहेको समाचार आईरहेका अवस्थामा बचत भएको रकम ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ फाउण्डेसलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

एनआरएनए को आठौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय साधारण सभा काठमाडौंमा सुरु

-चिरञ्जीवी चापागाईं

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय साधारण सभा आजदेखि काठमाडौंमा सुरु भएको छ ।
काठ्माण्डौ स्थीत ह्यात होटलमा सुरु सभाको उद्घाटन एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ । सम्मलेनको उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रपति भण्डारीले संविधान निर्माण पश्चात देश आर्थिक समृद्धिको बाटो उन्मुख भई लगानिको वातावरण तयार भएको भन्दै नेपालमा लगानि बढाउन गैर आवासीय नेपालीहरुलाई आह्वान गर्नुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पपछिको पुन:निर्माण र बाढीपहिरो पिडीतको राहत र उद्धारमा एनआरएनएले खेलेको भूमिकाको प्रसंशा गर्नुभयो ।
उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीका साथै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, बर्तमान अध्यक्ष शेष घले लगायत सहभागि हुनुुहुन्थ्यो । सम्मेलनमा ७० भन्दा बढी देशका २ हजार बढी प्रतिनिधि सहभागी छन् । ३ दिनसम्म चल्ने सम्मेलनले २०१७–२०१९ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
सम्मेलनमा भोलि बन्दसत्र र पर्सि नयाँ नेतृत्वका लागि निर्वाचन हुने एनआरएनले जानकारी गराएको छ । संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा जमुना घले, भवन भट्ट र टीबी कार्कीको उम्मेदवारी दिएका हुन । संघका अन्य पदाधिकारीहरु पनि निर्वाचनमार्फत नै चुनिनेछन् ।

बाढीपीडितको सहयोगार्थ हेलसिन्किमा “रन फर नेपाल” सम्पन्न

बाढी तथा डुवान पीडितहरूको सहयोगार्थ गैरअवासीय नेपाली संघ फिनल्याण्डको आयोजनामा परोपकारी दौड आयोजना भएको छ । राजधानी हेलसिन्की स्थित माल्मी  एयरपोर्टमा भएको ५.८ कि. मी. दौडमा पुरुष १६ र सो भन्दा माथि र १६ बर्ष मुनि तथा महिला १६ र सो भन्दा माथि र १६ बर्ष मुनिका समुहहरुवीच दौड भएको थियो ।
बिभिन्न समुहहरुमा प्रथम द्वितीय र तृतीय हुने ब्यक्तिहरु निम्न हुनुहुन्छ ।
पुरुष १६ र सो भन्दा माथि
प्रथम: विजय बानियाँ
द्वितीय: सागर थापा
तृतिय: नीर कुमार मगर

पुरुष १६ बर्ष मुनि
प्रथम: सुदर्शन भण्डारी
द्वितीय:बिशाल भण्डारी
तृतिय: रितेश भण्डारी

महिला १६ र सो भन्दा माथि
प्रथम: सुनिता पुरी
द्वितीय: ब्योमा तम्राकार
तृतिय: लक्ष्मी शर्मा

महिला १६ बर्ष मुनि
प्रथम: युक्ता काफ्ले
द्वितीय: सारिका अधिकारी

प्रत्येक समूहका प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । दौडमा सहभागीहरुले परिवार तथा साथीहरूबाट सहयोग रकम संकलन गरेका थिए । कार्यक्रमबाट संकलित रकम बाढीपीडितहरुलाई राहत प्रदान गर्न खर्च गरिनेछ ।

गैर आवासीय नेपाली संघको १० औं यूरोपियन क्षेत्रीय बैठक सम्पन्न ।

गैर आवासीय नेपाली संघको १० औं यूरोपियन क्षेत्रीय बैठक तथा ८ औं यूरोपियन क्षेत्रीय महिला सम्मेलन जर्मनीमा सम्पन्न भएको छ । सम्मेलन जुलाई २८ देखि ३१ सम्म फ्र्यांकफर्टमा चलेको थियो ।
बैठकमा जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनाल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. शेष घले, संस्थापक अध्यक्ष डा. उपेन्ऽ महतो, र प्रमुख संरक्षक जीवा लामिछाने सहभागि हुनुहुन्थ्यो । यसैगरि नेपाल सरकार परराष्ट्र मन्त्रालयका सहसचिव तीर्थराज वाग्ले, परराष्ट्र मन्त्रालयमा एनआरएन डेस्क हेर्नुहुने उपसचिव डा. डमरुबल्लभ पौडेल तथा अर्थ मन्त्रालयका अधिकृत भीमकान्त न्यौपाने, गैरआवासीय नेपाली संघका संस्थापक सदस्य रामप्रताप थापा, संरक्षक दिल गुरुंग लगायतका संघका पदाधिकारी एवं २७ देशबाट प्रतितिधित्व गर्नु हुने करिब साढे चारसय गैरआवासीय नेपाली प्रतिनिधिहरुको उपस्थित थिए । सम्मेलनमा गैर आवासीय नेपाली संघ फिनल्याण्डबाट आई सी सी सदस्य बालकृष्ण श्रेष्ठ, महिला संयोजक ममता थकाली, सदस्य गोपाल अर्याल , सन्तोस पन्त साथै महिला फोरमकी सदस्य रेणु अर्याल र बिष्णु तिम्सिना सहभागी हुनु भएको थियो । प्रेस बक्तब्य मार्फत विभिन्न १५ बुँदे निर्णयहरु सार्वजनिक गर्दै बैठक समापन भएको छ ।
प्रेस बक्तब्य मार्फत सार्वजनिक निर्णयहरु निम्न छन् ।

१) लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको नेपालमा नयाा संविधानको पूर्ण कार्यान्वयन र समृद्ध नेपालको निर्माणका लागि आर्थिक विकासलाई गति दिन नेपालका प्रमुख राजनीतिक दलहरुका बीचमा सहमति र सहकार्य गर्न यो बैठक अनुरोध गर्दछ ।

२) नेपालको संविधानमा उल्लेख भएअनुसार गैरआवासीय नेपाली नागरिकताको मर्म र भावना अनुरुप गैरआवासीय नेपाली संघसंगको निकट सहकार्यमा यथाशिघ्र गैरआवासीय नेपाली संबन्धी ऐन बनाइ गैरआवासीय नेपाली नागरिकता वितरण गर्ने काम शुरु गर्न नेपाल सरकार तथा अन्य संबद्ध निकायहरुलाई अनुरोध गर्दछ।

३) विगतमा जस्तै युरोपस्थित गैरआवासीय नेपाली उद्यमीहरुले नेपालमा सामूहिक लगानी अगाडि बढाउन देखाएको तत्परताको सम्मान गर्दै अन्तर्रा्ष्टि्रय समन्वय परिषदलाई त्यसकालागि आवश्यक पहल गर्न अनुरोध गर्दछ।

४) गैरआवासीय नेपाली संघद्वारा संचालित लाप्राक नमुना वस्ती लगायत एनआरएन भवन, शंखमूल पार्क, एक एनसिसि एक परियोजना लगायतमा तन, मन, धनले सहयोग गर्नुहुने सबै गैरआवासीय मित्रहरुलाई हार्दिक धन्यवाद दिंदै थप आवश्यक सहयोग गर्न पनि यो बैठक प्रतिबद्धता व्यक्त गर्दछ।

५) गैरआवासीय नेपालीहरुको सकृयतामा नेपालका विभिन्न विद्यालयहरुमा ‘विद्युतीय पुस्तकालय’ स्थापना भैरहेको सन्दर्भमा ती पुस्तकालयहरुलाई व्यवस्थित गर्दै गैरआवासीय नेपाली संघको मातहतमा आफुले पढेको विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न सबै गैरआवासीय नेपालीहरुलाई यो बैठक आह्वान गर्दछ।

६) भिजिट नेपाल युरोप अभियान २०१७ तथा अतिथि देवो भव: अभियानलाई सफल बनाउादै युरोप क्षेत्रबाट अत्यधिक मात्रामा पर्यटकहरु नेपाल भित्र्याउन युरोपस्थित नेपाली दूतावासहरु तथा नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधिहरुसंग समन्वय गर्दै नेपाल सरकारले आह्वान गरेको ँभिजिट नेपाल इयर २०१८” लाई सफल बनाउन युरोपस्थित सबै एनसिसिहरुलाई अनुरोध गर्दछ।

७) यस बैठकका प्रायोजकहरुबाट प्राप्त रकम संघको केन्ऽीय कार्यालय भवन निर्माण कोषमा हस्तान्तरण गर्ने निर्णयको स्वागत गर्दै यो बैठक सबै प्रायोजकहरुप्रति धन्यवाद व्यक्त गर्दछ ।

८) गैरआवासीय नेपाली संघको विधानलाई अरु विस्तृत र प्रभावकारी बनाउन बैठकमा प्राप्त सुझावहरुलाई अन्तर्रा्ष्टि्रय समन्वय परिषदमा पठाउने यो बैठक निर्णय गर्दछ ।

९) गैरआवासीय नेपाली संघ महिला फोरमले परोपकारी क्षेत्रमा उल्लेख्य कार्य गरेकोमा सिंगो महिला फोरमलाई धन्यवाद ज्ञापन गर्दै सिंगो गैरआवासीय नेपाली अभियानमा महिलाहरुको सहभागिता बढाउने अभिप्रायले हरेक राष्ट्रिय परिषदमा यथासम्भव ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गराउन आग्रह गर्दै यस क्षेत्रका यूवा तथा महिलाहरुको उद्यमशिलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने पनि यो बैठक निर्णय गर्दछ । एक युरो परियोजनालाई सबै एनसिसीहरुमा विस्तार गरी सो अभियानमा पुरुष सदस्यहरुको सहभागिता बढाउन पनि यो बैठक अनुरोध गर्दछ

१०) प्रवासमा नेपाली बालबालिकाहरुका निम्ति नेपाली भाषा, लिपि, संस्कार, संस्कृति सिकाउन भिडियो कार्टुन, ट्याबलेट गेम तथा प्रवास सापेक्ष पाठ्यसामग्री निर्माण गर्न पहल गर्न अन्तर्रा्ष्टि्रय समन्वय परिषदलाई यो बैठक अनुरोध गर्दछ।

११) अन्तर्रा्ष्टि्रय मान्यता अनुसार कुनै पेशा, व्यवसाय वा अध्ययनको सिलसिलामा १८२ दिन भन्दा बढी सार्क मुलुक बाहिर बस्ने विद्यार्थी तथा वैदशिक रोजगारीमा जाने नेपालीहरुलाई पनि गैरआवासीय नेपालीको परिभाषाभित्र समेट्न अन्तर्रा्ष्टि्रय समन्वय परिषदलाई आवश्यक पहल गर्न यो बैठक अनुरोध गर्दछ।

१२) युरोप क्षेत्रको एघारौं बैठक लक्जेम्वर्गमा गर्ने निर्णय गर्दछ । स्पेनमा नेपाली दूतावास स्थापना गरिएकोमा नेपाल सरकारलाई धन्यवाद दिंदै पोर्चुगलमा नयाा दूतावास खोल्न पहल गर्न पनि यो बैठक अनुरोध गर्दछ।

१३) साइप्रस निवासी ब्लड क्यान्सरबाट पीडित ५ वर्षीय छोरा सन्चल साहको उपचारकालागि झण्डै बीस हजार यूरो सहयोग गर्ने यो बैठकका सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दछ।
१४) स्पेनमा बस्ने नेपालीहरुको समस्याको समाधानकालागि सम्पत्ती मूल्यांकन प्रमाणपत्रमा परराष्ट्र मन्त्रालयको छाप लगाउने व्यवस्थाकालागि पहल गर्न यो बैठक अन्तर्रा्ष्टि्रय समन्वय परिषदलाई अनुरोध गर्दछ।

१५) यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनुहुने एनसीसी जर्मनी, प्रायोजकहरु, स्वयमसेवी, पत्रकार, कलाकार लगायत सबै पक्षलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

परोपकार परियोजनाका लागि प्रस्ताव आह्वान

गैरआवसिय नेपाली संघ फिनल्याण्डको एक प्रमुख कार्ययोजना परोपकार परियोजनाको सञ्चालन गर्नु हो । हरेक कार्यकालहरुमा एक नयाँ कार्ययोजना छनौट भई सम्पन्न समेत भईरहेका छन् । सन् २००९–२०११ को कार्यकालमा हामिले पूर्वी नेपालको मोरङ्ग जिल्लाको रणपाल निम्नमाध्यमिक विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न गर्‍यौं । त्यसैगरि सन् २०११–२०१३ को कार्यकालमा फुङलिङस्थीत अपाङ्ग बालगृहका आसहाय बालबालिकाहरुका लागि रोजगारमूलका तालिम कार्यक्रम सञ्चालन गर्‍यौं भने सन् २०१३–२०१५ मा गुल्मि जिल्लाको विकट गाविस रिमुवामा सञ्चालित दृष्तिविहीन बालबालिकाहरुका लागि सञ्चालित विद्यालयका लागि छानोको ब्यवस्था गर्‍यौं ।
सन् २०१५–२०१७, परियोजना र परोपकारका हिसावले विशेष रह्यो । विनाशकारी भुकम्पले नेपालमा पुर्‍याएको मानविय र भौतिक क्षतिमा थोरै भएपनि सहयोग गर्न सकिएकोमा एनआरएन फिनल्याण्ड गौरवान्वित छ । हामिले भुकम्पले क्षतिग्रस्त रामेछापको आँपचौर भिरपानी –३ स्थीत जन्मभूमि प्राथमिक विद्यालयको पुनर्निर्माणका लागि ६००० यूरो सहयोग गरेका छौ भने तत्काल राहत र उद्धार कार्यका लागि ३५००० यूरो संकालन गरि नेपाल पठाएका थियौं । सो विषम परिस्थीतिमा फिनल्याण्डमा बसोवास गर्ने नेपाली दाजुभाई दिदीबाहिनीले देखाउनु भएको उभुतपूर्व सहयोगभावका निम्ति एनआरएन फिनल्याण्ड कृतज्ञ छ ।
गैरआवसिय नेपाली संघ फिनल्याण्डको नयाँ कार्यसमिति चयन भएसंगै नयाँ कार्यकाल २०१७–२०१९ का लागि नयाँ कल्याणकारी परियोजना सञ्चालनका लागि हरेक पटक झैं यसपटक पनि प्रस्ताव आह्वान गरिएको छ । फिनल्याण्डमा बसोवास गर्नुहुने नेपाली र फिनल्याण्डबाट दिक्षित भई नेपालमै बसोवास गर्नुहुने नेपालीले परोपकार परियोजनाको प्रस्ताव पेश गर्न सक्नुहुनेछ । सन् २०१७ अगस्ट ३१ तरिक १७ बजे भित्र हामिसंग आईपुग्ने गरि परियोजना प्रस्ताव पेश गर्न हार्दिक आह्वान गरिन्छ ।
परियोजना प्रस्ताव तयार गरिंदा अवलम्वन गरिनुपर्ने मापदण्ड सहितको विस्तृत जानकारी प्राप्त गर्न  यो लिंकमा क्लीक गर्नुहोस् ।  NRNA Call for Proposal