हेलसिन्कीमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना

नेपाली राज दूतावास कोपेनहेगने, डेनमार्कको हेलसिन्की(फिनल्याण्ड) मा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना ।

हामीलाई प्राप्त जानकारी एवम् सुझाव यस प्रकार छन् :

१. मे ५ का अन्य बुकिङ्ग थपिने एवम् मे ६ शनिबारको बुकिङ्गका लागी केही प्राविधिक समस्याका आएकाले यसका लागी दूतावासले सम्बन्धित विज्ञसँग समाधानको लागी परामर्श लिईदै गरेको जानकारी प्राप्त भएको छ।

जसले मे ५ र मे ६ मा बुकिङ्ग गर्नुभएको छ, वहाँहरूलाई तोकिएकै समयमा सेवा दिईनेछ।

आज मे ५ र मे ६ को थप बुकिङ्गहरू खुल्नेछन्। कृपया थप खोलिएको समयमा बुकिङ्ग गर्नुहोला।

२. सन् २०२४ को समर (मे वा जुन) र सो भन्दा पछीसम्म यदी तपाईको पासपोर्टको म्याद रहेमा कृपया यस वर्ष यस घुम्ति सेवाको समय बुकिङ्ग नगरीदिनुहोला। यस सेवा हरेक वर्ष प्रदान गरिने भएकाले अर्को २०२४ समरमा सेवा लिनहुन विनम्र अनुरोध गरिन्छ।

फारमको अध्यावदी दूतावासबाट हुनेहुँदा सम्पूर्ण निर्णय दूतावासमा नै निहित हुनेछ।

३. नं २ मा उल्लेखित बाहेक, हेलसिन्कीबाट लामो दूरीबाट आउनुहुने सेवाग्राही एवम् अत्ति आवश्यक परिस्थितीको हकमा अत्यधिक समय व्यवस्था गरेर भएतापनि सम्पूर्णलाई सेवा दिईने प्रतिबद्धता प्राप्त भएको छ। कृपया न अत्तालिनुहुन अनुरोध सहित मे ५ र मे ६ बाहेकका पनि समय लिएर फारम बुझाउन सक्नुहुनेछ।

यस्ताको स्थितिमा रहनुहुनेले info@nrna.fi मा ईमेल गरी आफ्नो परिस्थितीको जानकारी गराउन सक्नुहुनेछ। कृपया ईमेलमा वा फोनमा कुनै पनि कागजात एवम् sensitive personal data नपठाउनुहोला ।

४. भिडभाड नरूचाईने एवम् चुस्त व्यवस्थापन गरिने निती अनुरूप कृपया सेवाग्रही मात्र उपस्थित हुनुहोला।

आफ्नो बुकिङ्ग समयमा मात्र आउनुहोला।

धन्यवाद 🙏

भवदीय,

एनआरएनए

एनसिसी फिनल्याण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *