Become a Member

गैरआवासीय नेपाली संघ फिनल्याण्डको साधारण सदस्यता लिनु पूर्व तलका जानकारीहरु कृपया ध्यान दिएर पढ्नुहोला । (Scroll down for English)

गैरआवासीय नेपाली संघ फिन्ल्याण्डको बिधान अनुसार गैरआवासीय नेपाली संघको सदस्य हुनः

  • नेपाल वा सार्क सदस्य मुलुकहरु बाहिर कम्तिमा २ बर्ष बसोवास गरि हाल पूर्णकालिन काम गर्ने अधिकार (Full-time working rights) सहितको भिषा अर्थात A वा P भिषा भएका, वा नेपाली मूलका फिनिश नागरिक हुनु पर्नेछ।
  • विद्यार्थी भिषा अथवा नेपाल वा सार्क मुलुक बाहिर २ बर्ष भन्दा कम बसोवास गर्नुभएका महानुभावहरुले समेत गैर आवासीय नेपाली संघ फिनल्याण्डको आबद्ध सदस्यता “Associate Membership” लिन सक्नुहुनेछ । यो सदस्यता निःशुल्क हुनेछ तर आबद्ध सदस्यहरुले संघको निर्वाचन प्रकृयामा भाग लिने, मतदान गर्ने र नीति निर्माण तथा निर्णय प्रकृयाहरुमा प्रत्यक्ष सहभागिता भने जनाउन पाउने छैनन् ।
  • आबद्द सदस्य “Associate Members” हरुले एन आर एन ए कार्ड पनि प्राप्त गर्ने छैनन ।

गैरआवासीय नेपाली संघ फिन्ल्याण्डले संघको सदस्यता लिनको लागि ‘MIS’ प्रणालीमा जाने निर्णय गरे सँगै अब एनएरएनएको सदस्यता सिधै अनलाइनबाट लिनुपर्नेछ। यो निकै सरल र एक पटक दर्ता भएपछि आफ्नो विवरण फेरबदल गर्न र नविकरण गर्न निकै सजिलो हुनेछ। संघको केन्द्रले नै यो प्रणाली अन्तर्गत ‘GDPR’ को नियमहरु पालना गर्ने जिम्मा लिएको छ। यद्यपि आफ्नो व्यक्तिगत विवरणका महत्वपूर्ण अंश-जस्तै सोसियल सेक्युरिटी नम्बर छोपेर राहदानी तथा परिचयपत्र दिन सक्नु हुनेछ। सदस्यता शुल्क १० € रहेको छ र बैंकको विवरण सबै अनलाइन फारम भित्र उपलब्ध छ। यद्यपी झुक्किनु भएको खण्डमा तलको विवरण हेर्नुहोला।
Account no : FI6217453000086530
BIC: Nordea
Message: Non-Resident Nepali Association, Finland (membership fee for ……..)
कृपया Message मा आफ्नो लागि भए SELF र आफ्नो परिवार वा अन्य व्यक्तिका लागि तिरिदिनुभएको भए सम्बन्धित व्यक्तिको नाम राखिदिनुहोला ।

Payment गरिसके पछि उल्लेख गरिएजस्तै payment receipt को फोटो तोकिएको ठाउँमा अपलोड गरिदिनु होला।

सदस्यता विवरण भर्दा फिनिश राहदानी हुनेले राहदानी मात्र राखे पुग्छ तर नेपाली राहदानी हुनेले रेसिडेन्ट पर्मिटको दुबै साइडको फोटो राख्नु पर्ने हुन्छ । तपाईंको ब्यक्तिगत गोपनियताको ग्यारेन्टी गरिएको छ तथापि चाहनु हुन्छ भने आफ्नो सोसियल सेक्युरिटी नम्बर छोपेर डकुमेन्ट अपलोड गर्न सक्नु हुनेछ।
सदस्यता लिनको लागि https://members.nrna.org/signup

तपाईंहरुको सजिलोको लागि अब आफ्नो मोबाईल स्टोरबाट (ios, android)’ Smart NRNA ‘ डाउनलोड गरेर सदस्यता लिन सक्नुहुनेछ।

सदस्यता फारम भर्नुपूर्व कृपया गैर आवासीय नेपाली संघको Data Policy पढ्नुहोस् । https://members.nrna.org/terms/fi

गैर आवासीय नेपाली संघको सदस्यता लिएसँगै तपाईले NRNA Card प्राप्त गर्न सक्नुहुनेछ ।

कार्डका फाईदाबारे जानकारी लिन कृपया यो लिंक हेर्नुहोस् ।
https://nrna-discounts.org/

NRNA Finland membership NRNA Finland has opened an application for general membership until June 24. This time NRNA will be following MIS system so applying will be much easier and less time consuming. MIS will be following GDPR rules but still we recommend to hide the social security number while uploading the photo of passport and/or residence permit. If there are any questions regarding application, please contact us via messenger.

The link for membership https://members.nrna.org/signup

You can also download “SmartNRNA” app in iOS and android.