गैरआवसिय नेपाली संघ फिनल्याण्डको एक प्रमुख कार्ययोजना परोपकार परियोजनाको सञ्चालन गर्नु हो । हरेक कार्यकालहरुमा एक नयाँ कार्ययोजना छनौट भई सम्पन्न समेत भईरहेका छन् । सन् २००९–२०११ को कार्यकालमा हामिले पूर्वी नेपालको मोरङ्ग जिल्लाको रणपाल निम्नमाध्यमिक विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न गर्यौं । त्यसैगरि सन् २०११–२०१३ को कार्यकालमा फुङलिङस्थीत अपाङ्ग बालगृहका आसहाय बालबालिकाहरुका लागि रोजगारमूलका तालिम कार्यक्रम सञ्चालन गर्यौं भने सन् २०१३–२०१५ मा गुल्मि जिल्लाको विकट गाविस रिमुवामा सञ्चालित दृष्तिविहीन बालबालिकाहरुका लागि सञ्चालित विद्यालयका लागि छानोको ब्यवस्था गर्यौं ।
सन् २०१५–२०१७, परियोजना र परोपकारका हिसावले विशेष रह्यो । विनाशकारी भुकम्पले नेपालमा पुर्याएको मानविय र भौतिक क्षतिमा थोरै भएपनि सहयोग गर्न सकिएकोमा एनआरएन फिनल्याण्ड गौरवान्वित छ । हामिले भुकम्पले क्षतिग्रस्त रामेछापको आँपचौर भिरपानी –३ स्थीत जन्मभूमि प्राथमिक विद्यालयको पुनर्निर्माणका लागि ६००० यूरो सहयोग गरेका छौ भने तत्काल राहत र उद्धार कार्यका लागि ३५००० यूरो संकालन गरि नेपाल पठाएका थियौं । सो विषम परिस्थीतिमा फिनल्याण्डमा बसोवास गर्ने नेपाली दाजुभाई दिदीबाहिनीले देखाउनु भएको उभुतपूर्व सहयोगभावका निम्ति एनआरएन फिनल्याण्ड कृतज्ञ छ ।
गैरआवसिय नेपाली संघ फिनल्याण्डको नयाँ कार्यसमिति चयन भएसंगै नयाँ कार्यकाल २०१७–२०१९ का लागि नयाँ कल्याणकारी परियोजना सञ्चालनका लागि हरेक पटक झैं यसपटक पनि प्रस्ताव आह्वान गरिएको छ । फिनल्याण्डमा बसोवास गर्नुहुने नेपाली र फिनल्याण्डबाट दिक्षित भई नेपालमै बसोवास गर्नुहुने नेपालीले परोपकार परियोजनाको प्रस्ताव पेश गर्न सक्नुहुनेछ । सन् २०१७ अगस्ट ३१ तरिक १७ बजे भित्र हामिसंग आईपुग्ने गरि परियोजना प्रस्ताव पेश गर्न हार्दिक आह्वान गरिन्छ ।
परियोजना प्रस्ताव तयार गरिंदा अवलम्वन गरिनुपर्ने मापदण्ड सहितको विस्तृत जानकारी प्राप्त गर्न यो लिंकमा क्लीक गर्नुहोस् । NRNA Call for Proposal
Monthly Archives: June 2017
नेपालमा लगानि प्रवर्दनका विषयमा अन्तरक्रिया सम्पन्न
-चिरञ्जीवी चापागाईं
फिनल्याण्ड सरकार, परराष्ट्र मन्त्रालयको आयोजनामा नेपालमा लगानि प्रवर्धनका विषयमा विभिन्न क्षेत्रका सरोकारवालाहरुवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राजधानि हेलसिन्किमा सम्पन्न सो कार्यक्रममा एनआरएन फिनल्याण्डको नेपाल फिनल्याण्ड हातेमालो नेटवर्कले कसरि नेपाली र फिनिस ब्यवसायी तथा जनशक्तिविच पुलको काम गर्न सक्छ भन्ने विषयमा छलफल भएको थियो ।
परराष्ट्र मन्त्रालयका नेपाल, डेस्क प्रमुख सेबस्टियन गाहन्स्ट्रोमले सहजिकरण गरेको कार्यक्रममा एनआरएन फिनल्याण्डका अध्यक्ष बसन्त गौतमले एनआरएन फिनल्याण्डका गतिविधि, नेपाल फिनल्याण्ड हातेमालो नेटवर्कका उद्देश्य र लागानि प्रवर्धका सम्भावनाका विषयमा प्रश्तुति दिनुभएको थियो । प्रस्तुति माथि प्रतिक्रिया दिदै फिनिस प्रतिनिधिमण्डलका सदस्यहरुले एनआरएन फिनल्याण्डले हातेमालो नेटवर्क मार्फत लगानि तथा दक्ष जनशक्ति प्रवर्धनका क्षेत्रमा सुरु गरेको प्रयासको प्रसंसा गरेका थिए । कार्यक्रममा मन्त्रालयकि बरिष्ठ सल्लाहकार सिनिक्का आन्तिलाले अफ्रिकि क्षेत्रका आफ्ना अनुभवहरु प्रस्तुत गर्दै बजारीकरणमा केन्द्रित हुन सुझाव दिईन । कार्यक्रममा एक्सपोर्ट फिनल्याण्डकि कार्यक्रम संयोजक एलिना वासर््ताले नेपालमा लागानि प्रवर्धन गर्न आफ्नो संस्थाले अध्यायन गरिरहेका जानकारी दिइन ।

कार्यक्रममा फिनिस राजदुतावास काठ्माण्डौका सल्लाहकारद्वय डा. चुडामणि जोशि र ईन्द्रा गुरुङले नेपालमा लगानि गर्न सकिने क्षेत्रहरु र लगानिको वातावरणबारे धारणा राख्नुभयो । त्यास्तै एनआरएन फिनल्याण्डका आईसिसि प्रतिनिधि बालकृष्ण श्रेष्ठले नेपाल र फिनल्याण्डका उद्योग बाणिज्य संघहरुविचको सहकार्य महत्वपूर्ण हुने धारणा राख्दै आपसि भ्रमणको आवश्यकता औल्याउनुभयो । कार्यक्रममा नेपाली प्रतिनिधिमण्डका सदस्यहरुले नेपालको रणनितिक भू–अवस्थीति, नयाँ बजार र राजनितिक स्थायीत्वको संकेत आदीले सुरक्षित लगानिको वातावरण बनेको धारणा राखे ।
कार्यक्रममा फिनपार्टनरसिपका सहयोग संयोजक यान्ने पेन्तिला, फिनिस परराष्ट्र मन्त्रालयकि एसिया र अमेरिकि विभागकि बरिष्ठ विकास निति सल्लाहकार सान्ना ताकाला, एसिया र अमेरिकि क्षेत्रीय संयोजक पेत्रि वान्नेर, र मानवसहायता इकाईका उपनिर्देशक किम्मो लाउकानेन सहभागि थिए ।