के तपाइको पासपोर्ट तयार भयो भनेर दुतावासबाट इमेल आयो ? अब क गर्ने कृपया तल दिइएको बिबरण हेर्नुहोस र त्यहि अनुरुप गर्नुहोस्। केहि प्रस्न भए हामीलाई सम्पर्क गर्नुहोला
राहदानी हुलाक मार्फत पठाउने सम्बन्धमा थप व्यवस्थाः
यदी राहदानी बुझ्नका लागि दूतावासमा उपस्थित हुन नसक्ने अवस्था भएमा हुलाक/कुरियर मार्फत पठाउनका लागि अनुरोध गर्न सकिन्छ । यसका लागि निम्नअनुसार गर्नु होला ।
क) यदी हुलाक (postNord) मार्फत पठाउने हो भने postNord को वेव पेजमा लग इन गरी हुलाकका लागि अर्डर गर्नु पर्नेछ । रकम भुक्तानी लगायत सबै कार्य गरे पश्चात् labels प्राप्त हुनेछ । उक्त label प्रिन्ट गरी पुरानो राहदानी सँगै पठाउनु होस वा इमेल मार्फत दूतावासमा पठाउनु होस । लेवल प्राप्त भए पछि दूतावासबाट खाम तयार गरी पोष्टनर्ड मार्फत पठाइने छ । (लेवल प्रिन्ट गर्दा वा इमेल मार्फत पठाउँदा फोटो वा स्क्रिनसट नगरी मूल प्रति (original copy) पठाउनु होला । साथै मेल छनौट गर्दा रजिस्टर्ड र track गर्न सकिने गरि छनौट गर्न दूतावास सिफारिस गर्दछ ।)
ख) अन्य कुरियर सेवा मार्फत पठाउनका लागि तपाँइलाई उपयुक्त लागेको कुरीयर सेवा अर्डर गर्नुहोस र त्यसको लेवल(label) दूतावासमा पठाउनु होस् । यसका लागि दूतावासबाट मेल तयार भए पछि कुरियरलाई दूतावासमा आइ मेल सङ्कलन गर्ने अनुरोध गर्नुहोस् । यस प्रकारको कुरयिरका सेवाका लागि दूतावासबाट मेल dropbox सम्म पुर्याउन सकिने छैन ।
ग) सामान्यतः ३४ पृष्ठ भएको एउटा राहदानीको तौल खाम सहित करीव ५० ग्राम तथा ६६ पृष्ठ भएको एउटा राहदानीको तौल खाम सहित करीव ८० ग्राम हुने भएकोले कति वटा राहदानी पठाउनु पर्ने हो सोही अनुसार तौल छनौट गर्नु होला । एकै परिवारका धेरै सदस्यहरूको राहदानी भएमा एउटै मेलमा पठाउन सकिने भएकोले सोही अनुसार तौल छनौट गर्नु होला ।
(यस अघि हुलाकबाट राहदानी पठाउँदा सेवाग्राहीले दूतावासमा रकम पठाउने र दूतावासले मेल पठाउने गरिएकोमा अव उप्रान्त सेवा ग्राही स्वयंले नै हुलाक लेवल खरिद गरी दूतावासमा पठउने व्यवस्था गरिएकोले हुलाक वापतको रकम दूतावासमा नपठाउनुहुन यसै मार्फत जानकारी गराउदछौं )
नोटः तपाईको राहदानी कुरियरले हराईदिएमा दूतावास जिम्मेवार हुने छैन । तसर्थः कुरियर/हुलाक छनौट गर्दा विश्वासिलो र भरपर्दो कुरियर/हुलाक सेवा छान्नको लागि दूतावास अनुरोध गर्दछ। राहदानी हराएमा नियमानुसार दोब्बर दस्तुर तिरी पुनः आवेदन दिनु पर्नेछ।
पुरानो पासपोर्ट पठाउदा कृपया रेजिस्टर गरेर सुरक्षित हुलाक मार्फत पठाउनु होला, हरायो भने समस्या आउने छ। दुतावासले सबैलाई रेजिस्टर गरेर मात्र पठाउन आग्रह गरेको छ।
नेपाली राजदुतावास डेनमार्कले यही अक्टोबर महिनाको ११ – १२ तारिखका दिन फिनल्याण्डको हेलसिन्कीमा विद्युतीय राहदानी आवेदन (e-passport application) लगायतका कन्सुलर सेवा उपलब्ध गराइने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन सूचित गरिएको छ । थप जानकारीको लागी नेपाली राजदुताबास डेनमार्क को वेबसाइट हेर्नुहोला – यहा क्लिक गर्नुहोस्
सूचना सूचना सूचना !!!
नेपाली राज दूतावास कोपेनहेगन, डेनमार्कको हेलसिन्की(फिनल्याण्ड) मा घुम्ती सेवामा अनिवार्य रुपमा लेराउनु पर्ने कागज पत्रहरु:
पुरानो पासपोर्ट सक्कली
नागरिकता सक्कली अथ्वा फोटोकपी ( कलर )
रेसिडेन्ट परमिट्को (भिसा) सक्कली अथवा फोटो
फारमको पृन्टेड कपि
पैसा तिरेको भेरिफाइ भएको पृन्टेड कपि
पैसा तिरेको भेरिफाइ नभएको भए एम्बेस्सीमा फोन गरेर भेरिफाइ गर्नुहोला।
पासपोर्ट आबेदनको चाप अत्यन्त बडेकोले राजदुतावासले बुधबार 11 October दिउँसो 14:30 देखीनै सुबिधा दिने निर्णय गरेको छ ।
12 तरिक बाहेक अन्य कुनै दिनको लागि समय बूक गर्नु भएको छ भने कृपया 11 तारिक 14:30 बजे पछि मात्र सुबिधा दिने स्थानमा आउनु हुन अनुरोध छ।
बालबालिका र महिलाहरुलाइ सकेसम्म बिशेषता दिइने छ। 12 तारिकमा समय लिनु भएका माहनुभावहरु कृपया आफ्नो तोकिएको समयमा आइदिनुहोला।
11 तारिकमा कार्यभारका कारण सुविधा दिन नसकेमा बिहिवारको दिन दिइनेछ ।
सुबिधा दिने स्थान सानो भएकोले कृप्या एकैचोटी धेरै नआइदिनु होला।
टेक्निकल कारणले कहिलेकाहिँ काम समय भन्दा ढिलो हुनसक्छ त्य्सैले कृपया स्म्यम रहन हजुरहरुसङ्ग विनम्र अनुरोध गर्दछौ ।
मितिः 11 October 2023, समयः 14:30 – 19:00 मितिः 12 October 2023, समयः 10:00 – 19:00 सेवाः विद्युतीय राहदानी आवेदन (ePassport application) (अन्य सेवा चाहिएमा दूतावासमा सम्पर्क गर्नु होला) कार्यक्रम स्थलः Puotilan Metrokatu 4a 00910 Helsinki
एनआरएनए सदस्य हुनका लागी निम्न नियमहरू लागू हुनेछन्।
गैरआवासीय नेपाली संघ फिन्ल्याण्डको बिधान अनुसार गैरआवासीय नेपाली संघको सदस्य हुनः
नेपाल वा सार्क सदस्य मुलुकहरु बाहिर कम्तिमा २ बर्ष बसोवास गरि हाल पूर्णकालिन काम गर्ने अधिकार (Full-time working rights) सहितको भिषा अर्थात A वा P भिषा भएका, वा नेपाली मूलका फिनिश नागरिक हुनु पर्नेछ।
विद्यार्थी भिषा अथवा नेपाल वा सार्क मुलुक बाहिर २ बर्ष भन्दा कम बसोवास गर्नुभएका महानुभावहरुले समेत गैर आवासीय नेपाली संघ फिनल्याण्डको आबद्ध सदस्यता “Associate Membership” लिन सक्नुहुनेछ । यो सदस्यता निःशुल्क हुनेछ तर आबद्ध सदस्यहरुले संघको निर्वाचन प्रकृयामा भाग लिने, मतदान गर्ने र नीति निर्माण तथा निर्णय प्रकृयाहरुमा प्रत्यक्ष सहभागिता भने जनाउन पाउने छैनन् ।
केही महत्वपूर्ण जानकारीहरु :
सन् २०२१-२०२३मा एनआरएनए सदस्य हुनुहुन्छ भने हजुरको हकमा कुनै पनि दस्तावेज प्रमाणिकरण गर्नुपर्ने छैन। हजुरहरुको लागी आवेदन फारम सरल बनाईएको छ जसमा नाम र ईमेल मात्र टिपाई हालको संसोधित सदस्यता शर्त एवम् गोपनियताको शर्तमा सहमति जनाउनु पर्नेछ।
नयाँ सदस्यहरूको हकमा सदस्यताको लागी योग्य रहेको प्रमाणिकरण दुई तरिकाले गर्न सकिन्छ :
माथि उल्लेखित सदस्यताका लागी योग्य रहेको दस्तावेज अपलोड गरेर
वा
भिडियोकल मार्फत आफ्नो योग्यता प्रमाणित गरेर। यसबारे सम्पूर्ण जानकारी फारममा नै उपलब्ध छन्।
सदस्यता आवेदनका क्रममा अपलोड गरिने डकुमेन्टमा आफ्नो व्यक्तिगत विवरणका महत्वपूर्ण अंश-जस्तै सोसियल सेक्युरिटी नम्बर, पासपोर्ट नम्बर, जन्मस्थान छोपेर राहदानी तथा परिचयपत्र दिन सक्नु हुनेछ।
सदस्यता विवरण भर्दा फिनिश राहदानी हुनेले राहदानीको अघिल्लो पेजमात्र राखे पुग्छ तर नेपाली राहदानी हुनेले रेसिडेन्ट पर्मिटको दुबै साइडको फोटो राख्नु पर्ने हुन्छ ।
हामीलाई प्राप्त डकुमेन्ट मात्र एकजना Verification Officerको निहितमा रहन्छ । सदस्यतामा विवाद आएको खण्डमा बोर्डको निर्णय पश्चात विवाद सुल्झाउनका लागी बनेको दुई सदस्यीय समितीले मात्र उक्त विवादित सदस्यता सम्बन्धीको दस्ताबेज हेर्न सक्नेछन्।
प्रमाणीकरण पछि Verification Officer द्वारा सम्पूर्ण दस्ताबेजहरू एवम् विवरण ( नाम र ईमेल बाहेक) सुरक्षित तबरले मेटाईने छ।
सदस्यता शुल्क १० € रहेको छ र बैंकको विवरण सबै अनलाइन फारम भित्र उपलब्ध छ। यद्यपी झुक्किनु भएको खण्डमा तलको विवरण हेर्नुहोला। Bank: Nordea Account Name: Non-Residential Nepali Association Finland Ry Account no : FI62 1745 3000 0865 30 BIC: Nordea Message: Member “Full Name” कृपया Message मा आफ्नो लागि भए SELF र आफ्नो परिवार वा अन्य व्यक्तिका लागि तिरिदिनुभएको भए सम्बन्धित व्यक्तिको नाम राखिदिनुहोला ।
Please scan here to fill your Membership Application form:
The following rules will apply to become an NRNA member.
Non-Resident Nepali Association Ry (NRNA) have have the following requirements for a member as per their statute:
Must have lived outside of Nepal or SAARC member countries for at least 2 years and currently have a visa with full-time working rights, i.e. A or P visa, or must be a Finnish citizen of Nepali origin.
Even dignitaries who have a student visa or have lived outside of Nepal or SAARC countries for less than 2 years can take “Associate Membership” of Non-resident Nepali Association of Finland. This membership will be free, but affiliated members will not be allowed to participate in the election process of the association, vote and directly participate in policy making and decision making processes.
Some important information:
If you are a member of NRNA in the year 2021-2023, no documents need to be verified in your case. The application form has been made simple for you, in which you have to enter the name and email only and agree to the updated membership terms and conditions and privacy policy.
In case of new members, verification of eligibility for membership can be done in two ways:
By uploading the above mentioned eligibility documents for membership
OR
By proving your eligibility through video call. All information about this is available in the form itself.
In the document that will be uploaded during the membership application, you will be able to cover important parts of your personal details – such as social security number, passport number, place of birth.
While filling the membership details, Finnish passport holders only need to keep the front page of the passport, but Nepali passport holders need to keep the photo of both sides of the resident permit.
The documents received by us remain in the possession of a Verification Officer ONLY. If there is a dispute in the membership, only the 3-member committee formed to resolve the dispute after the decision of the board may see the document related to the disputed membership.
After Verification all documents and details (except name and email) will be securely deleted by the verification officer.
Membership fee is €10 and bank details are available within all online forms. However, if you are confused, see the details below. Bank: Nordea Account Name: Non-Residential Nepali Association Finland Ry Account no : FI62 1745 3000 0865 30 BIC: Nordea Message: Member “Full Name” Please put the name of the concerned person in the message if you are paying for your family or other person.
Before filling the membership form, please read the Privacy Policy of the Non-Resident Nepali Association and Membership Terms and Conditions.
To provide the best experiences, we use technologies like cookies to store and/or access device information. Consenting to these technologies will allow us to process data such as browsing behavior or unique IDs on this site. Not consenting or withdrawing consent, may adversely affect certain features and functions.
Functional
Always active
The technical storage or access is strictly necessary for the legitimate purpose of enabling the use of a specific service explicitly requested by the subscriber or user, or for the sole purpose of carrying out the transmission of a communication over an electronic communications network.
Preferences
The technical storage or access is necessary for the legitimate purpose of storing preferences that are not requested by the subscriber or user.
Statistics
The technical storage or access that is used exclusively for statistical purposes.The technical storage or access that is used exclusively for anonymous statistical purposes. Without a subpoena, voluntary compliance on the part of your Internet Service Provider, or additional records from a third party, information stored or retrieved for this purpose alone cannot usually be used to identify you.
Marketing
The technical storage or access is required to create user profiles to send advertising, or to track the user on a website or across several websites for similar marketing purposes.