महोत्तरीमा अभिभावकत्व ग्रहण गरिएका वालवालिकहरुलाई दोश्रो बर्षको सहयोग हस्तानान्तरण ।

गैर आवासीय नेपाली संघ फिनल्याण्डले महोत्तरी जिल्लामा अभिभावकत्व ग्रहण गरेका वालवालिकाहरुलाई, दोश्रो बर्षका लागि शैक्षिक सामाग्री हस्तानान्तरण गरिएको छ । जिल्लाको रामगोपालपुर नगरपालिकाका दुई विद्यालयहरु – महेन्द्र राष्ट्रिय उच्च मावि र जनता प्राविमा गत बर्षको अक्टोबर १ मा अभिभावकत्व ग्रहण गरि भर्ना गराईएका ५४ विद्यार्थीहरुलाई सहयोग हस्तानान्तरण गरिएको हो ।

नगर प्रमुख, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष, विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थितीमा रु २ लाख ५ हजार ८ सय बराबरको शैक्षिक सामाग्रीहरु –पोशाक (सर्ट, पाइन्ट, स्वेटर, जुत्ता र मोजा) झोला, कापी, कलम र अन्य सामाग्रीहरु (साबुन, ब्रस, दंतमञ्जन) हस्तानात्तरण गरिएको थियो ।

यस कार्यक्रमका लागि गैर आवासीय नेपाली संघ फिनल्याण्डले “रन फर नेपाल” शिर्षकमा मैत्रीपूर्ण दौड प्रतियोगिताको आयोजना गरि रकम संकलन गरेको थियो । गैर आवासीय नेपाली संघ फिनल्याण्ड “रन फर नेपाल” मार्फत सहयोग प्रदान गरि यस कार्यक्रमलाई सम्भव बनाउनुहुने सम्पूर्ण फिनल्याण्डवासी दाजुभाई दिदिबहिनीहरु प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछ ।

विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमका केही तस्विरहरु ।