नेपाली दूतावास डेनमार्कबाट पासपोर्ट कसरी मगाउने ?

के तपाइको पासपोर्ट तयार भयो भनेर दुतावासबाट इमेल आयो ?
अब क गर्ने
कृपया तल दिइएको बिबरण हेर्नुहोस र त्यहि अनुरुप गर्नुहोस्।
केहि प्रस्न भए हामीलाई सम्पर्क गर्नुहोला

राहदानी हुलाक मार्फत पठाउने सम्बन्धमा थप व्यवस्थाः

यदी राहदानी बुझ्नका लागि दूतावासमा उपस्थित हुन नसक्ने अवस्था भएमा हुलाक/कुरियर मार्फत पठाउनका लागि अनुरोध गर्न सकिन्छ । यसका लागि निम्नअनुसार गर्नु होला ।

क) यदी हुलाक (postNord) मार्फत पठाउने हो भने postNord को वेव पेजमा लग इन गरी हुलाकका लागि अर्डर गर्नु पर्नेछ । रकम भुक्तानी लगायत सबै कार्य गरे पश्चात् labels प्राप्त हुनेछ । उक्त label प्रिन्ट गरी पुरानो राहदानी सँगै पठाउनु होस वा इमेल मार्फत दूतावासमा पठाउनु होस । लेवल प्राप्त भए पछि दूतावासबाट खाम तयार गरी पोष्टनर्ड मार्फत पठाइने छ । (लेवल प्रिन्ट गर्दा वा इमेल मार्फत पठाउँदा फोटो वा स्क्रिनसट नगरी मूल प्रति (original copy) पठाउनु होला । साथै मेल छनौट गर्दा रजिस्टर्ड र track गर्न सकिने गरि छनौट गर्न दूतावास सिफारिस गर्दछ ।)

ख) अन्य कुरियर सेवा मार्फत पठाउनका लागि तपाँइलाई उपयुक्त लागेको कुरीयर सेवा अर्डर गर्नुहोस र त्यसको लेवल(label) दूतावासमा पठाउनु होस् । यसका लागि दूतावासबाट मेल तयार भए पछि कुरियरलाई दूतावासमा आइ मेल सङ्कलन गर्ने अनुरोध गर्नुहोस् । यस प्रकारको कुरयिरका सेवाका लागि दूतावासबाट मेल dropbox सम्म पुर्‍याउन सकिने छैन ।

ग) सामान्यतः ३४ पृष्ठ भएको एउटा राहदानीको तौल खाम सहित करीव ५० ग्राम तथा ६६ पृष्ठ भएको एउटा राहदानीको तौल खाम सहित करीव ८० ग्राम हुने भएकोले कति वटा राहदानी पठाउनु पर्ने हो सोही अनुसार तौल छनौट गर्नु होला । एकै परिवारका धेरै सदस्यहरूको राहदानी भएमा एउटै मेलमा पठाउन सकिने भएकोले सोही अनुसार तौल छनौट गर्नु होला ।

(यस अघि हुलाकबाट राहदानी पठाउँदा सेवाग्राहीले दूतावासमा रकम पठाउने र दूतावासले मेल पठाउने गरिएकोमा अव उप्रान्त सेवा ग्राही स्वयंले नै हुलाक लेवल खरिद गरी दूतावासमा पठउने व्यवस्था गरिएकोले हुलाक वापतको रकम दूतावासमा नपठाउनुहुन यसै मार्फत जानकारी गराउदछौं )

नोटः तपाईको राहदानी कुरियरले हराईदिएमा दूतावास जिम्मेवार हुने छैन । तसर्थः कुरियर/हुलाक छनौट गर्दा विश्वासिलो र भरपर्दो कुरियर/हुलाक सेवा छान्नको लागि दूतावास अनुरोध गर्दछ। राहदानी हराएमा नियमानुसार दोब्बर दस्तुर तिरी पुनः आवेदन दिनु पर्नेछ।

पुरानो पासपोर्ट पठाउदा कृपया रेजिस्टर गरेर सुरक्षित हुलाक मार्फत पठाउनु होला, हरायो भने समस्या आउने छ। दुतावासले सबैलाई रेजिस्टर गरेर मात्र पठाउन आग्रह गरेको छ।