भेटघाट र अवसर मञ्च

“सहकार्य र नवप्रवर्तन २०२५: फिनल्याण्डका नेपाली उद्यमीहरूको भेटघाट र अवसर मञ्च”

───────────
कार्यक्रम विवरण
───────────

प्रिय नेपाली उद्यमी साथीहरू,

NRN Finland ले फिनल्याण्डमा रहेका सबै नेपाली मूलका उद्यमीहरूलाई एक प्रेरणादायी साँझमा हार्दिक निमन्त्रण गर्दछ। यो कार्यक्रम फिनल्याण्डमा व्यवसाय सञ्चालन गरिरहनु भएका नेपाली उद्यमीहरूलाई एकै मञ्चमा ल्याउने, एक-अर्काका सेवा तथा उत्पादनबारे जान्ने, र सहकार्यका नयाँ सम्भावना खोज्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा व्यवसायिक विशेषज्ञहरूले फिनल्याण्डका सरकारी तथा सहर स्तरका टेन्डर (tenders) कसरी खोज्ने र आवेदन दिने भन्ने विषयमा व्यावहारिक जानकारी दिनेछन्।

🕒 समय र स्थान
📅 मिति: ३० नोभेम्बर २०२५
🕔 समय: साँझ १७:०० – २०:००
📍 स्थान: Tapulikaupungin Nuorisotalo, Ajurinaukio 5, 00750 Helsinki

कार्यक्रमका प्रमुख अंशहरू
✅ टेन्डर प्रणाली र आवेदन प्रक्रियाबारे विशेषज्ञ सत्र
✅ नेपाली उद्यमीहरूको परिचय तथा सहकार्य सत्र
✅ नेटवर्किङ र अनुभव आदान–प्रदान
✅ “NRN Entrepreneurs Circle Finland” सम्भावित घोषणा
✅ उद्यमशीलता विषयमा सांसद MP Eveliina Heinäluoma द्वारा छोटो मुख्य सम्बोधन प्रस्तुत गरिनेछ

🤝 सहभागी कसले हुन सक्छ?
फिनल्याण्डमा व्यवसाय सञ्चालन गरिरहनु भएका सबै नेपाली उद्यमीहरू

📧 विद्युत सञ्चारमार्फत: info@nrna.fi
📞 अध्यक्ष ,गैरआवासीय नेपाली संघ, फिनल्याण्ड — श्री योगेन्द्र संग्रौला — ०४४ ०२३ ३७७८


EVENT DETAILS

NRN Finland warmly invites all Nepalese-origin entrepreneurs in Finland to an inspiring networking evening!

This event aims to bring together Nepalese business owners operating in Finland, introduce each other's products and services, and explore new opportunities for collaboration.

Business experts will also share practical insights on how to find and apply for government and city tenders in Finland.

📅 Date: 30 November 2025
🕔 Time: 17:00 – 20:00
📍 Venue: Tapulikaupungin Nuorisotalo, Ajurinaukio 5, 00750 Helsinki

Event Highlights:
✅ Expert session on Finnish tender system and application process
✅ Introduction & collaboration session among Nepalese entrepreneurs
✅ Networking and discussions among participants
✅ Announcement of the “NRN Entrepreneurs Circle Finland” initiative
✅ Keynote by MP Eveliina Heinäluoma on entrepreneurship

Who can participate:
Nepalese entrepreneurs currently operating businesses in Finland


📧 Email: info@nrna.fi
📞 अध्यक्ष, NRNA Finland — श्री योगेन्द्र संग्रौला — ०४४ ०२३ ३७७८
📞 Mr. Yogendra Sangroula, President, NRNA Finland — 044 023 3778

🇳🇵 हामी सबै मिलेर बनाऔँ — फिनल्याण्डमा नेपाली उद्यमीहरूको बलियो, सिर्जनशील र सहकार्यपूर्ण सञ्जाल!

Passport Ghumti Sewa

फिनल्याण्डको हेलसिन्कीमा घुम्ती सेवा उपलब्ध गराउने सम्बन्धी सूचना 📢

नेपाली राजदूतावास, कोपेनहेगनले यस दूतावासको कार्यक्षेत्रमा रहेका नेपालीहरूलाई सकभर सोही मुलुकमा गई राहदानी लगायतका सेवा प्रदान गर्ने योजना बनाए अनुरूप यही १४ नोभेम्बरदेखि १६ नोभेम्बर २०२५ तारिखका दिनहरूमा फिनल्याण्डको हेलसिन्कीमा विद्युतीय राहदानी आवेदन संकलन तथा मिति १७ नोभेम्बर २०२५ मा कन्सुलर सेवा दिने गरी सेवा उपलब्ध गराउने भएकोले आवश्यकता अनुसार सेवा लिनु हुन अनुरोध गरिन्छ।

  • 📅 मिति: १४ नोभेम्बरदेखि १७ नोभेम्बर २०२५
  • 🕘 समय: बिहान ९:०० बजेदेखि बेलुका १८:०० बजे सम्म
  • 📍 स्थान: Ravintola Chautari, Koskelantie 5, 00610, Helsinki

सेवाहरू

  • 📄 E-passport Application: १४–१६ नोभेम्बर २०२५
  • 📝 कन्सुलर सेवा: १७ नोभेम्बर २०२५
  • 🌐 NRNA सदस्यता दर्ता (Be part of Nepal’s Global Community): सदस्य बन्नुहोस् 🌍

कन्सुलर सेवाका लागि सम्पर्क

  • दूतावासका तर्फबाट: श्री अमृत लोप्चन, तृतीय सचिव 📞 +45 7163 9456
  • फिनल्याण्डका तर्फबाट:
    • श्री योगेन्द्र संग्रौला, अध्यक्ष, NRNA Finland — 📞 044 023 3778
    • श्री पारस शर्मा, महासचिव, NRNA Finland — 📞 044 987 6773

राहदानी आवेदन दिने प्रक्रिया

  1. अनलाइन फाराम भर्ने: दूतावासको वेबसाइटमा गएर राहदानी आवेदन फाराम भर्नुहोस्। आवेदन दिने स्थानमा “Helsinki” उपलब्ध नहुने भएकाले “NE, Copenhagen” रोज्नुहोस्।
  2. मिति छनोट गर्ने: फाराम भर्ने प्रयोजनका लागि १५ वा १६ नोभेम्बर २०२५ को मिति चयन गर्नुहोस्। समय व्यवस्थापनका लागि माथि उल्लिखित NRNA प्रतिनिधिहरूसँग सम्पर्क गर्नुहोस्।
  3. दोहोरो फाराम नभरिने: एउटै व्यक्तिले दुईपटक फाराम नभरौं — दोहोरो आवेदन अस्वीकृत हुन सक्छ।
  4. फाराम रुजु (Verification): फाराम पूरा भएपछि बारकोड सहितको फाराम डाउनलोड गर्नुहोस् र eoncopenhagen@gmail.com मा पठाउनुहोस्। सामान्यतया दुई कार्य दिनभित्र इमेलमार्फत रुजु भएको जानकारी आउनेछ।
  5. राजस्व तिर्ने: रुजु भएपछि राजस्व बैंकमार्फत पठाई इमेलमा विवरण पठाउनुहोस्। राजस्व १२ नोभेम्बर २०२५ भित्र पठाइसक्नुपर्नेछ।

महत्वपूर्ण सूचना ⚠️

  • सेवाग्राही धेरै हुने भएकाले आवेदन सच्याउन कठिन हुनेछ।
  • फाराम ध्यानपूर्वक भर्नुहोस् र उच्च गुणस्तरका कागजात अपलोड गर्नुहोस्।
  • त्रुटि भएमा पुनः राजस्व तिरेर आवेदन दिनुपर्ने हुन सक्छ।