वार्षिक प्रतिवेदन प्रस्तुत

मन्तब्य राख्दै अध्यक्ष श्रेष्ठ

NRNA फिनल्याण्डको वार्षिक प्रतिवेदन यहि सेप्टेम्बर २५ मा साधारण सदस्यहरुबीच प्रस्तुत गरिएको छ। बर्षभरि आयोजना गरिएका कार्यक्रम र तिनका उपलब्धिका बारेमा प्रतिबेदन पस्तुत गर्नुका साथै भावी कार्यक्रमको बारेमा जानकारी दिईएको थियो। अध्यक्ष बालकृष्ण श्रेष्ठद्वारा स्वागत मन्तब्यबाट सुरु भएको उक्त बैठकमा महासचिब सिजन श्रेष्ठले बर्षभरिका कार्यक्रमको संक्षिप्त समीक्षा पेश गर्नुभएको थियो। महासचिब श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन सम्पूर्ण साधारण सदस्यहरुलाई ईमेल मार्फत पठाईएको पनि जानकारी दिनुभएको थियो। भगिनी संस्था Women Forum का क्रियाकलापको बारेमा प्रतिज्ञा खनालले रिपोर्ट प्रस्तुत गर्नुभएको थियो। त्यसैगरि, कोषाध्यक्ष टेकेन्द्र तिम्सिनाद्वारा वर्षभरि भएका आर्थिक कारोबारहरुको प्रतिबेदन पेश गरिएको थियो।

फिनिश विदेश मन्त्रालय र फिनल्याण्डबाट नेपाल फर्किएका नेपालीबीच समन्वय र अन्य कार्यक्रमको बारेमा सदस्य बसन्त गौतमले प्रकाश पार्नुभएको थियो। भावी कार्यक्रमहरुका बारेमा छोटकरीमा जानकारी दिंदै सचिब भुवन पोखरेलले कार्यक्रमको अन्त्य गर्नुभएको थियो।
भेलामा NRN Finland का स्थापनाकालिन व्यक्तित्वहरु शम्भुप्रसाद साह तथा ब्योमा ताम्राकारको पनि उपस्थिति रहेको थियो। उक्त अवसरमा संस्थाको काम कारवाही तथा नीतिगत बिषयमा प्रतिक्रया र सुझाबहरु आदानप्रदान समेत भएको थियो।

श्री जन्मभूमि प्रा.बि.को पुनर्निर्माण सम्पन्न

रामेछाप जिल्लाको भीरपानी ३, आँपचौरस्थित श्री जन्मभूमि प्राथमिक बिद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ| महाभूकम्पमा परि बिद्यालय पूर्ण रुपले भत्किएको थियो| NRNA फिनल्याण्डको संयोजकत्वमा सम्पूर्ण फिनल्याण्डबासि नेपालीको सहयोगमा संकलित रकमले उक्त पुनर्निर्माण सम्पन्न भएको हो| भवन acheterdufrance.com अभावमा बिध्यार्थीहरु खुला चौर तथा रुखको फेदमा पढ्न बाध्य थिए| स्थानीय स्रोतबाट चलेको उक्त बिद्यालयमा सरकारी तवरबाट निर्माण सहयोग प्राप्त नभएपछि बाह्य सहयोग जुटाउन पहल भएको थियो| NRNA फिनल्याण्डलाई प्राप्त थुप्रै प्रस्ताबहरुमध्य उक्त बिद्यालय निर्माणको प्रस्ताव बढी सान्दर्भिक देखिएकोले २०१५ का कार्यक्रमबाट उठेको रकम स्कुल निर्माणमा पठाउने निर्णय भएको थियो | ‘रन फर च्यारिटी’ नामक दौड प्रतियोगिताबाट उठेको रकममा केहि थप गरि कूल ६००० युरो बिद्यालय ब्यबस्थापन समितिलाई हस्तान्त्रण गरिएको थियो| received_10153451774101373

नवनिर्मित श्री जन्मभूमि प्रा.बि.

फिनल्याण्डबाट पठाईएको रकमका साथै ३० प्रतिशत जति स्थानीय जनश्रमदानबाट जुटाइएको निर्माण समितिका अध्यक्ष श्री छत्रबहादुर मोक्तानले जानकारी दिनुभयो| बिद्यालयका लागि काठ तथा अन्य फर्निचर सामुदायिक बन समितिबाट प्राप्त भएको थियो| बिध्यालय निर्माण केहि महिनाअघिनै सम्पन्न भएर पठनपाठन सुरु भएपनि औपचारिक उद्घाटन २०६२ श्रावणमा गरिएको थियो| उद्घाटन कार्यक्रममा NRNA फिनल्याण्डका अध्यक्ष श्री बालकृष्ण श्रेष्ठले निर्माण कार्य सोचेभन्दा धेरै छिटो सम्पन्न भएको र रकमको सहि सदुपयोग भएको भन्दै सन्तुष्टि व्यक्त गरेका थिए| निर्माण समिति अध्यक्ष श्री मोक्तानले सम्पूर्ण फिनल्याण्डबासि नेपालीलाई धन्यबाद ज्ञापन गरेका थिए| उद्घाटनको भिडियो क्लिप यहाँ हेर्न सकिन्छ- Ramechhap School project.

हरेक बर्ष निश्चित कार्यका लागि रकम जुटाउने उद्देश्यका सहित हेलसिन्कीमा मैत्रीपूर्ण दौड प्रतियोगिता आयोजना गरिंदै आएको छ| यस अघि ‘रन फर च्यारिटी’ नाम दिएर आयोजना गरिंदै आए पनि यस बर्षदेखि ‘रन फर नेपाल’ नाम दिएर अँझ बृहत बनाउन लागिएको हो| ‘रन फर नेपाल २०१६’ सम्बन्धि थप जानकारी हाम्रो फेसबुक इभेन्ट पेजमा पाउन सकिन्छ|