स्वयंसेवक टोलीको गतिबिधि

बैशाख १२ को विनासकारी भूकम्पपछि फिनल्याण्ड लगायत विदेशमा बस्ने धेरै नेपालीहरुको चासो र चिन्ता बढेको थियो | सहयोग रकम उठाउने देखि लिएर आँफै नेपाल गई पीडितहरुलाई सेवा गर्ने क्रम पनि लगत्तै सुरु भयो | त्यहि क्रममा फिनल्याण्डबाट पनि बिध्यार्थी र पेशाकर्मीहरुको एक समूह नेपाल जान तत्पर भयो | धेरै नेपाली साथिभाइ तथा शुभचिन्तकहरुबाट पकेट खर्च, औषधि, यातायात आदिको लागि सजिलो होस् भनेर व्यक्तिगत सहयोग समेत जुटाई ११ जनाको समूह नेपालका ४ जिल्लामा बिभिन्न गतिबिधिमा संलग्न भए | http://www.cialispharmaciefr24.com/cialis-online-france/ गोरखा, सिन्धुपाल्चोक, ललितपुर र नुवाकोटका बिकट गाबिसहरुमा खटिएर स्वास्थ्य जांच, त्रिपाल वितरण, खाद्यान्न वितरण लगायतका गतिबिधि सम्पन्न गरे | टोलीको नेतृत्व एनआरएन फिनल्याण्डका सदस्य भुवन पोखरेलले गरेका थिए |

IMG_20150507_082957

 

 

 

 

 

 

 

आर्थिक विवरण र गरिएको कामको नालीबेली अंग्रेजी भर्सनमा यहाँ छ :  Earthquake volunteering report-revised

 

 

 

हामी नेपाली द्वारा क्रिकेट प्रतियोगिता गरिदैं |

सिन्धुपालचोक जिल्लाको भुकम्म्प प्रभावित क्षेत्रका पिडितहरुको सहयोगार्थ आयोजना गर्न लागिएको यस हेल्प नेपाल क्रिकेट कप २०१५ मा ‘हामी नेपाली’ सबैलाइ हार्दिक स्वागत गर्दछ | ‘ हामी नेपाली’ एउटा कुनै नँया संस्था नभईकन फिनल्याण्डमा बसोबास गर्नुहुने सम्पूर्ण नेपालीहरुलाई प्रतिनिधित्व गर्ने एउटा अभियान हो | यस क्रिकेट प्रतियोगिताबाट संकलन हुने सम्पूर्ण आर्थिक सहयोग हेल्प नेपाल नेटवर्क मार्फत सिन्धुपालचोक जिल्लाको भुकम्म्प प्रभावित क्षेत्रको उत्थानको लागि

प्रयोग गरिने जानकारी गराऊछौं |

हालसालै नेपालमा घटेको भूकम्पका कारणले गर्दा हेल्प नेपाल नेटवर्कका संस्थापक श्री रबिन्द्र मिश्र ज्युको अनुपस्थितिको जानकारी गराउन चाहन्छौ | यस बाबजुद पनि यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नहुने सम्पूर्ण सहयोगदाताहरुलाई हार्दिक धन्यवाद दिंदै अन्य सहयोगदाताहरुबाट थप आर्थिक सहयोगको आशा गर्दछौं |
|

web1प्रतियोगिता प्रायोजन शुल्क : ५०० यूरो
प्रतियोगिता सह प्रायोजन शुल्क : ३०० यूरो

प्रायोजन सम्बन्धि जानकारीको लागि सम्पर्क :

संजय भण्डारी ०४५१६९४४३३
कृष्ण के.सी ०४००८६५०२५
ब्योमा ताम्राकार ०४०७२२७४९१
सुदीप भुषण अर्याल ०४४२१८९२८९

तद अनुसार १३ जुन २०१५ मा आयोजना गर्न लागिएको यस प्रतियोगितामा ८ क्रिकेट टोलीका १२० खेलाडीले भाग लिनेछन् |

प्रथम पुरस्कार : ट्रफी तथा नगद पुरस्कार
दित्तीय पुरस्कार : ट्रफी तथा नगद पुरस्कार र अन्य बिबिध पुरस्कार

महत्वपूर्ण मीतिहरु :

दर्ता शुल्क तिर्ने अन्तिम मीति : २५ मे २०१५ (25th May 2015)
टिम दर्ता शुल्क : २०० यूरो

प्रतियोगिताका नियम र खेलाडी बिबरण फारमका लागि कृपया तलको लिंक क्लिक गर्नुहोला !
प्रतियोगिताका नियमहरु