रौतहटको सन्तपुर वस्ती निर्माण गर्न धुर्मुस सुन्तलि फाउण्डेशनलाई फिनल्याण्डबाट सहयोग

11/15/2017

फिनल्याण्डमा सकृय विभिन्न संघ संस्थाहरुले धुर्मुस सुन्तलि फाउण्डेसनद्वारा निर्माणाधीन सन्तपुर वस्ति निर्माणर्थ ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग प्रदान गरेका छन् । फिनल्याण्डबाट सहयोग गर्ने संस्थाहरुको तर्फबाट एनआरएन फिनल्याण्डबाट बालकृष्ण श्रेष्ठ र फिन्नीस नेपाली समाजको तर्फबाट मुकुन्द भण्डकारीले फाउण्डेशनको कार्यालय पुरानो बानेश्वरमा गई सो रकम हस्तानान्तरण गरेका हुन् ।
फाउण्डेशनलाई प्रदान गरिएको रकम गत अगष्टमा तराईमा आएको बाढि र डुवान प्रभावितहरुका लागि संकलित रकमबाट बचेको रकम हो । सो समयमा १९ लाख ४२ हजार ४१ रुपैयाँ संकलन गरि नेपाल पठाईएकोमा महोत्तरीको मनहरामा गरिएको राहत सामाग्री वितरणमा १२ लाख ७५ हजार १ सय ३६ खर्च भएको थियो । धुर्मुस सुन्तलि फाउण्डेशनद्वारा निर्माणाधीन वस्ति समेत बाढी प्रभावितहरुका लागि तयार हुदै गरेको तथा वस्ति निर्माणमा धुर्मुस सुन्तली फाउण्डेसनले आर्थीक कठिनाई भोगिरहेको समाचार आईरहेका अवस्थामा बचत भएको रकम ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ फाउण्डेसलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

एनआरएनए को आठौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय साधारण सभा काठमाडौंमा सुरु

-चिरञ्जीवी चापागाईं

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय साधारण सभा आजदेखि काठमाडौंमा सुरु भएको छ ।
काठ्माण्डौ स्थीत ह्यात होटलमा सुरु सभाको उद्घाटन एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ । सम्मलेनको उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रपति भण्डारीले संविधान निर्माण पश्चात देश आर्थिक समृद्धिको बाटो उन्मुख भई लगानिको वातावरण तयार भएको भन्दै नेपालमा लगानि बढाउन गैर आवासीय नेपालीहरुलाई आह्वान गर्नुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पपछिको पुन:निर्माण र बाढीपहिरो पिडीतको राहत र उद्धारमा एनआरएनएले खेलेको भूमिकाको प्रसंशा गर्नुभयो ।
उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीका साथै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, बर्तमान अध्यक्ष शेष घले लगायत सहभागि हुनुुहुन्थ्यो । सम्मेलनमा ७० भन्दा बढी देशका २ हजार बढी प्रतिनिधि सहभागी छन् । ३ दिनसम्म चल्ने सम्मेलनले २०१७–२०१९ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
सम्मेलनमा भोलि बन्दसत्र र पर्सि नयाँ नेतृत्वका लागि निर्वाचन हुने एनआरएनले जानकारी गराएको छ । संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा जमुना घले, भवन भट्ट र टीबी कार्कीको उम्मेदवारी दिएका हुन । संघका अन्य पदाधिकारीहरु पनि निर्वाचनमार्फत नै चुनिनेछन् ।