गैर आवासिय नेपाली संघ फिनल्याण्डको पाँचौ साधारणसभा सम्पन्न

गैर आवासिय नेपाली संघ फिनल्याण्डको पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । राजधानी हेलसिन्किस्थित हेर्तोनियमि चर्चमा सम्पन्न सभाले बसन्त गौतमको अध्यक्षतामा १५ सदसिय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । नयाँ कार्यसमितिले २०१७–२०१९ का लागि संस्थाका गतिविधिहरु सञ्चालन गर्ने छ ।
सुदिप भुषण अर्यालको सभापतित्वमा सम्पन्न सभाले निबर्तमान अध्यक्ष बालकृष्ण श्रेष्ठलाई गैरआवसिय नेपाल संघ अन्तराष्ट्रिय समन्वय समितिका लागि फिनल्याण्ड प्रतिनिधिको जिम्मेवारीका लागि प्रस्ताव गर्‍यो । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा श्रवण खनाल र बिनिता लामिछाने चयन हुनुभएको छ । त्यसैगरि कार्यसमितिको महासचिवमा प्रतिष्ठा मिश्र, सचिवमा गोकर्ण खरेल र कोषाध्यक्षमा टेकेन्द्र तिम्सिना चयन हुनुभएको छ । तिम्सिनाले अघिल्लो कार्यकालमा समेत कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । साधारणसभाले ममता थकालिलाई महिला प्रतिनिधि तोकेको छ । महिला प्रतिनिधि थकालिले एनआरएन महिला फोरम मार्फत महिलाहरुलाई संगठित गर्ने तथा एनआरएन फिनल्याण्डसंगको सहकार्यमा विभिन्न सामाजिक कार्यहरुको नेतृत्व गर्नुहुने छ । त्यसैगरि नारायण थापामगरलाई युवा संयोजकको जिम्मेवारी तोकेको छ । युवाहरुलाई सामाजिक कार्यहरुमा सरिक गराउन पहल गर्नु तथा खेलकुद गतिविधिहरुलाई संयोजन गर्नु संयोजक मगरको जिम्मेवारी रहनेछ । कार्यसमितिका सदस्यहरुमा गोपाल अर्याल, सुरेन्द्र अधिकारी, चिरञ्जीवी चापागाईं , अर्मन क्षेत्री, जानकि प्रसाद कोईराला, सान्तोष पन्त र प्रज्वल अर्याल निर्वाचित हुनुभएको छ ।
गैर आवासिय नेपाली संघ फिनल्याण्डका संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक डा.शम्भु प्रसाद शाहले नवनिर्वाचित सदस्यहरुको घोषणा गर्दै निर्वाचित कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना ब्यक्त गर्नुभयो । निर्वाचन समितिका अन्य सदस्यहरुमा डा. भवानि चम्लागाई, विनास तिम्सिना, सुशिल गौतम र सरस्वती न्यौपाने हुनुहुन्थ्यो । गैरआवसिय नेपाल संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य देविदत्त शर्माले निर्वाचनको पर्यवेक्षण गर्नुभएको थियो । सभामा निबर्तमान कार्यसमितिका सचिव भूवन पोखरेलले २०१५–२०१७ को कार्यप्रगति विवरण, अध्यक्ष बालकृष्ण श्रेष्ठले भावि कार्ययोजना तथा कोषाध्यक्ष टेकेन्द्र तिम्सिनाले आर्थिक प्रतिवेदनहरु पेश गर्नुभएको थियो । सभामा उपस्थित साधारण सदस्यहरुले संगठन, संस्थाका गतिविधि लगायतका विषयमा सुझावहरु दिएका थिए । सभाले संस्थाका आगामि निर्वाचनहरुमा एक जना महिला उपाध्यक्ष अनिवार्य हुने गरि ब्यवस्था गर्ने निर्णय पनि गरेको थियो । गैर आवासिय नेपाली संघ फिनल्याण्डले फिनल्याण्डमा रहेका नेपाली समुदायलाई लक्षीत गरि विभिन्न सामाजिक–सांकृतिक गतिविधि गर्नुका साथै नेपालमा समेत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

नयाँ कार्यसमितिका लागि उम्मेद्वारी आव्हान

एन.आर.एन.ए. फिनल्याण्डको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रकृया सुरु भएको छ। यसका लागि एक निर्वाचन समिति गठन गरि प्रकृया अघि बढाईएको हो। स्वतन्त्र व्यक्तित्वहरु डा. शम्भुप्रसाद साह, डा. भवानी चम्लागाई, शुशिल गौतम, बिनास तिम्सिना तथा सरस्वति न्यौपानेसमेतको ५ सदस्यीय निर्वाचन समितिले नयाँ कार्यसमितिका विभिन्न पदको लागि दरखास्त आव्हान गरेको छ। उम्मेद्वारी आव्हान, निर्वाचन आचारसंहिता तथा निवेदन फारम गरि ३ वटा दस्तावेज समितिले सार्वजनिक गरिसकेको छ। यहि जुन ३ हुने वार्षिक साधारण सभामा बिध्यमान समितिको वार्षिक कार्यविबरण तथा नयाँ कार्यसमितिको चयन समेत गरिनेछ। vote
१७ सदस्यीय एन.आर.एन.ए. कार्यकारी समितिको पदावधि २ वर्षको हुने गर्दछ। (बिद्यार्थी बाहेकको) जुनसुकै स्थायी भिषामा लगातार २ वर्ष फिनल्याण्डमा बसोबास गर्ने नेपाली मुलका व्यक्ति यसमा सहभागी हुन पाउने प्राबधान रहेको छ। यस सम्बन्धि थप जानकारी निर्वाचन समितिको फेसबुक पेजबाट पाउन सकिन्छ।
निर्वाचनसम्बन्धि विभिन्न दस्तावेज यहाँ उपलब्ध छ –
१. निर्वाचनसम्बन्धि सम्पूर्ण जानकारी एवं  उम्मेद्वारी आव्हानपत्र
२. उम्मेद्वारी दरखास्त फारम
३. निर्वाचन सम्बन्धि आचारसंहिता

पछिल्ला जानकारी एवं सोधपुछका लागि- निर्वाचन समितिको फेसबुक पेज