एनआरएनए फिन्ल्यान्ड ब्याडमिण्टन प्रतियोगिता २०२३

आदरणिय सबैमा नमस्कार नमस्कार ! 🙏🏽
सधाझै यो बर्ष पनि एन आर एन ए फिन्ल्यान्ड्ले ब्याडमिण्टन प्रतियोगिता २०२३ यही आउदो 🗓️ मे १३ तारिख शनिबारको दिन बिहान ११:३० देखि बेलुका १८:०० बजे सम्म आयोजना गर्न गइरहेको जानकारी गराउन चाहन्छौ।🎉

नोट : 📌
१) खेलमा भागलिन ईच्छुक सहभागीहरुले ९ मे २०२३ 🗓️सम्म फाराम भर्न सक्नुहुनेछ।
https://forms.gle/zKfFiPnFP8Dy3R8f8
२) प्रवेश शुल्क बुझाई सक्नुभएका तर उल्लेखित मितिमा खेल्न असमर्थ खेलाडीहरुको प्रवेश शुल्क उक्त मिति भन्दा २४ घण्टा अगाडी जानकारी गर्नुभएमा फिर्ता गरिने छ। प्रवेश शुल्क फिर्ता लिनको लागि आयोजकसंग सम्पर्क गर्नुहोला (☎️0456489705) अथवा सहभागीले एनआरएनए फिनल्याण्डलाई उक्त रकम सहयोग स्वरुप प्रदान पनि गर्न सक्नु हुनेछ।

महत्वपूर्ण जानकारीहरु : 🚨
१) यो प्रतियोगीताका खेलहरु १ खेलाडी vs १ खेलाडी हुनेछन।
२) प्रतियोगीताका विधा
* महिला खुल्ला
* महिला अण्डर १६,
* पुरुष खुल्ला,
* पुरुष अण्डर १६
३) अण्डर १६ विधामा जन्ममिति सन २००७ मे वा सो भन्दा पछि भएकोहरुले भाग लिन सक्नेछन भने खुल्ला प्रतिस्पर्धामा जो सुकैले प्रतिस्पर्धा गर्न सक्नेछन।
४) यस प्रतियोगीतामा फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायका सम्पूर्ण सदस्यहरुले सहभागीता जनाउन सक्नेछन।
५) प्रतियोगीतामा सहभागी हुनको लागि माथि उल्लेखित ‘प्रतियोगीता सहभागीता फारम’ भरेर तोकिएको मिति भित्र अनलाईनमा बुझाउनु पर्नेछ र
६) सहभागीता पक्का गर्नको लागि सहभागीता शुल्क तोकिएको मिति भित्र यो पोस्टको अन्तिममा राखिएको विवरण सहित एन आर एन ए को खाता मा जम्मा गर्नु पर्ने छ ।
७ ) खेलका बिजेता र उपबिजेताहरुलाई प्रमाणपत्र, ट्रफी, र मेडल प्रदान गरिनेछ।
८ ) प्रतियोगीता knock – out सिस्टममा खेलाइने छ। एक खेलमा बढिमा ३ सेट हुनेछन् र प्रत्येक सेट १५ अंकका रहनेछन्।
९ ) प्रतियोगीतामा racket प्रतियोगीहरुले आफै व्यवस्था गर्नु पर्नेछ। प्रतियोगीता indoor hall मा खेलिने भएको हुदा indoor जुत्ता प्रतियोगीहरुले आफै व्यवस्था गर्नु पर्नेछ। Outdoor जुत्ता लगाएर खेल्न पाइने छैन।
१०) प्रतियोगितामा सेतो रंगको नाइलनको कर्क, Yonex Mavis २००० अथवा सो सरहको कर्क प्रयोग गरिनेछ।
११) प्रतियोगीताको खेल तालिका १२ मे २०२३ मा सार्बजनिक गरिनेछ।

नियम सम्बन्धित जानकारीहरु : 📎
१) सेटको पहिलो सर्विस टस अथवा आपसी सहमतिमा निर्धारण गरिने छ।
२) अर्को सेटमा भने अघिलो rally मा अंक प्राप्त गरेको व्यक्तिले सर्विस गर्नेछ।
३) प्रत्येक सर्विसपछि एक अंक गणना गरिनेछ, उक्त अंक जारि rally जित्नेको तर्फ़ जोडिने छ।
४) जसको १५ अंक पहिले पुग्दछ त्यसले उक्त सेट जितेको मानिनेछ, तर दुवैको १४ – १४ अंक भएको अबस्थामा भने जसले २ अंकको अग्रता गर्छ त्यसैले जितेको मानिनेछ।
५) खेलको शुरुमा ०-० अंक को अबस्थामा सर्विसगर्ने को अंक जोर अंक रहेको मानिनेछ त्यसैले सर्विस गर्नेले आफ्नो दाहिने तर्फको भागबाट सर्विस गर्नु पर्नेछ र बिपक्षीको तर्फको कोर्टमा सर्विस गर्नेको देब्रे भागमा कर्क खसाउनु पर्नेछ।
६) खेल अबधि भरि बिजोर अंक हुदा देब्रे भाग र जोर अंक हुदा दाहिने भागबाट सर्विस गर्नुपर्नेछ। अन्य नियमहरु जान्नको लागि यो क्लिक http://www.worldbadminton.com/rules/ गर्नुहोला।
७) थप ‘सर्विस’ र ‘foul ‘ का प्रचलित नियम अनुसार रेफ्रीले निर्णय लिनेछन। नियम सम्बन्धित बिबाद भएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ।
सहभागिता यहाँ बाट जनाउनुहोस 📇https://forms.gle/zKfFiPnFP8Dy3R8f8
खाता विवरण
खेल शुल्क: १७ यूरो
एकाउण्ट : FI62 1745 3000 0865 30
बेनिफिसिएरी : Non-Resident Nepali Association, Finland
म्यासेज: Badminton23

थप जानकारीको लागि एन आर एन ए को आधिकारिक फेसबुक पेजमा म्यासेज गरि वा इभेन्ट पेज मा कमेन्ट गरि सम्पर्क गर्न सक्नुहुनेछ । त्यसको अलावा निम्न लिखित प्रतिनिधि हरुसंग सम्पर्क राख्न सक्नुहुनेछ ।

🙆‍♂️
Nirusha Khatri – 0449766399
Kalyan Giri – 0456489705

आयोजक
एनआरएनए फिनल्याण्ड खेलकुद समीति
एनआरएनए फिनल्याण्ड

COVID-19 महामारीको विद्यार्थीलाई असर बारे छलफल हुने बारे

Source canadianunderwriter

महामारीको कारणले गर्दा नेपाली विद्यार्थी वर्ग आंशिक रोजगारी गर्ने अवसरबाट वञ्चित भई विश्वविद्यालयको शुल्क तिर्न भएको असुविधाबारे सबैमा जानकारी छदैछ । यही समस्यालाई समस्यलाई अझ राम्ररी पहिचान गर्न तथा सम्भावित समाधानबारे छलफल गर्न हाल फिनल्याण्डमा बसी शुल्क तिर्दै अध्ययन गरीरहनुभएका सम्पूर्ण विद्यार्थी वर्गलाई एनआरएनए फिनल्याण्ड २१ सेप्टेम्वर २०२० साँझ १८ देखि १९ अनलाइन बैठकमा आमन्त्रण गर्दछ । कृपया तल राखिएको लिंकमा गई आफ्नो सहभागिता निश्चित गर्नुहोला ।

अनलाइन वैठकमा हामी छात्रवृत्ति, जागिर, भूतपुर्व विद्यार्थीहरुको अनुभव साट्ने तथा एनआरएनएले यस समस्यालाई मध्यनजर गर्दै लिएका पहलकदमीबारे छलफल गर्ने छौं । यस बैठकले समस्याको पूर्ण समाधान दिन नसके पनि विद्यार्थीहरुलाई सही सल्लाह, सुझाव र आफ्नो अध्ययनलाई निरन्तरता दिने प्रेरणा दिनेछ भन्ने आशा लिएका छौं ।

सहभागिताका लागि तलको लिंकमा गई आफ्नो विवरण भर्नुहोला । हामी वैठक मिति भन्दा लगभग एक हप्ता अगाडि बैठक बारे अतिरिक्त विवरणका साथ इमेल मार्फत सहभागीहरुलाई खवर गर्ने छौं ।

आर्थिक समस्या व्यवस्थापन सम्बन्धी जानकारीहरू

यो जानकारीमूलक लेख कोरोना भाइसरले निम्त्याएको संकटको समयमा तपाईहरुको केही आर्थिक समस्याहरू व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयवस्तुमा आधारित छ । बिल तिर्न नकस्ने स्थितिमा के गर्ने < पैसाको समस्या पर्दा समस्या व्यवस्थापनको लागि सल्लाह सुझाव लिन कता जाने < यो लेख उल्लेखित प्रश्नहरूमा केन्द्रित रहेको छ । तसर्थः अहिलेको समयमा यी जानकारीहरू महत्वपूर्ण हुन सक्दछ ।

यदि तपाई आफ्नो बिल तिर्न सक्नुहुन्न भने तुरुन्त बिलको प्रेषकलाई सम्पर्क गर्नुहोस् । तपाई प्रायः बिल तिर्ने अन्तिम मितिको म्याद थपको लागि अनुरोध गर्न सक्नुहुनेछ । तपाईलाई सजिलो तरिका भनेको फोन गर्नु, आफै इमेल लेख्नु नै हो । यदि आफूलाई फोन गर्न वा इमेल गर्न कठिनाई पर्‍यो भने नजिकको कसैसँग सहयोग लिन सक्नुहुनेछ । त्यस्तो अवस्थामा सामान्यतया ढिलाईको शुल्कः बिलमा थपिन्छ ।

यदि तपाईले दिइएको समय सीमा भित्र बिल तिर्नु भएको छैन र माथि भनेजस्तो अन्तिम म्याद थपको पहल पनि गर्नु भएन भने पहिले केही रिमाइण्डर बिलहरू आउनेछन र पछि तपाईलाई कलेक्सन एजेन्सीले बिल पठाउनेछ । यस्तो अवस्थामा तपाई तत्काल बिल तिर्न असमर्थ हुनुहुन्छ भने तुरुन्त कलेक्सन एजेन्सीलाई सम्पर्क गर्नुहोस् र बिलको लागि तिर्ने योजनाका लागि अनुरोध गर्नुहोस । यसो गर्दा तपाई आफ्नो बिल किस्ताबन्दीमा तिर्न पाउनुहुनेछ ।

यदि तपाईले बिल तिर्नु भएन वा तिर्ने योजनाको प्रवन्ध गर्नुभएन भने अन्ततः जिल्ला अदालतमा कार्यान्वयनमा जान सक्दछ । अदालतले पनि तपाईलाई एक पटक सम्पर्क गर्नेछ र आफ्नो बिल किस्ताबन्दीमा तिर्ने मौका दिन पनि सक्दछ । त्यो मौका पनि सदुपयोग गर्नु भएन भने तपाईको गैह्र–भुक्तानी रेकर्ड बन्नेछ । यस्तो रेकर्ड क्रेडिट रजिस्टरमा ४ (चार) वर्ष सम्मको लागि रहन सक्दछ । यसले धेरै कठिनाईहरू निम्त्याउछ, जस्तैः घरमालिकहरू र बैंकहरूले प्रायः रजिस्टरमा तपाईको क्रेडिट जानकारी जाँच गर्दछन् । यदि तपाईसँग यस्तो भुक्तानी नभएको रेकर्ड छ भने तपाईले भाडाको आवास, बैंक कर्जा वा क्रेडिट कार्ड प्राप्त गर्न सक्नुहुन्न । केही रोजगारदाताले पनि गैह्र–भुक्तानी रेकर्ड माग गर्न सक्दछन् ।

यदि तपाईलाई भाडा तिर्न कठिनाई भइरहेको छ भने आफ्नो घरबेटी संस्थालाई सम्पर्क गर्नुहोस् र भाडा तिर्नको लागि थप समय दिनुहुनको लागि अनुरोध गर्नुहोस् । यो पनि किस्ताबन्दीमा तिर्न सम्भव छ । अनुरोध गरेपछि घरबेटी संस्थाहरूले घर भाडामा केही छुट दिएको भन्ने कुरा पनि जानकारीमा आएको छ । तपाई पनि एक पटक आफ्नो समस्या राखेर अनुरोध गर्नुहोस् । हुनसक्छ तपाईले पनि त्यस्तो छुट पाउन सक्नुहुन्छ । तपाईले केलामा सम्पर्क गरेर आफ्नो घर भाडा तिर्न नसकेकोले आफुलाई सहयोग चाहिएको जानकारी गराउन सक्नुहुन्छ तर यो विद्यार्थी भिषामा भएकोहरूलाई अलिक गाह्रो हुन्छ ।

तपाई आर्थिक सुविधाहरू लिनको लागि योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको छिटो छिनोफानो गर्नुहोस् । किनकि बेरोजगारी भत्ता, घरभाडा, स्टडी भत्ता र स्टडी लोन जस्ता थुप्रै सहयोगहरू बारेमा बुझ्नलाई हिच्किचाउनु हुँदैन । यी सबै सुविधाहरू एकप्रकारले तपाईका अधिकार पनि हुन । सबैभन्दा पहिले आर्थिक सहायताका लागि बुझ्न जाने ठाउँ भनेको केला हो । तर तपाईले अन्य संस्थाहरूको बारेमा पनि बुझ्दा राम्रो हुन्छ ।

यदि तपाईले अरू कुनै आय वा सुविधा प्राप्त गर्न सक्नुहुन्न वा अन्य सुविधाहरूले आवश्यक खर्च पुरा गर्दैन भने मात्र आम्दानी सहायता पाइन्छ । यसमा तपाई केलाबाट आधारभूत आय सहयोगको लागि आवेदन दिन सक्नुहुन्छ । आवश्यक दैनिक खर्चको अर्थ खाना, कपडा, स्वास्थ्य सेवा र आवास, खेलकुद र मनोरञ्जन, बच्चाको हेरचाह लगायतका धेरै शिर्षकमा हुने खर्चहरू हुन् । यदि तपाई वा तपाईको परिवारलाई विशेष आवश्यकताको कारण धेरै खर्च भएको छ र तपाईले ती खर्चहरूको लागि आधारभूत आय समर्थन प्राप्त गर्न सक्नुहुन्न भने तपाईको नगरपालिका समाज कल्याण कार्यालयले निवारक आय समर्थन प्रदान गर्न सक्दछ । यदि तपाईलाई निवारक आय समर्थन चाहिन्छ भने तपाईको अनुरोधमा केलाले तपाईको नगरपालिकामा तपाईको निवेदन स्थानान्तरण गर्न सक्दछ । निवारक आय समर्थनको उद्देश्य मानिस आफैले आफैलाई व्यवस्थित गर्न र सामाजिक बहिष्कारबाट रोक्न मद्दन पुर्‍याउनु पनि हो ।

तपाईको धेरै बिलहरू र ऋणहरू तिर्न नसकेर थुप्रिएको छ भने Takuusäätiö नाम गरेको संस्थाले तपाईको सबै ऋण र बिलहरू मिसाएर एउटा ऋणको रुपमा परिवर्तन गर्न सहयोग गर्दछ । ग्यारेन्टी फाउन्डेसनले तपाईको सबै तिर्नको लागि लिने ऋणको लागि जमानी बसिदिने काम गर्दछ । ग्यारेन्टी फाउन्डेसनको यो ०८००९८००९ फोनमा फोन गर्दा पैसा लाग्दैन ।

त्यसैले अहिले संकटको समयमा बिल तिर्न समस्या छ भने माथि भने जस्तो आफ्नो बिललाई समयसीमा बढाएर कि किस्ताबन्दीको प्रवन्ध गरेर आफ्नो समस्या व्यवस्थापन गर्न सक्नुहुनेछ । भाडा तिर्न नसकेको अवस्थामा तपाई घरबेटी संस्था र सहयोग दिन सक्ने सम्बन्धित निकायमा खबर नगरी चुपचाप बस्नु भयो भने कुरा जटिल बन्दै जानेछ तसर्थः यहाँ उल्लेख गरिए जसरी अघि बढ्नु भयो भने तपाईले समस्या व्यवस्थापन गर्न सक्नुहुनेछ ।

धन्यवाद