एनआरएनए को आठौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय साधारण सभा काठमाडौंमा सुरु

-चिरञ्जीवी चापागाईं

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय साधारण सभा आजदेखि काठमाडौंमा सुरु भएको छ ।
काठ्माण्डौ स्थीत ह्यात होटलमा सुरु सभाको उद्घाटन एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ । सम्मलेनको उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रपति भण्डारीले संविधान निर्माण पश्चात देश आर्थिक समृद्धिको बाटो उन्मुख भई लगानिको वातावरण तयार भएको भन्दै नेपालमा लगानि बढाउन गैर आवासीय नेपालीहरुलाई आह्वान गर्नुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पपछिको पुन:निर्माण र बाढीपहिरो पिडीतको राहत र उद्धारमा एनआरएनएले खेलेको भूमिकाको प्रसंशा गर्नुभयो ।
उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीका साथै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, बर्तमान अध्यक्ष शेष घले लगायत सहभागि हुनुुहुन्थ्यो । सम्मेलनमा ७० भन्दा बढी देशका २ हजार बढी प्रतिनिधि सहभागी छन् । ३ दिनसम्म चल्ने सम्मेलनले २०१७–२०१९ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
सम्मेलनमा भोलि बन्दसत्र र पर्सि नयाँ नेतृत्वका लागि निर्वाचन हुने एनआरएनले जानकारी गराएको छ । संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा जमुना घले, भवन भट्ट र टीबी कार्कीको उम्मेदवारी दिएका हुन । संघका अन्य पदाधिकारीहरु पनि निर्वाचनमार्फत नै चुनिनेछन् ।

बाढीपीडितको सहयोगार्थ हेलसिन्किमा “रन फर नेपाल” सम्पन्न

बाढी तथा डुवान पीडितहरूको सहयोगार्थ गैरअवासीय नेपाली संघ फिनल्याण्डको आयोजनामा परोपकारी दौड आयोजना भएको छ । राजधानी हेलसिन्की स्थित माल्मी  एयरपोर्टमा भएको ५.८ कि. मी. दौडमा पुरुष १६ र सो भन्दा माथि र १६ बर्ष मुनि तथा महिला १६ र सो भन्दा माथि र १६ बर्ष मुनिका समुहहरुवीच दौड भएको थियो ।
बिभिन्न समुहहरुमा प्रथम द्वितीय र तृतीय हुने ब्यक्तिहरु निम्न हुनुहुन्छ ।
पुरुष १६ र सो भन्दा माथि
प्रथम: विजय बानियाँ
द्वितीय: सागर थापा
तृतिय: नीर कुमार मगर

पुरुष १६ बर्ष मुनि
प्रथम: सुदर्शन भण्डारी
द्वितीय:बिशाल भण्डारी
तृतिय: रितेश भण्डारी

महिला १६ र सो भन्दा माथि
प्रथम: सुनिता पुरी
द्वितीय: ब्योमा तम्राकार
तृतिय: लक्ष्मी शर्मा

महिला १६ बर्ष मुनि
प्रथम: युक्ता काफ्ले
द्वितीय: सारिका अधिकारी

प्रत्येक समूहका प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । दौडमा सहभागीहरुले परिवार तथा साथीहरूबाट सहयोग रकम संकलन गरेका थिए । कार्यक्रमबाट संकलित रकम बाढीपीडितहरुलाई राहत प्रदान गर्न खर्च गरिनेछ ।