श्री जन्मभूमि प्रा.बि.को पुनर्निर्माण सम्पन्न

रामेछाप जिल्लाको भीरपानी ३, आँपचौरस्थित श्री जन्मभूमि प्राथमिक बिद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ| महाभूकम्पमा परि बिद्यालय पूर्ण रुपले भत्किएको थियो| NRNA फिनल्याण्डको संयोजकत्वमा सम्पूर्ण फिनल्याण्डबासि नेपालीको सहयोगमा संकलित रकमले उक्त पुनर्निर्माण सम्पन्न भएको हो| भवन acheterdufrance.com अभावमा बिध्यार्थीहरु खुला चौर तथा रुखको फेदमा पढ्न बाध्य थिए| स्थानीय स्रोतबाट चलेको उक्त बिद्यालयमा सरकारी तवरबाट निर्माण सहयोग प्राप्त नभएपछि बाह्य सहयोग जुटाउन पहल भएको थियो| NRNA फिनल्याण्डलाई प्राप्त थुप्रै प्रस्ताबहरुमध्य उक्त बिद्यालय निर्माणको प्रस्ताव बढी सान्दर्भिक देखिएकोले २०१५ का कार्यक्रमबाट उठेको रकम स्कुल निर्माणमा पठाउने निर्णय भएको थियो | ‘रन फर च्यारिटी’ नामक दौड प्रतियोगिताबाट उठेको रकममा केहि थप गरि कूल ६००० युरो बिद्यालय ब्यबस्थापन समितिलाई हस्तान्त्रण गरिएको थियो| received_10153451774101373

नवनिर्मित श्री जन्मभूमि प्रा.बि.

फिनल्याण्डबाट पठाईएको रकमका साथै ३० प्रतिशत जति स्थानीय जनश्रमदानबाट जुटाइएको निर्माण समितिका अध्यक्ष श्री छत्रबहादुर मोक्तानले जानकारी दिनुभयो| बिद्यालयका लागि काठ तथा अन्य फर्निचर सामुदायिक बन समितिबाट प्राप्त भएको थियो| बिध्यालय निर्माण केहि महिनाअघिनै सम्पन्न भएर पठनपाठन सुरु भएपनि औपचारिक उद्घाटन २०६२ श्रावणमा गरिएको थियो| उद्घाटन कार्यक्रममा NRNA फिनल्याण्डका अध्यक्ष श्री बालकृष्ण श्रेष्ठले निर्माण कार्य सोचेभन्दा धेरै छिटो सम्पन्न भएको र रकमको सहि सदुपयोग भएको भन्दै सन्तुष्टि व्यक्त गरेका थिए| निर्माण समिति अध्यक्ष श्री मोक्तानले सम्पूर्ण फिनल्याण्डबासि नेपालीलाई धन्यबाद ज्ञापन गरेका थिए| उद्घाटनको भिडियो क्लिप यहाँ हेर्न सकिन्छ- Ramechhap School project.

हरेक बर्ष निश्चित कार्यका लागि रकम जुटाउने उद्देश्यका सहित हेलसिन्कीमा मैत्रीपूर्ण दौड प्रतियोगिता आयोजना गरिंदै आएको छ| यस अघि ‘रन फर च्यारिटी’ नाम दिएर आयोजना गरिंदै आए पनि यस बर्षदेखि ‘रन फर नेपाल’ नाम दिएर अँझ बृहत बनाउन लागिएको हो| ‘रन फर नेपाल २०१६’ सम्बन्धि थप जानकारी हाम्रो फेसबुक इभेन्ट पेजमा पाउन सकिन्छ|

अप्रील १० मा ‘मह-यात्रा फिनल्याण्ड’

यहि अप्रिल १०, आइतबारका दिन गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फिन्ल्याण्डले मह जोडीको बिशेष प्रस्तुती सहित साँस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ। मह जोडी लगायत अन्य ६ जना कलाकारहरुको प्रस्तुति रहने उक्त कार्यक्रम राजधानी हेलसिन्कीको ‘ग्लोरिया’ हलमा आयोजना हुन लागेको हो। नयाँ वर्ष २०७३ को अवसरमा मह-जोडीले फिनल्याण्ड लगायत युरोपका बिभिन्न मुलुकमा प्रस्तुति गर्दैछन। सोहि अवसरमा ‘मह-यात्रा फिनल्याण्ड’ तय गरि उक्त टोलीलाई हेलसिन्की आमन्त्रण गरिएको एन.आर.एन.ए ले जनाएको छ।
कला, संस्कृति र नेपालीपनलाई मायाँ गर्ने प्रबासी नेपालीको चाहना अनुरुप संघले बर्षैपिच्छे नेपालका ख्यातिप्राप्त कलाकार निम्त्याई कार्यक्रमहरु गर्ने गरेको छ। गत बर्ष यहि समयमा नायक राजेश हमाल, गायक बिबेक श्रेष्ठ तथा हिमाल सागरको टोलीले बिशेष प्रस्तुति दिएको थियो। हाल ‘मह यात्रा फिनल्याण्ड’ को टिकट धमाधम बिक्री भईरहेको तथा पारिवारिक/समूहगत रुपमा उपस्थित हुन चाहनेलाई बिशेष छुट पनि उपलब्ध गराइएको संघले जनाएको छ।
कार्यक्रमबाट संकलित रकम हाल संघको समन्वयमा जारी रहेको परोपकारी प्रोजेक्टमा खर्च गरिने जनाईएको छ। कार्यक्रममा नरेन्द्र कंसाकारको साथमा मह जोडीको रोमाञ्चक प्रहसन हुनेछ। प्रसिद्ध लोक तथा आधुनिक गायिका माण्डवी त्रिपाठी, व्यंग गायक यमन श्रेष्ठ तथा मोहित आचार्यको प्रस्तुति रहनेछ। कार्यक्रमका बारेमा थप जानकारी तथा पछिल्लो अपडेट NRNA इभेन्ट पेज ‘मह-यात्रा फिनल्याण्ड‘ मा हेर्न सकिनेछ।