Run for charity 2015 सम्पन्न

हरेक बर्षझैँ एनआरएन फिनल्याण्डले यस बर्ष पनि ‘रन फर च्यारिटी’ सम्पन्न गरेको छ | Malmi airport वरपरको करिब ६ किलोमीटर ट्रयाकमा गराइएको दौड प्रतियोगिता करिब ४ उमेरसमूहमा बाँडिएको थियो | उठेको सम्पूर्ण रकम नेपालमा भूकम्प पीडितहरुको सहयोगार्थ खर्च गरिनेछ | क्षतीग्रस्त संरचनाको पुनर्निर्माणको लागि कहाँ र कसरि सहयोग गर्न सकिन्छ भनेर सम्पूर्ण नेपालीलाई प्रस्ताव पेश गर्न आब्हान गरिएको छ | प्रतियोगिताबाट जम्मा भएको कूल रकम ४३१५.०० युरो उपयुक्त प्रस्ताव छनौट गरि तत्कालै पठाइने छ| उक्त दौड प्रतियोगिताको बृस्तित विवरण nepalfinland.net को यस लिंकमा उपलब्ध रहेको छ | http://nepalfinland.net/news/run-for-charity-helsinki-2015/ 

11113530_10153622374913216_1710392079582239042_o

स्वयंसेवक टोलीको गतिबिधि

बैशाख १२ को विनासकारी भूकम्पपछि फिनल्याण्ड लगायत विदेशमा बस्ने धेरै नेपालीहरुको चासो र चिन्ता बढेको थियो | सहयोग रकम उठाउने देखि लिएर आँफै नेपाल गई पीडितहरुलाई सेवा गर्ने क्रम पनि लगत्तै सुरु भयो | त्यहि क्रममा फिनल्याण्डबाट पनि बिध्यार्थी र पेशाकर्मीहरुको एक समूह नेपाल जान तत्पर भयो | धेरै नेपाली साथिभाइ तथा शुभचिन्तकहरुबाट पकेट खर्च, औषधि, यातायात आदिको लागि सजिलो होस् भनेर व्यक्तिगत सहयोग समेत जुटाई ११ जनाको समूह नेपालका ४ जिल्लामा बिभिन्न गतिबिधिमा संलग्न भए | http://www.cialispharmaciefr24.com/cialis-online-france/ गोरखा, सिन्धुपाल्चोक, ललितपुर र नुवाकोटका बिकट गाबिसहरुमा खटिएर स्वास्थ्य जांच, त्रिपाल वितरण, खाद्यान्न वितरण लगायतका गतिबिधि सम्पन्न गरे | टोलीको नेतृत्व एनआरएन फिनल्याण्डका सदस्य भुवन पोखरेलले गरेका थिए |

IMG_20150507_082957

 

 

 

 

 

 

 

आर्थिक विवरण र गरिएको कामको नालीबेली अंग्रेजी भर्सनमा यहाँ छ :  Earthquake volunteering report-revised