हेलसिन्कीमा ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाइने

मार्च महिनाको ८ गते, अर्थात अन्तर्राष्ट्रिय महिला दिवसको दिन NRNA Finland women’s forum ले बिभिन्न कार्यक्रम गरि मनाउने तयारी गरिरहेको छ | हेलसिन्कीमा पहिलोपल्ट आयोजना गर्न लागिएको यस कार्यक्रममा महिलाको उद्ध्यमशिलतालाई प्रबर्द्दन तथा प्रसार गरिने आयोजक कमिटिले जनाएको छ | साना तथा ठुलो लगानीमा नेपाली महिलाहरुले उत्पादन सुरु गरेका विभिन्न सामाग्रीहरु प्रदर्शनीमा हुनेछन | प्रचारप्रसार तथा उपयुक्त वाताबरण नपाएर फैलिन नसकेको साना ब्याबसाय तथा ब्याबसायिक सोचलाई बढावा दिने उपयुक्त थलोको रुपमा यस कार्यक्रम रहन सक्दछ | कार्यक्रम, सहभागी दर्शक तथा स्टल राख्न इच्छुक ब्याबसायी, दुबैलाई निशुल्क रहने छ | women day

पहिलोपल्ट आयोजना गर्न लागिए पनि प्रदर्शनीमा आफ्नो स्टल राख्नका लागि तत्पर महिला दिदिबहिनि तथा दाजुभाईहरुको सहभागिता उल्लेख्य रहने देखिन्छ | घरेलु हस्तकलाका सामग्री देखि फेशन, सिलाईबुनाई, गरगहना तथा त्यससंग सम्बन्धित बिभिन्न स्टल रहने छन | खाना तर्फ भने – पकौडा, सेलरोटी, योमरी, नेपाली स्वादका चिया तथा कफी, आदि रहने छन | यसैगरि कार्यक्रम स्थलमै नेपाली सांगीतिक परिचय, इच्छुकहरुको लागि निशुल्क नृत्य प्रशिक्षण, निशुल्क फोटो सेसन ( नेपाली परम्परागत पहिरनमा), आदि रहनेछन |
साना बालबालिका सहित आउनुहुने अविभाबकहरुलाई ध्यानमा राख्दै कार्यक्रम स्थलमा ‘बालबालिका स्टल’ समेत रहने छ, जसमा उनीहरुले कार्यक्रम अवधिभरि हाँसखेल गर्दै रमाइलो समय बिताउन पाउने छन् भने अविभावकले अन्य स्टलको मजा लिन सक्नेछन | यसैगरि, नेपालका लागि सकृय रुपमा कार्यरत गैर सरकारी संस्था ‘माया नेपाल’ को बिभिन्न जानकारीमुलक सामग्री समेत रहनेछ | बिभिन्न संस्था, व्यक्ति तथा समूहबाट सहभागिताको लागि बुकिंग गर्ने काम धमाधम भईरहेको छ | कार्यक्रम सम्बन्धि थप जानकारी र पछिल्लो अपडेटका लागि फेसबुक इभेन्ट पेज हेर्नु होला |

दिउँसो करिब १ बजे सुरु हुने कार्यक्रम ४:३० सम्म संचालन हुनेछ |

हेलसिन्कीमा ‘सांस्कृतिक साँझ २०१४’ हुने

NRNA फिनल्याण्डले यहिँ जनवरी १८, शनिबारका दिन ‘सांस्कृतिक साँझ’ आयोजना गर्ने भएको छ | नेपाली कला, संस्कृति र आफ्नोपनलाई जोगाईराख्नका लागि यस्ता कार्यक्रमहरु यसअघि पनि सम्पन्न हुँदै आएका थिए | तर नेपाली राष्ट्रिय कलाकारहरु सहितको टोलिले प्रस्तुत गर्न लागेको यो कार्यक्रम चाहिँ पहिलो हो |

चर्चित लोकदोहोरि गायक पशुपति शर्मा, गायिका रिता थापा मगर तथा नेपाली हाँस्यव्यंगका ‘आईकन’ मनोज गजुरेल कार्यक्रमको केहि दिन अघि फिनल्याण्ड आईपुग्नेछन् | उनीहरुले यसअघि पनि युरोपका बिभिन्न देशमा आफ्नो प्रस्तुती दिईसकेका छन् | ‘युरो टुर’ को यसै मौकामा NRNA फिनल्याण्डले कलाकारहरुलाई निम्त्याएको हो | पछिल्लो समयमा ज्यादै चर्चा कमाएको ‘मलाई अमेरिका यहि’ गीतका श्रस्टा पशुपति शर्माका धेरै ‘रोइला’ भाकाहरु प्रसिद्ध छन् | यसैगरि लोकगायिका रिता थापा मगर दोहोरि, चुड्का, तीज गीत तथा रोइला भाकाहरुमा जम्ने गर्दछिन | थापामगर र शर्माको रोइला भाका ‘यति बानि सुधार’ निकै लोकप्रिय छ | poster final

आफ्ना व्यंग्यमार्फत राजनैतिक र सामाजिक बेथितिहरु माथि कडा प्रहार गर्ने मनोज गजुरेल, कुनै नयाँ नाम होइन |  राजनैतिक बिकृतिमाथि प्रहार गर्न कहिले प्रचण्ड अनि कहिले पूर्वराजा ज्ञानेन्द्र बनेर धेरै ठाउँमा दर्शकहरु झुक्याएका गजुरेल, नेपाली आम जनताका भावना बोल्ने गर्छन | निरन्तर व्यंग्य पस्किरहने गजुरेलको केहि समयअघिको ‘फोटोकपि – नेपाल निर्देश’ भन्ने नयाँ नेपालको परिकल्पना अत्यन्त रुचाईएको थियो |

कार्यक्रमको सम्पूर्ण तयारी अहिले अन्तिम चरणमा पुगेको छ | फिनल्याण्डबासी सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु यस कार्यक्रमका लागि अत्यन्त उत्साहित रहेको पाईएको छ | बेलुकी ५ बजेबाट सुरु हुने कार्यक्रम करिब साढे ३ घण्टा चल्ने छ | कार्यक्रम सम्बन्धि बृस्तित विवरण फेसबुक इभेन्ट पेज मा उल्लेख गरिएको छ | कार्यक्रमको मुख्य उद्धेश्य मनोरन्जन रहेको र यसबाट हुने फाईदाको अंश फिन्ल्यान्डमा रहेका नेपालीको सहयोगको लागि निकट भविष्यमा खडा गरिने अक्षयकोष स्थापनामा खर्च गरिने उल्लेख छ |