NRNA भलिबल टुर्नामेन्ट सम्पन्न

फिनल्याण्डमा छरिएर रहेका नेपालीहरुलाई खेलकुदको माध्ययमद्वारा एकत्रित गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघ फिन्ल्याण्डले अगस्ट १२ र १३ तारिखमा भलिबल प्रतियोगिता आयोजना गरेको छ । संघले पहिलोपटक यस बर्षदेखि बालबालिकाहरुलाई समेत समेट्दै प्रतियोगिता आयोजना गरेको हो ।
पुरुष तर्फ फाईनलमा बेसक्याम्प समूहलाई पराजित गर्दै युनाईटेड क्लब बिजयी बन्न सफल भयो । महिला तर्फको खेलमा भने लोटस समुह बिजयी भयो । सनसाइन रनरअपमा नै सीमित रह्यो । यसैगरी जुनियर तर्फ सगरमाथा समूहले उपाधि चुम्यो । प्रतियोगितामा पुरुषतर्फ सुरज खरेल र महिलातर्फ सम्झना भण्डारी उत्कृष्ट खेलाडी घोषित भए । भलिबल प्रतियोगितामा पुरुषतर्फ ६, महिलातर्फ ४ र बालबालिकाहरुबाट २ गरी जम्मा १२ समूहले प्रतिस्पर्धा गरेका थिए ।

one
प्रतियोगिताका बिजयी समूहहरुलाई एनआरएन फिन्ल्याण्डका पदाधिकारीहरुले संयुक्तरुपमा पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा अध्यक्ष बालकृष्ण श्रेष्ठले फिनल्याण्डमा रहेका सम्पूर्ण नेपालीहरुलाई एनआरएनमा आवद्ध भएर आर्थिक एवम् सामूहिक रुपले सशक्त बनाइदिन अपिलसमेत गरे ।
आर्थिकरुपले मजबुत हुन सकेको अवस्थामा संस्थाको तर्फबाट फिनल्याण्ड र नेपालका लागि गर्न सकिने धेरै सम्भावना समेत औल्याउँदै संस्थाका आगामी गतिबिधीहरुबारे उनले चर्चा गरे । मुख्य प्रायोजक हिमालय रेस्टुराँ, सह-प्रायोजक सत्कार रेस्टुराँ स्पाइस टाउन रहेको उक्त प्रतियोगितालाई हाम्रो बजार हेल्सिन्की, क्याफे पालुवा, नेपाल फिन्ल्याण्ड डटनेटले सहयोग गरेका थिए । प्रतियोगिताको संयोजन संस्थाका खेल संयोजक नारन मगरले गरेका थिए । टुर्नामेन्टबाट जम्मा ५९३ युरो बचत भएको थियो, जुन एनआरएन फिनल्याण्डको भैपरि आउने (इमर्जेन्सी फण्ड) मा जम्मा हुने बताइएको छ |
दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त प्रतियोगितामा बिभिन्न समूहहरुले नाचगान गर्दै थप रौनक प्रदान गरेका थिए ।

थप फोटोहरुको लागि यहाँ क्लिक गर्नुहोला | (सौजन्य : Nepalfinland.net)

Run for charity 2015 सम्पन्न

हरेक बर्षझैँ एनआरएन फिनल्याण्डले यस बर्ष पनि ‘रन फर च्यारिटी’ सम्पन्न गरेको छ | Malmi airport वरपरको करिब ६ किलोमीटर ट्रयाकमा गराइएको दौड प्रतियोगिता करिब ४ उमेरसमूहमा बाँडिएको थियो | उठेको सम्पूर्ण रकम नेपालमा भूकम्प पीडितहरुको सहयोगार्थ खर्च गरिनेछ | क्षतीग्रस्त संरचनाको पुनर्निर्माणको लागि कहाँ र कसरि सहयोग गर्न सकिन्छ भनेर सम्पूर्ण नेपालीलाई प्रस्ताव पेश गर्न आब्हान गरिएको छ | प्रतियोगिताबाट जम्मा भएको कूल रकम ४३१५.०० युरो उपयुक्त प्रस्ताव छनौट गरि तत्कालै पठाइने छ| उक्त दौड प्रतियोगिताको बृस्तित विवरण nepalfinland.net को यस लिंकमा उपलब्ध रहेको छ | http://nepalfinland.net/news/run-for-charity-helsinki-2015/ 

11113530_10153622374913216_1710392079582239042_o