हाजिरीजवाफ प्रतियोगिता हुँदै

NRNA फिनल्याण्डले सदाझैं यो बर्ष पनि हाजिरीजवाफ प्रतियोगिताको घोषणा गरेको छ। “General Knowledge on World including Nepal and Finland” नाममा गर्न लागिएको यस प्रतियोगितामा बिश्व सामान्य ज्ञानका साथमा नेपाल र फिनल्याण्डका बारेमा सोधिने छन्। प्रतियोगिता नोभेम्बर २१ गते शनिबारका दिन आयोजना हुँदैछ। बिदेशमा हुर्किरहेको नयाँ पुस्ताबीच बिश्व परिवेशका साथै नेपालको समसामयिक घटनाक्रमको समेत जानकारी हाँसिल होस् भन्ने उद्देश्यले यस्ता कार्यक्रम राखिंदै आएको अध्यक्ष बालकृष्ण श्रेष्ठले बताउनुभएको छ। quizpng

कार्यक्रम सम्बन्धि बृस्तित जानकारी र पछिल्ला विवरण हाम्रो फेसबुक इभेन्ट पेजमा पाउन सकिन्छ।

NRNA भलिबल टुर्नामेन्ट सम्पन्न

फिनल्याण्डमा छरिएर रहेका नेपालीहरुलाई खेलकुदको माध्ययमद्वारा एकत्रित गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघ फिन्ल्याण्डले अगस्ट १२ र १३ तारिखमा भलिबल प्रतियोगिता आयोजना गरेको छ । संघले पहिलोपटक यस बर्षदेखि बालबालिकाहरुलाई समेत समेट्दै प्रतियोगिता आयोजना गरेको हो ।
पुरुष तर्फ फाईनलमा बेसक्याम्प समूहलाई पराजित गर्दै युनाईटेड क्लब बिजयी बन्न सफल भयो । महिला तर्फको खेलमा भने लोटस समुह बिजयी भयो । सनसाइन रनरअपमा नै सीमित रह्यो । यसैगरी जुनियर तर्फ सगरमाथा समूहले उपाधि चुम्यो । प्रतियोगितामा पुरुषतर्फ सुरज खरेल र महिलातर्फ सम्झना भण्डारी उत्कृष्ट खेलाडी घोषित भए । भलिबल प्रतियोगितामा पुरुषतर्फ ६, महिलातर्फ ४ र बालबालिकाहरुबाट २ गरी जम्मा १२ समूहले प्रतिस्पर्धा गरेका थिए ।

one
प्रतियोगिताका बिजयी समूहहरुलाई एनआरएन फिन्ल्याण्डका पदाधिकारीहरुले संयुक्तरुपमा पदक तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा अध्यक्ष बालकृष्ण श्रेष्ठले फिनल्याण्डमा रहेका सम्पूर्ण नेपालीहरुलाई एनआरएनमा आवद्ध भएर आर्थिक एवम् सामूहिक रुपले सशक्त बनाइदिन अपिलसमेत गरे ।
आर्थिकरुपले मजबुत हुन सकेको अवस्थामा संस्थाको तर्फबाट फिनल्याण्ड र नेपालका लागि गर्न सकिने धेरै सम्भावना समेत औल्याउँदै संस्थाका आगामी गतिबिधीहरुबारे उनले चर्चा गरे । मुख्य प्रायोजक हिमालय रेस्टुराँ, सह-प्रायोजक सत्कार रेस्टुराँ स्पाइस टाउन रहेको उक्त प्रतियोगितालाई हाम्रो बजार हेल्सिन्की, क्याफे पालुवा, नेपाल फिन्ल्याण्ड डटनेटले सहयोग गरेका थिए । प्रतियोगिताको संयोजन संस्थाका खेल संयोजक नारन मगरले गरेका थिए । टुर्नामेन्टबाट जम्मा ५९३ युरो बचत भएको थियो, जुन एनआरएन फिनल्याण्डको भैपरि आउने (इमर्जेन्सी फण्ड) मा जम्मा हुने बताइएको छ |
दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त प्रतियोगितामा बिभिन्न समूहहरुले नाचगान गर्दै थप रौनक प्रदान गरेका थिए ।

थप फोटोहरुको लागि यहाँ क्लिक गर्नुहोला | (सौजन्य : Nepalfinland.net)