दृष्टिबिहिन बालबालिकाको लागि ‘रन फर च्यारिटी’

गत बर्षझैँ एन.आर.एन फिनल्याण्डले यसपालि पनि ‘रन फर च्यारिटी’ २०१४ आयोजना गर्दैछ | गत बर्ष प्राप्त प्रतिकृया तथा कार्यक्रमको सफलताले गर्दा यो बर्ष पनि दौडले निरन्तरता पाएको हो | गुल्मी जिल्लास्थित रिमुवा गाबिसका दृष्टिबिहिन बालबालिकाको आवास निर्माण सहयोगार्थ एन.आर.एन फिनल्याण्डले २०१४ मा बिभिन्न कार्यक्रमको शिलसिला जारी राखेको छ | जस अन्तर्गत फुटबल तथा भलिबल प्रतियोगिताहरु सम्पन्न भईसकेका छन् | यस्ता कार्यक्रम तथा प्रतियोगिताबाट संकलित सम्पूर्ण रकम सोहि प्रायोजनका लागि खर्च गरिनेछ | यस पवित्र कार्यमा हातेमालो गर्दै ‘रन फर च्यारिटी २०१४’ मा Ravintola Satkar ले प्रायोजकको भूमिका निभाउने भएको छ | सम्पूर्ण सहभागिका लागि खुल्ला यस प्रतियोगितामा प्रवेश ‘नि:शुल्क’ रहेको छ |  Malmi Airport परिसरको वरिपरी करिब ५.८ किलोमिटर लम्बाईको ट्रयाकमा यस दौड प्रतियोगिता August 23, शनिबारका दिन सम्पन्न हुँदै छ | केवल हार वा जीतलाई प्राथमिकता नदिई, सेवाको भावना र सदभाव वृद्धिका लागि यस दौड प्रतियोगिता गर्न लागिएको हो | त्यससंगै यस्ता प्रतियोगिताले स्वास्थ्य वृद्धिमा समेत मद्दत पुर्याउने हुँदा सबै क्षेत्र, पेशा अनि उमेरसमुहका सहभागिहरु कार्यक्रममा सरिक हुँदैछन् | कार्यक्रम सम्बन्धि बृस्तित जानकारी हाम्रो फेसबुक इभेन्ट पेज Run For Charity 2014 बाट लिन सकिन्छ |

run for charity

च्यारिटीको रकम कहाँ खर्च हुँदैछ ?

श्री जनज्योति उच्च माध्यामिक बिध्यालय, रिमुवामा दुर्गमका धेरै बिध्यार्थीका साथै दृष्टिबिहिनहरुको लागि ‘ब्रेल’ लिपिबाट पनि पढाई हुनेगरेको छ | त्यस्ता बिध्यार्थीहरुमध्ये धेरैको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ | बिभिन्न क्षेत्रमा सामाजिक अबहेलना खेप्दै आएका ति बालबालिकाले आफ्ना अविभावक समेत गुमाएका छन् | छात्रा तथा छात्रको लागि छुट्टाछुट्टै बसोबासको व्यबस्था नहुँदा, आँफुले दिउँसो पढेकै कक्षाकोठामा राती सुत्नुपर्ने अवस्था सृजना भएको छ | उनीहरुको लागि आवस्यक ‘ब्रेल’ लिपिका पुस्तक पर्याप्त नहुँदा पढाईमा अफ्ठ्यारो त छँदै छ, समयमा रेखदेख नहुँदा खानपिनको समेत उचित प्रबन्ध हुन सकेको छैन | यस अवस्थामा बिध्यालयबाट धेरै ठाउँमा सहयोगको याचना भएपनि, कहिँबाट हालसम्म उल्लेख्य सहयोग प्राप्त भएको देखिंदैन | केहि स्थानीय समाजसेबीद्वारा भवन निर्माणका लागि जग्गा उपलब्ध गराइएपनि रकम अभावका कारण बसोबासका निम्ति भवन बन्न सकेको छैन | तसर्थ एन.आर.एन फिनल्याण्डले बिभिन्न कार्यक्रमबाट उठेको सम्पूर्ण रकम सोहि भवन निर्माणमा लगाउँदै छ | कति रकम जुट्यो, निर्माणकार्य कसरि अघि बढ्नेछ, के के उपलब्धि रहे, आदि जस्ता विवरणहरु हामी सार्वजनिक रुपमा जानकारी गराउँदै जानेछौं |

better final

बर्खामा पानी ओत्ने छाना, जाडोमा एकसरो न्यानो लुगा र हातका औंलाले छाम्दै पढ्नुपर्ने ‘ब्रेल’ किताबहरु उपलब्ध गराउन सकिए, अँध्यारोमा रहेका धेरै बालबालिकाले सुरक्षित आवास र शिक्षाको उज्यालो पाउनसक्नेछन | मद्दत गर्न चाहनेहरुले एन.आर.एन मार्फत संस्थागत रुपमा वा व्यक्तिगत रुपमा पनि पहल गर्नसक्नुहुनेछ |

बेल्जियममा हुँदै छ ‘जुनियर NRN बक्तृत्वकला प्रतियोगिता २०१४’

एन.आर.एन बेल्जियमको ‘युवा संयोजक’ टोलीले यहि सेप्टेम्बर २० तारिकमा युरोप स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको छ | बक्तृत्वकलाको बिषय ‘एन.आर.एन अभियानमा हाम्रो भूमिका’ रहेको छ | ११ – १८ उमेरसमूहका बालबालिकाले भाग लिनसक्ने उक्त प्रतियोगितामा प्रथम, दोस्रो, तृतीय तथा सान्त्वना गरि ४ जनालाई पुरस्कृत गरिने एन.आर.एन बेल्जियमका युवा संयोजक कुमार जोशिले बताउनु भएको छ | प्रतियोगिताको नियम तथा थप जानकारी यसप्रकार रहेका छन् :  nrn-belgium-logo

१. प्रतियोगी ११ बर्ष पुरा भई १८ बर्ष ननाघेको हुनुपर्नेछ |

२. युरोपियन मुलुकभित्र स्थाई/अस्थाई रुपमा बसोबास गर्ने नेपाली मुलको हुनुपर्नेछ |

३. नेपाली राष्ट्रियता झल्कने पोशाकमा उपस्थित हुनुपर्नेछ |

४. प्रस्तुती नेपाली भाषामा हुनुपर्नेछ | एकजना प्रतियोगीलाई ७ मिनेटको समय तोकिने छ |

पुरस्कार :

– प्रथम पुरस्कार : 777  €,  द्वितीय पुरस्कार : 555  €,  तृतीय पुरस्कार: 333  €,  सान्त्वना पुरस्कार : 111  

– सम्पूर्ण सहभागीलाई सम्मान र प्रमाणपत्र प्रदान गरिनेछ |

कसरि दर्ता गर्ने ?

– प्रतियोगीले आफ्नो ID card को फोटोकपी र एक प्रति PP size को फोटो सहित एन.आर.एन फिनल्याण्डको सिफारिसमा आबेदन बुझाउनु पर्नेछ |

– दर्ता शुल्क १०  € लाग्नेछ (कार्यक्रमस्थल मै बुझाउने) |

– दर्ताको लागि निबेदन इमेल,हुलाक, वा स्वयं उपस्थित भएर पनि बुझाउन सकिन्छ | 

– दर्ता गर्ने अन्तिम मिति : सेप्टेम्बर 15

खाने/बस्ने ब्यबस्था

– प्रतियोगीका साथमा बढीमा २ जना अविभावक रहन सक्नेछन | बस्नका लागि बेल्जियमस्थित नेपाली परिवारसँग share गर्ने ब्यबस्था गरिएको छ |

– होटेलमा बस्न इच्छुकहरुले आफ्नै खर्चमा व्यवस्था गर्नुपर्ने छ |

– प्रतियोगिताको दिन सहभागिहरुलाई लन्च र डिनरको ब्यबस्था गरिएको छ |

कार्यक्रम हुने मिति : 20 September, 2014

स्थान : ACW Zaal, Nationalestraat -111, Belgium

अन्य जानकारीका लागि एन.आर.एन फिनल्याण्डसंग सम्पर्क राख्न सक्नुहुनेछ | बेल्जियमस्थित आयोजकसँग सिधै सम्पर्कका लागि (कुमार जोशी Ph:  +32 498229984, nrnbelgium@yahoo.com )