जुलाई १२ मा NRN Charity Cup आयोजना गरिने

charity cup slideसमस्त फुटबलप्रेमीहरुको अनुरोधलाई मध्यनजर गर्दै एन.आर.एन फिनल्याण्डले गुल्मी जिल्लाको रिमुवास्थित दृष्टिबिहिन बालबालिकाको सहयोगार्थ हेल्सिन्कीमा फुटबल प्रतियोगिता गर्ने भएको छ | यस प्रतियोगिताबाट प्राप्त हुने मुनाफा सम्पूर्ण रुपमा बालबालिकाको आवास तथा खानपिन ब्यबस्थापनमा प्रयोग गरिने छ | खुला आव्हान मार्फत छनौट गरिएको यस प्रस्ताब श्री शुसिल ज्ञवालीले पेश गर्नुभएको थियो |
प्रतियोगिता जुलाई १२, शनिबारको दिन सम्पन्न हुनेछ र टिमहरुको दर्ता प्रकृया सुरु भईसकेको छ’, एन.आर.एन फिनल्याण्डका खेलकुद संयोजक संजय भण्डारी बताउनुहुन्छ | दर्ता गर्ने अन्तिम म्याद जुलाई ६ सम्म रहेको पनि उँहाले जानकारी दिनुभयो |

बृस्तित जानकारी हाम्रो फेसबुक पेज मार्फत प्राप्त गर्नसक्नुहुनेछ |

नयाँ बर्ष २०७१ को अवसरमा साहित्यीक जमघट हुने

नयाँ बर्ष २०७१ को शुभ-अवसरमा NRNA Finland ले एक साहित्यीक कार्यक्रमको आयोजना गर्दै छ। प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति र साहित्यलाई मायाँ गर्ने नेपालीहरुका लागि यो एउटा उपयुक्त जमघट हुन सक्दछ। NRNA Finland ले समस्त साहित्य-प्रेमीहरुलाई एकत्रित गर्दै, यसपालीको नयाँ बर्ष फरक ढंगले मनाउने जमर्को गर्न लागेको हो | आफ्ना लेख, रचना वा जुनसुकै भावना आफ्नै शैली र भाषामा प्रस्तुत गर्न सकिने व्यवस्था, कार्यक्रमको अर्को बिशेषता हो।  कुनै पनि प्रतिस्प्रधात्मक भावना नराखि साहित्यका बिभिन्न विधाहरुका स्वाद आइतबारको त्यस साँझमा लिन सकिनेछ। कार्यक्रमको अन्त्यमा नयाँ बर्ष २०७१ को शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम हुनेछ।  सबै सहभागीलाई प्रमाणपत्र तथा दर्शकहरुबाट अत्यन्त रुचाइएका कुनै २ प्रस्तुतिलाई बिशेष पुरस्कार पनि प्रदान गरिनेछ।
sahityik karyakram
NRNA Finland ले सन् २०१४ को सुरुवातमै नेपालबाट चर्चित कलाकारहरु निम्त्याई भब्य साँस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो भने भर्खरै मात्र मार्च ८ का दिन उद्ध्यमशिलातालाई उजागर गर्दै अन्तर्रास्ट्रिय महिला दिवस मनाएको थियो।  यसपटक भने धेरै नेपाली दाजुभाई दिदीबहिनीबाट साहित्यीक कार्यक्रमका लागि आएको अनुरोध र नयाँ बर्षको स्वागतका लागि यस कार्यक्रमको आयोजना गर्न लागिएको हो।
सहभागिताको लागि औपचारिक जानकारी तथा कार्यक्रम सम्बन्धि पछिल्लो अपडेट हाम्रो फेसबुक इभेन्ट पेज बाट प्राप्त गर्न सकिने छ।