हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

गैर आवासीय नेपाली संघ, फिनल्याण्डले डिसेम्बर १, आइतबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । नेपालीपन झल्काउने बौद्धिक अभ्यास तथा रचनात्मक कृयाकलापको निरन्तरता स्वरुप उक्त कार्यक्रम राखिएको हो । फिनल्याण्डभरिबाट कुल ९ टिमले भाग लिएको उक्त प्रतियोगितामा ‘त्रिदेवी’ नामक महिला टिमको पनि सहभागिता रहेको थियो । quiz 1
अधिकांस प्रश्नहरु नेपाल तथा फिनल्याण्ड सम्बन्धित थिए भने बाँकी चाँहि समयसापेक्ष बिश्व परिवेश तथा घटनाक्रममा केन्द्रित थिए । ‘अडियो तथा भिजुवल’ राउण्ड प्रतिस्पर्धी तथा दर्शक दुवैबाट अत्यन्त रुचाईएको थियो । प्रतियोगिताको उपाधि ‘आल्तो युनिभर्सिटी’ मा अध्यनरत बिद्यार्थीहरुको समूह ‘आल्तोनेप्ज’ ले जितेको छ, जसलाई पछ्याउँदै ‘हिमालय’ समूह दोश्रो स्थानमा रह्यो । उल्लेख्य दर्शकको उपस्थिति रहेको कार्यक्रममा रोचक रुपमा प्रतियोगिता संचालन गर्ने सुशील ज्ञवाली ‘क्विजमास्टर’ रहेका थिए । प्रथम हुने समुहलाई NRNA फिनल्याण्डबाट पदक र गिफ्ट भौचर तथा ‘नेपाली बजार हेलसिन्की’ बाट गिफ्ट भौचर प्रदान गरिएको थियो । कार्यक्रमको समापन निबर्तमान अध्यक्ष डा. अरुण पोखरेलले आफ्नो कार्यकालको अन्तिम बक्तब्यसहित गरेका थिए ।

उक्त कार्यक्रमको झलकहरु हेर्न हाम्रो फेसबुक पेजमा गएर क्लिक गर्न सक्नुहुनेछ ! हाजिरीजवाफ प्रतियोगिता २०१३

presenting gift to Ex President

निबर्तमान अध्यक्ष डा. पोखरेललाई मायाँको चिनो प्रदान गरिँदै !

का.मू. अध्यक्षमा श्रेष्ठ :

यसैबीच, गैर आवासीय नेपाली संघ, फिनल्याण्डको अध्यक्ष पदबाट पेश गर्नुभएको डा. अरुण पोखरेलज्युको राजीनामा स्वीकृत गरिएको छ । व्यक्तिगत कारणबस फिनल्याण्डबाट स्थाईरुपमा अन्यत्र जानलागेकोले अवधि पुरा नहुँदै छोड्नु परेको पत्रमा उल्लेख गरिएको छ । त्यससंगै बाँकी कार्यकालका लागि कायमुकायम अध्यक्षका रुपमा हाल उपाध्यक्ष पद सम्हाल्दै आउनुभएको श्री बालकृष्ण श्रेष्ठज्युलाई सर्वसम्मतिले चयन गरेको छ । आफ्नो मन्तब्य राख्दै श्रेष्ठले फिनल्याण्डभरिका सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्ने तथा सृजनात्मक गतिबिधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । यसका लागि उहाँले सदा झैँ सबैको साथ र समर्थन रहने बिस्वास प्रकट गर्नुभएको छ ।
संस्थाका संस्थापनाकालिन व्यक्तित्व, पूर्व-अध्यक्ष डा. अरुण पोखरेलज्युले पनि औपचारिक रुपमा अन्तिम मन्तब्य राख्नु भयो | त्यस क्षण त्यहाँ उपस्थित सम्पूर्ण सहभागी तथा संस्थाका पदाधिकारीका लागि भाबपूर्ण थियो | स्पष्टबक्ता, संयम तथा सकारात्मक सोचकै कारण अध्यक्ष पदको आफ्नो दोहोरो कार्यकाल समापन गरि संस्थालाई एउटा विश्वसनीय थलोको रुपमा उभ्याउनु भएकोमा हामी कृतज्ञ छौं | अबका दिनमा पनि उहाँका सल्लाह र सदभाव सदैव रहने छ भन्ने आशा राख्दछौं | उहाँको स्थायी बसोबास स्थानान्तरण संगै भावी दिनमा व्यक्तिगत तथा ब्याबसायिक जीवनको प्रगतिको कामना गर्दछौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *