आर्थिक समस्या व्यवस्थापन सम्बन्धी जानकारीहरू

यो जानकारीमूलक लेख कोरोना भाइसरले निम्त्याएको संकटको समयमा तपाईहरुको केही आर्थिक समस्याहरू व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयवस्तुमा आधारित छ । बिल तिर्न नकस्ने स्थितिमा के गर्ने < पैसाको समस्या पर्दा समस्या व्यवस्थापनको लागि सल्लाह सुझाव लिन कता जाने < यो लेख उल्लेखित प्रश्नहरूमा केन्द्रित रहेको छ । तसर्थः अहिलेको समयमा यी जानकारीहरू महत्वपूर्ण हुन सक्दछ ।

यदि तपाई आफ्नो बिल तिर्न सक्नुहुन्न भने तुरुन्त बिलको प्रेषकलाई सम्पर्क गर्नुहोस् । तपाई प्रायः बिल तिर्ने अन्तिम मितिको म्याद थपको लागि अनुरोध गर्न सक्नुहुनेछ । तपाईलाई सजिलो तरिका भनेको फोन गर्नु, आफै इमेल लेख्नु नै हो । यदि आफूलाई फोन गर्न वा इमेल गर्न कठिनाई पर्‍यो भने नजिकको कसैसँग सहयोग लिन सक्नुहुनेछ । त्यस्तो अवस्थामा सामान्यतया ढिलाईको शुल्कः बिलमा थपिन्छ ।

यदि तपाईले दिइएको समय सीमा भित्र बिल तिर्नु भएको छैन र माथि भनेजस्तो अन्तिम म्याद थपको पहल पनि गर्नु भएन भने पहिले केही रिमाइण्डर बिलहरू आउनेछन र पछि तपाईलाई कलेक्सन एजेन्सीले बिल पठाउनेछ । यस्तो अवस्थामा तपाई तत्काल बिल तिर्न असमर्थ हुनुहुन्छ भने तुरुन्त कलेक्सन एजेन्सीलाई सम्पर्क गर्नुहोस् र बिलको लागि तिर्ने योजनाका लागि अनुरोध गर्नुहोस । यसो गर्दा तपाई आफ्नो बिल किस्ताबन्दीमा तिर्न पाउनुहुनेछ ।

यदि तपाईले बिल तिर्नु भएन वा तिर्ने योजनाको प्रवन्ध गर्नुभएन भने अन्ततः जिल्ला अदालतमा कार्यान्वयनमा जान सक्दछ । अदालतले पनि तपाईलाई एक पटक सम्पर्क गर्नेछ र आफ्नो बिल किस्ताबन्दीमा तिर्ने मौका दिन पनि सक्दछ । त्यो मौका पनि सदुपयोग गर्नु भएन भने तपाईको गैह्र–भुक्तानी रेकर्ड बन्नेछ । यस्तो रेकर्ड क्रेडिट रजिस्टरमा ४ (चार) वर्ष सम्मको लागि रहन सक्दछ । यसले धेरै कठिनाईहरू निम्त्याउछ, जस्तैः घरमालिकहरू र बैंकहरूले प्रायः रजिस्टरमा तपाईको क्रेडिट जानकारी जाँच गर्दछन् । यदि तपाईसँग यस्तो भुक्तानी नभएको रेकर्ड छ भने तपाईले भाडाको आवास, बैंक कर्जा वा क्रेडिट कार्ड प्राप्त गर्न सक्नुहुन्न । केही रोजगारदाताले पनि गैह्र–भुक्तानी रेकर्ड माग गर्न सक्दछन् ।

यदि तपाईलाई भाडा तिर्न कठिनाई भइरहेको छ भने आफ्नो घरबेटी संस्थालाई सम्पर्क गर्नुहोस् र भाडा तिर्नको लागि थप समय दिनुहुनको लागि अनुरोध गर्नुहोस् । यो पनि किस्ताबन्दीमा तिर्न सम्भव छ । अनुरोध गरेपछि घरबेटी संस्थाहरूले घर भाडामा केही छुट दिएको भन्ने कुरा पनि जानकारीमा आएको छ । तपाई पनि एक पटक आफ्नो समस्या राखेर अनुरोध गर्नुहोस् । हुनसक्छ तपाईले पनि त्यस्तो छुट पाउन सक्नुहुन्छ । तपाईले केलामा सम्पर्क गरेर आफ्नो घर भाडा तिर्न नसकेकोले आफुलाई सहयोग चाहिएको जानकारी गराउन सक्नुहुन्छ तर यो विद्यार्थी भिषामा भएकोहरूलाई अलिक गाह्रो हुन्छ ।

तपाई आर्थिक सुविधाहरू लिनको लागि योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको छिटो छिनोफानो गर्नुहोस् । किनकि बेरोजगारी भत्ता, घरभाडा, स्टडी भत्ता र स्टडी लोन जस्ता थुप्रै सहयोगहरू बारेमा बुझ्नलाई हिच्किचाउनु हुँदैन । यी सबै सुविधाहरू एकप्रकारले तपाईका अधिकार पनि हुन । सबैभन्दा पहिले आर्थिक सहायताका लागि बुझ्न जाने ठाउँ भनेको केला हो । तर तपाईले अन्य संस्थाहरूको बारेमा पनि बुझ्दा राम्रो हुन्छ ।

यदि तपाईले अरू कुनै आय वा सुविधा प्राप्त गर्न सक्नुहुन्न वा अन्य सुविधाहरूले आवश्यक खर्च पुरा गर्दैन भने मात्र आम्दानी सहायता पाइन्छ । यसमा तपाई केलाबाट आधारभूत आय सहयोगको लागि आवेदन दिन सक्नुहुन्छ । आवश्यक दैनिक खर्चको अर्थ खाना, कपडा, स्वास्थ्य सेवा र आवास, खेलकुद र मनोरञ्जन, बच्चाको हेरचाह लगायतका धेरै शिर्षकमा हुने खर्चहरू हुन् । यदि तपाई वा तपाईको परिवारलाई विशेष आवश्यकताको कारण धेरै खर्च भएको छ र तपाईले ती खर्चहरूको लागि आधारभूत आय समर्थन प्राप्त गर्न सक्नुहुन्न भने तपाईको नगरपालिका समाज कल्याण कार्यालयले निवारक आय समर्थन प्रदान गर्न सक्दछ । यदि तपाईलाई निवारक आय समर्थन चाहिन्छ भने तपाईको अनुरोधमा केलाले तपाईको नगरपालिकामा तपाईको निवेदन स्थानान्तरण गर्न सक्दछ । निवारक आय समर्थनको उद्देश्य मानिस आफैले आफैलाई व्यवस्थित गर्न र सामाजिक बहिष्कारबाट रोक्न मद्दन पुर्‍याउनु पनि हो ।

तपाईको धेरै बिलहरू र ऋणहरू तिर्न नसकेर थुप्रिएको छ भने Takuusäätiö नाम गरेको संस्थाले तपाईको सबै ऋण र बिलहरू मिसाएर एउटा ऋणको रुपमा परिवर्तन गर्न सहयोग गर्दछ । ग्यारेन्टी फाउन्डेसनले तपाईको सबै तिर्नको लागि लिने ऋणको लागि जमानी बसिदिने काम गर्दछ । ग्यारेन्टी फाउन्डेसनको यो ०८००९८००९ फोनमा फोन गर्दा पैसा लाग्दैन ।

त्यसैले अहिले संकटको समयमा बिल तिर्न समस्या छ भने माथि भने जस्तो आफ्नो बिललाई समयसीमा बढाएर कि किस्ताबन्दीको प्रवन्ध गरेर आफ्नो समस्या व्यवस्थापन गर्न सक्नुहुनेछ । भाडा तिर्न नसकेको अवस्थामा तपाई घरबेटी संस्था र सहयोग दिन सक्ने सम्बन्धित निकायमा खबर नगरी चुपचाप बस्नु भयो भने कुरा जटिल बन्दै जानेछ तसर्थः यहाँ उल्लेख गरिए जसरी अघि बढ्नु भयो भने तपाईले समस्या व्यवस्थापन गर्न सक्नुहुनेछ ।

धन्यवाद