
के तपाईले हेलसिन्कीमा हुनगईरहेको घुम्ती
पासपोर्ट. सेवाको बुकिङ्गको समय पाउनुभएको छैन्?
यदी यहाँहरूको हालको पासपोर्ट सन् २०२४ को जुन वा सो भन्दा अगाडी म्याद सकिदैछ भने यहाँहरूको पासपोर्ट यसै घुम्तीसेवा मार्फत बन्ने नेपाली दूतावासको प्रतिबध्दता यहाँसमक्ष प्रस्तुत गर्दछौं।
त्यसैले मे ५ र मे ६ का दिनमा बुकिङ्ग नपाउनुहुने तर माथि उल्लेखित बमोजिम पासपोर्टको समय शिघ्र सकिनेको हकमा थप बेलुकी समय व्यवस्थापन गरेर वा आईतबार मे ७ मा थप बुकिङ्ग खोलेर भएतापनि सम्पूर्णलाई सेवा दिईनेछ।
गर्भवती महिला, साना बच्चा
(१ वर्ष भन्दा कम)र आम,
लामो दूरीको यात्रा गर्नुहुने,
अपाङ्गता,
वृद्धहरूको हकमा विशेष ग्राहयता दिईनेछ।
कृपया न अत्तालिनहुन र संयम भई दूतावासको सूचना बमोजिम अपडेट हुन अनुरोध गर्दछौं । फारम, कागजत र शुल्क सम्बन्धी सम्पूर्ण जानकारी दूतावासबाट मात्र लिनुहोला। अन्य जानकारीका लागी info@nrna.fi मा ईमेल गर्न सक्नुहुनेछ ।
पासपोर्ट हरेक नागरिकको अधिकार हो र यो अधिकारबाट कोही बञ्चित हुनुपर्दैन भन्नेमा जति नेपाल सरकार र यस अन्तर्गतका निकायहरू प्रतिबध्द छन्, विदेशमा रहने एनआरएनएनहरूको हकमा यस सेवा अझै सुलभ रहनुपर्छ भन्नेमा एनआएनए संस्था एवम् अन्य नेपाली संस्थाहरू ऐक्यबद्ध छौं। त्यसै अनुरुप नेपाल दूतावासले यस घुम्ती सेवालाई हेलसिन्कीमा हरेक वर्ष उपलब्ध गराउने एवम् एनआरएनए फिनल्याण्ड एवम् स्थानिय नेपाली संस्थाहरू यस कार्यमा सहकार्य एवम् हातेमालो गर्न प्रयासरत छौं।