नेपाली राजदुतावास डेनमार्कको फिनल्याण्डका लागि स्वयंसेवी प्रतिनिधि चयन ।

नेपाली राजदुतावास डेनमार्कले गैर आवासीय नेपाली संघ फिनल्याण्डका सदस्य चिरञ्जीवी चापागाईंलाई फिनल्याण्डका लागि स्वयंसेवी प्रतिनिधि चयन गरेको छ । दुतावासबाट प्रदान गरिने सेवा सुविधाहरु लिन, जस्तै; पासपोर्टको फारम भर्न, आवश्यक कागजात तथा प्रकृयाहरुबारे थाहा पाउन तपाईंलाई कुनै सहयोग चाहिएमा चिरञ्जीवी चापागाईंलाई +358451405566 मा सम्पर्क गर्न सक्नुहुनेछ । स्वयंसेवी प्रतिनिधिले दुतावासका कुनै आधिकारीक काम गर्ने नभई सेवाग्राहीलाई सेवा लिंदा सजिलो होस, प्रकृया र विधि नपुगेर दोहोर्‍याएर काम गर्नु नपरोस भनेर निशुल्क सहयोग गर्ने मात्र हो । विशेष गरि पासपोर्टको फारम भर्दा धेरै समस्या भई दोहोर्‍याएर काम गर्नु परेका गुनासाहरु आउने गरेको हुनाले स्वयंसेवी प्रतिनिधिसंगै बसेर पनि फारम भर्न सक्नुहुनेछ , त्यसका लागि प्रतिनिधिलाई सम्पर्क गरि दुबैलाई मिल्ने समयमा भेट्न सक्नुहुनेछ ।
हामीलाई आशा छ यो कार्यले तपाईंहरुलाई दुतावासका सेवाहरु लिन सहज हुनेछ ।

गैर आवासीय नेपाली संघ फिनल्याण्डको नयाँ कार्यकारी समिति निमार्णका लागि अगष्ट ३१ निर्वाचन हुंदै ।

गैर आवासीय नेपाली संघ फिनल्याण्डको २०१९-२०२१ को लागि नयाँ कार्यकारी समिति निमार्णका लागि निर्वाचन समितिले निर्वाचन घोषणा गरि विभिन्न पदहरुमा उम्मेद्वारि आह्वान गरेको छ । नयाँ कार्यसमितिको चयन विधि लगायत निर्वाचनसंग सम्वन्धित सम्पूर्ण जानकारी तलको डकुमेण्टबाट प्राप्त गर्न सकिनेछ । अध्यक्ष , दुई उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, आईसीसी प्रतिनिधि, महिला फोरम संयोजक, युवा संयोजक र सदस्यहरका लागि इच्छुक एनआरएनए फिनल्याण्डका योग्य ब्यक्तिहरुले उम्मेद्वारि दिन सक्नेछन् । निर्वाचन आगामि अगष्ट ३१  मा हेलसिन्किमा अयोजना हुनेछ ।

साथै, एनआरएनए फिनल्याण्डको नयाँ कार्यसमितिको निर्वाचन सम्वन्धि सम्पूर्ण जानकारी र अपडेटहरु निर्वाचन समितिको फेसबुक पेज https://www.facebook.com/NRNA-Finland-election-2019-374316146762965/ बाट प्राप्त गर्न सकिनेछ । कृपया पेज फलो गरि सहज रुपमा जानकारी लिनुहोला ।

NRNA Election 2019 call for candidacy

एनआरएन फिनल्याण्डद्वारा महोत्तरीमा ५५ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण

अक्टोबर १, २०१८, हेलसिन्की
गैर आवासीय नेपाली संघ फिनल्याण्डले महोत्तरी जिल्लामा विद्यालय बाहिर रहेका ५५ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ । सरकारले सरुवात गरेको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्धेश्यले जिल्लाको रामगोपालपुर नगरपालिकाका बालबालिकहरुलाई विद्यालय भर्ना गराउने कार्यको आज एक कार्यक्रमका वीच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सुभारम्भ गर्नुभयो ।
सो कार्यक्रममा विद्यार्थीहरुलाई स्थानीय महेन्द्र राष्ट्रिय उच्च मावि र जनता प्राबिमा भर्ना गराई झोला, लत्ताकपडा र स्टेसनरी आदी शैक्षिक सामाग्री वितरण समेत गरिएको छ । शैक्षिक सामग्री, झोला, कपडा र खाजामा गरि प्रति बर्ष हरेक विद्यार्थीले ६००० रुपैयाँ बराबरको सहयोग प्राप्त गर्नेछन् । शैक्षिक सामग्री वितरण, अनुगमन लागायतका ब्यवस्थापकिय कार्यका लागि ६ सदस्यीय संचालक समिति निर्माण गरिएको छ । अभिभावकहरुलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन तथा घरमा समेत पढ्ने वातावरण सृजना गर्न हरेक बर्ष उत्कृष्ट अभिभावकहरुलाई पुरस्कार र सम्मान प्रदान गरिनेछ । अभिभावकत्व ग्रहणका लागि श्रोत जुटाउन गत अगष्टमा फिनल्याण्डको राजधानी हेलसिन्किमा मैत्रीपूर्ण दौड प्रतियोगिता रन फर नेपालको आयोजना गरिएको थियो । भर्ना गरिएका विद्यार्थीहरलाई उनीहरुले विद्यालय शिक्षा पार गरुन्जेल सहयोग प्रदान गर्न पहल गरिनेछ । कार्यक्रमको दिगोपनका लागि शिक्षा मन्त्रालय तथा रामगोपालपुर नगरपालिकाले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।