तेश्रो एन आर एन ए नोर्डिक क्षेत्रीय बैठक सम्पन्न ।

श्रवण खनाल

फिन्ल्याण्ड, नर्वे, डेनमार्क र स्विडेनको प्रतिनिधित्व हुने गरि गठन गरिएको एन आर एन नोर्डिक क्षेत्रको तेश्रो भेला फिन्ल्याण्डको राजधानी हेल्सिन्कीमा फेब्रुअरी १७ मा सम्पन्न भएको छ। अन्य मुलुकहरु भन्दा फरक भौगोलिक एबम सामाजिक बिशेषता बोकेका यि स्कान्डेभियन देशहरुमा बसोबास गर्ने नेपालीहरुको साझा धारणा बनाउनका लागि सुरु गरिएको यस्तो प्रकारको भेला यस् अघि डेनमार्क र स्विडेनमा सम्पन्न भैसकेको छ।

आयोजक मुलुक फिन्ल्याण्डका अध्यक्ष बसन्त गौतमले भेलाको उद्घाटन गर्दै फिन्ल्याण्डले गर्दै आएको गतिबिधी एबम आगामी कार्यक्रमबारे अवगत गराउनु भएको थियो। त्यसैगरि अन्तरराष्ट्रिय समन्वय सँयोजक बाल कृष्ण श्रेष्ठले एस अघिका दुईवटा भेलाहरुको समिक्षा गर्दै अब कसरी अघि बढ्ने भन्ने बारे अवधारणा प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा नर्वेका तर्फबाट अध्यक्ष सँजिब थापाले आफ्नो देशमा प्रबाशी नेपालीहरुको अवस्थामाथि प्रकाश पार्दै एन आर एनले गर्ने बिबिध गतिबिधीका साथै आकस्मिक कोषको राम्रो पक्षको चर्चा गर्नु भएको थियो। त्यसैगरि स्विडेनका अध्यक्ष अर्जुन श्रेष्ठले प्रस्तुत गर्नु भएको बिबिध गतिबिधी मध्य प्रबाशी नेपालीमुलका दोस्रो पुस्ताका केटाकेटिहरुलाई नेपालका दुर्गम क्षेत्रमा शिक्षा एबम आधारभुत आवश्यकताबाट बन्चित आफूजस्तै बालबालिकाहरु सँग जोडीउन भन्ने उदेस्यले आफ्नो खाजा खर्च बाट जोगाएर प्रत्यक महिना एक बच्चाबाट ५ यूरो सँकलन गर्दै आएको स्विडेनको “चाइल्ड टु चाइल्ड” कार्यक्रमलाई अब सबै राष्ट्रिय समन्वय परिषदले सुरु गर्ने प्रतिबद्दता जाहेर गरिएको छ। यसका अलावा भेलाले यो भन्दा अगाढी प्रत्यक मुलुकले फरक फरक तरिकाले गर्दै आएको सामाजिक कामहरुलाई एकै किसिमले एकै पटक गर्ने निर्णय समेत गरेको छ। बैठकले सयुक्त रुपमा अघि बढाउन सकिने कार्यहरुको पहिचान गर्दै त्यस्का कार्यन्वयनका लागि सिघ्र अघी बढ्ने निर्णय गरेको छ। यि चारै देशको अपनत्व झल्कने गरि कम्सेकम एक एक वटा कार्यक्रमहरु सबै देशले सयुक्त रुपमा गर्ने भेलाले निर्णय गरेको छ। फिन्ल्याण्डले बिगत धेरै बर्षदेखि गर्दै आएको “रन फर नेपाल” एकदमै प्रभावकारी रहेको तथ्यलाई मनन गर्दै अबका दिनमा सबै नोर्डिक देशहरुमा एउटै नाराका साथ एकै दिन गर्ने र त्यसबाट उठेको रकम एउटै सामाजिक कार्यमा खर्चिने निर्णय भएको छ। यसैगरि नेपालमा दैबी प्र्कोप लगायतका अन्य मानविय अत्यावस्यक पर्दा तुरुन्तै बिना झन्झट केहि राहत पुर्याउन सकियोस भन्ने हेतुले नर्वेको पहलमा “नोर्डिक आकस्मिक कोष” स्थापना गर्ने निर्णय गरिएको छ। नोर्डिक मुलुकमा अध्ययन गरेका, बिभिन्न क्षेत्रमा सिप हासिल गरेका नेपालीहरुको तथ्य सँकलन गरेर सबैको सल्लाह सुझावमा यि देशहरुमा प्रयोग हुने प्रबिधी, सीप कसरि नेपालमा लैजान सकिन्छ भन्ने बिषयमा डेनमार्कले गहन भूमिका निभाउन सक्ने कुरा अध्यक्ष यम लाल कँडेल र अन्तरराष्ट्रिय समन्वय सँयोजक कुल राज शर्माले सयुक्त रुपमा प्रतिबद्धता जनाउनु भएको छ।यि बिषयहरुका अलावा कृषि, पशुपालन लगायतका उदमशिलताका लागि सम्भाब्यता अध्ययन गरेर त्यस्को कार्यन्वयन गर्ने दिशामा अघि बढ्ने, नेपाली कलासस्क्रितीको जगेर्ना, चाड पर्ब , पर्यटन प्रबर्धनका क्षेत्रमा एक भएर काम गर्ने, अनी गैर आवाशिय नेपाली सँघको अन्तरराष्ट्रिय परिषदमा यि देशका साझा चासोका सन्दर्भमा सयुक्त आवाज लैजाने निर्णय भेलाले गरेको छ। भेलामा उठेका बिषयहरुमा सबै मुलुकहरुको राष्ट्रिय समन्वय परिषदको बैठकमा छलफल गराएर पारीत भएका कार्यक्रमहरुको यथासिघ्र कार्यान्वयन गर्न सयुक्त रुपमा टास्क फोर्स गठन गर्ने निर्णय गर्दै आगामी भेला नर्वेमा गर्ने गरी कार्यक्रमको समापन गरिएको छ।

रौतहटको सन्तपुर वस्ती निर्माण गर्न धुर्मुस सुन्तलि फाउण्डेशनलाई फिनल्याण्डबाट सहयोग

11/15/2017

फिनल्याण्डमा सकृय विभिन्न संघ संस्थाहरुले धुर्मुस सुन्तलि फाउण्डेसनद्वारा निर्माणाधीन सन्तपुर वस्ति निर्माणर्थ ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग प्रदान गरेका छन् । फिनल्याण्डबाट सहयोग गर्ने संस्थाहरुको तर्फबाट एनआरएन फिनल्याण्डबाट बालकृष्ण श्रेष्ठ र फिन्नीस नेपाली समाजको तर्फबाट मुकुन्द भण्डकारीले फाउण्डेशनको कार्यालय पुरानो बानेश्वरमा गई सो रकम हस्तानान्तरण गरेका हुन् ।
फाउण्डेशनलाई प्रदान गरिएको रकम गत अगष्टमा तराईमा आएको बाढि र डुवान प्रभावितहरुका लागि संकलित रकमबाट बचेको रकम हो । सो समयमा १९ लाख ४२ हजार ४१ रुपैयाँ संकलन गरि नेपाल पठाईएकोमा महोत्तरीको मनहरामा गरिएको राहत सामाग्री वितरणमा १२ लाख ७५ हजार १ सय ३६ खर्च भएको थियो । धुर्मुस सुन्तलि फाउण्डेशनद्वारा निर्माणाधीन वस्ति समेत बाढी प्रभावितहरुका लागि तयार हुदै गरेको तथा वस्ति निर्माणमा धुर्मुस सुन्तली फाउण्डेसनले आर्थीक कठिनाई भोगिरहेको समाचार आईरहेका अवस्थामा बचत भएको रकम ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ फाउण्डेसलाई प्रदान गर्ने निर्णय गरिएको हो ।

एनआरएनए को आठौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय साधारण सभा काठमाडौंमा सुरु

-चिरञ्जीवी चापागाईं

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय साधारण सभा आजदेखि काठमाडौंमा सुरु भएको छ ।
काठ्माण्डौ स्थीत ह्यात होटलमा सुरु सभाको उद्घाटन एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ । सम्मलेनको उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रपति भण्डारीले संविधान निर्माण पश्चात देश आर्थिक समृद्धिको बाटो उन्मुख भई लगानिको वातावरण तयार भएको भन्दै नेपालमा लगानि बढाउन गैर आवासीय नेपालीहरुलाई आह्वान गर्नुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले भूकम्पपछिको पुन:निर्माण र बाढीपहिरो पिडीतको राहत र उद्धारमा एनआरएनएले खेलेको भूमिकाको प्रसंशा गर्नुभयो ।
उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीका साथै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, बर्तमान अध्यक्ष शेष घले लगायत सहभागि हुनुुहुन्थ्यो । सम्मेलनमा ७० भन्दा बढी देशका २ हजार बढी प्रतिनिधि सहभागी छन् । ३ दिनसम्म चल्ने सम्मेलनले २०१७–२०१९ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
सम्मेलनमा भोलि बन्दसत्र र पर्सि नयाँ नेतृत्वका लागि निर्वाचन हुने एनआरएनले जानकारी गराएको छ । संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा जमुना घले, भवन भट्ट र टीबी कार्कीको उम्मेदवारी दिएका हुन । संघका अन्य पदाधिकारीहरु पनि निर्वाचनमार्फत नै चुनिनेछन् ।