नेपालमा लगानि प्रवर्दनका विषयमा अन्तरक्रिया सम्पन्न

-चिरञ्जीवी चापागाईं

फिनल्याण्ड सरकार, परराष्ट्र मन्त्रालयको आयोजनामा नेपालमा लगानि प्रवर्धनका विषयमा विभिन्न क्षेत्रका सरोकारवालाहरुवीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राजधानि हेलसिन्किमा सम्पन्न सो कार्यक्रममा एनआरएन फिनल्याण्डको नेपाल फिनल्याण्ड हातेमालो नेटवर्कले कसरि नेपाली र फिनिस ब्यवसायी तथा जनशक्तिविच पुलको काम गर्न सक्छ भन्ने विषयमा छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालयका नेपाल, डेस्क प्रमुख सेबस्टियन गाहन्स्ट्रोमले सहजिकरण गरेको कार्यक्रममा एनआरएन फिनल्याण्डका अध्यक्ष बसन्त गौतमले एनआरएन फिनल्याण्डका गतिविधि, नेपाल फिनल्याण्ड हातेमालो नेटवर्कका उद्देश्य र लागानि प्रवर्धका सम्भावनाका विषयमा प्रश्तुति दिनुभएको थियो । प्रस्तुति माथि प्रतिक्रिया दिदै फिनिस प्रतिनिधिमण्डलका सदस्यहरुले एनआरएन फिनल्याण्डले हातेमालो नेटवर्क मार्फत लगानि तथा दक्ष जनशक्ति प्रवर्धनका क्षेत्रमा सुरु गरेको प्रयासको प्रसंसा गरेका थिए । कार्यक्रममा मन्त्रालयकि बरिष्ठ सल्लाहकार सिनिक्का आन्तिलाले अफ्रिकि क्षेत्रका आफ्ना अनुभवहरु प्रस्तुत गर्दै बजारीकरणमा केन्द्रित हुन सुझाव दिईन । कार्यक्रममा एक्सपोर्ट फिनल्याण्डकि कार्यक्रम संयोजक एलिना वासर््ताले नेपालमा लागानि प्रवर्धन गर्न आफ्नो संस्थाले अध्यायन गरिरहेका जानकारी दिइन ।


कार्यक्रममा फिनिस राजदुतावास काठ्माण्डौका सल्लाहकारद्वय डा. चुडामणि जोशि र ईन्द्रा गुरुङले नेपालमा लगानि गर्न सकिने क्षेत्रहरु र लगानिको वातावरणबारे धारणा राख्नुभयो । त्यास्तै एनआरएन फिनल्याण्डका आईसिसि प्रतिनिधि बालकृष्ण श्रेष्ठले नेपाल र फिनल्याण्डका उद्योग बाणिज्य संघहरुविचको सहकार्य महत्वपूर्ण हुने धारणा राख्दै आपसि भ्रमणको आवश्यकता औल्याउनुभयो । कार्यक्रममा नेपाली प्रतिनिधिमण्डका सदस्यहरुले नेपालको रणनितिक भू–अवस्थीति, नयाँ बजार र राजनितिक स्थायीत्वको संकेत आदीले सुरक्षित लगानिको वातावरण बनेको धारणा राखे ।
कार्यक्रममा फिनपार्टनरसिपका सहयोग संयोजक यान्ने पेन्तिला, फिनिस परराष्ट्र मन्त्रालयकि एसिया र अमेरिकि विभागकि बरिष्ठ विकास निति सल्लाहकार सान्ना ताकाला, एसिया र अमेरिकि क्षेत्रीय संयोजक पेत्रि वान्नेर, र मानवसहायता इकाईका उपनिर्देशक किम्मो लाउकानेन सहभागि थिए ।

गैर आवासिय नेपाली संघ फिनल्याण्डको पाँचौ साधारणसभा सम्पन्न

गैर आवासिय नेपाली संघ फिनल्याण्डको पाँचौ बार्षिक साधारणसभा सम्पन्न भएको छ । राजधानी हेलसिन्किस्थित हेर्तोनियमि चर्चमा सम्पन्न सभाले बसन्त गौतमको अध्यक्षतामा १५ सदसिय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । नयाँ कार्यसमितिले २०१७–२०१९ का लागि संस्थाका गतिविधिहरु सञ्चालन गर्ने छ ।
सुदिप भुषण अर्यालको सभापतित्वमा सम्पन्न सभाले निबर्तमान अध्यक्ष बालकृष्ण श्रेष्ठलाई गैरआवसिय नेपाल संघ अन्तराष्ट्रिय समन्वय समितिका लागि फिनल्याण्ड प्रतिनिधिको जिम्मेवारीका लागि प्रस्ताव गर्‍यो । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा श्रवण खनाल र बिनिता लामिछाने चयन हुनुभएको छ । त्यसैगरि कार्यसमितिको महासचिवमा प्रतिष्ठा मिश्र, सचिवमा गोकर्ण खरेल र कोषाध्यक्षमा टेकेन्द्र तिम्सिना चयन हुनुभएको छ । तिम्सिनाले अघिल्लो कार्यकालमा समेत कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । साधारणसभाले ममता थकालिलाई महिला प्रतिनिधि तोकेको छ । महिला प्रतिनिधि थकालिले एनआरएन महिला फोरम मार्फत महिलाहरुलाई संगठित गर्ने तथा एनआरएन फिनल्याण्डसंगको सहकार्यमा विभिन्न सामाजिक कार्यहरुको नेतृत्व गर्नुहुने छ । त्यसैगरि नारायण थापामगरलाई युवा संयोजकको जिम्मेवारी तोकेको छ । युवाहरुलाई सामाजिक कार्यहरुमा सरिक गराउन पहल गर्नु तथा खेलकुद गतिविधिहरुलाई संयोजन गर्नु संयोजक मगरको जिम्मेवारी रहनेछ । कार्यसमितिका सदस्यहरुमा गोपाल अर्याल, सुरेन्द्र अधिकारी, चिरञ्जीवी चापागाईं , अर्मन क्षेत्री, जानकि प्रसाद कोईराला, सान्तोष पन्त र प्रज्वल अर्याल निर्वाचित हुनुभएको छ ।
गैर आवासिय नेपाली संघ फिनल्याण्डका संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक डा.शम्भु प्रसाद शाहले नवनिर्वाचित सदस्यहरुको घोषणा गर्दै निर्वाचित कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना ब्यक्त गर्नुभयो । निर्वाचन समितिका अन्य सदस्यहरुमा डा. भवानि चम्लागाई, विनास तिम्सिना, सुशिल गौतम र सरस्वती न्यौपाने हुनुहुन्थ्यो । गैरआवसिय नेपाल संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य देविदत्त शर्माले निर्वाचनको पर्यवेक्षण गर्नुभएको थियो । सभामा निबर्तमान कार्यसमितिका सचिव भूवन पोखरेलले २०१५–२०१७ को कार्यप्रगति विवरण, अध्यक्ष बालकृष्ण श्रेष्ठले भावि कार्ययोजना तथा कोषाध्यक्ष टेकेन्द्र तिम्सिनाले आर्थिक प्रतिवेदनहरु पेश गर्नुभएको थियो । सभामा उपस्थित साधारण सदस्यहरुले संगठन, संस्थाका गतिविधि लगायतका विषयमा सुझावहरु दिएका थिए । सभाले संस्थाका आगामि निर्वाचनहरुमा एक जना महिला उपाध्यक्ष अनिवार्य हुने गरि ब्यवस्था गर्ने निर्णय पनि गरेको थियो । गैर आवासिय नेपाली संघ फिनल्याण्डले फिनल्याण्डमा रहेका नेपाली समुदायलाई लक्षीत गरि विभिन्न सामाजिक–सांकृतिक गतिविधि गर्नुका साथै नेपालमा समेत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।