नयाँ कार्यसमितिका लागि उम्मेद्वारी आव्हान

एन.आर.एन.ए. फिनल्याण्डको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रकृया सुरु भएको छ। यसका लागि एक निर्वाचन समिति गठन गरि प्रकृया अघि बढाईएको हो। स्वतन्त्र व्यक्तित्वहरु डा. शम्भुप्रसाद साह, डा. भवानी चम्लागाई, शुशिल गौतम, बिनास तिम्सिना तथा सरस्वति न्यौपानेसमेतको ५ सदस्यीय निर्वाचन समितिले नयाँ कार्यसमितिका विभिन्न पदको लागि दरखास्त आव्हान गरेको छ। उम्मेद्वारी आव्हान, निर्वाचन आचारसंहिता तथा निवेदन फारम गरि ३ वटा दस्तावेज समितिले सार्वजनिक गरिसकेको छ। यहि जुन ३ हुने वार्षिक साधारण सभामा बिध्यमान समितिको वार्षिक कार्यविबरण तथा नयाँ कार्यसमितिको चयन समेत गरिनेछ। vote
१७ सदस्यीय एन.आर.एन.ए. कार्यकारी समितिको पदावधि २ वर्षको हुने गर्दछ। (बिद्यार्थी बाहेकको) जुनसुकै स्थायी भिषामा लगातार २ वर्ष फिनल्याण्डमा बसोबास गर्ने नेपाली मुलका व्यक्ति यसमा सहभागी हुन पाउने प्राबधान रहेको छ। यस सम्बन्धि थप जानकारी निर्वाचन समितिको फेसबुक पेजबाट पाउन सकिन्छ।
निर्वाचनसम्बन्धि विभिन्न दस्तावेज यहाँ उपलब्ध छ –
१. निर्वाचनसम्बन्धि सम्पूर्ण जानकारी एवं  उम्मेद्वारी आव्हानपत्र
२. उम्मेद्वारी दरखास्त फारम
३. निर्वाचन सम्बन्धि आचारसंहिता

पछिल्ला जानकारी एवं सोधपुछका लागि- निर्वाचन समितिको फेसबुक पेज

हेलसिन्कीमा ‘नेपाली भाषा तथा अभिव्यक्ती तालिम’

NRNA फिनल्याण्डले डिसेम्बर २०१६ देखि नेपालीभाषी बालबालिकालाई लक्षित गर्दै “नेपाली भाषा तथा अभिव्यक्ती तालिम” सन्चालन गर्दैछ। यो तालिम ७ देखि १७ वर्ष उमेर समूहलाई नि:शुल्क प्रदान गरिनेछ। बहुसाँस्कृतिक संस्थाहरुको सन्जाल Moniheli Ry को आर्थिक सहयोगमा सन्चालन हुने तालिम करिब ६ महिना चल्नेछ। 672672453-kids-clipart-black-and-white-border-clipart-panda-free-clipart-or5vte-clipart

फिनल्याण्डमा हुर्कंदै गरेको दोस्रो पुस्ताका नेपालीमाझ आफ्नो भाषा, कला तथा संस्कृतीको पहिचान जीवन्त राख्ने उद्देश्यका साथ यस कक्षा संचालन गर्न लागिएको हो। तालिममा नेपाली भाषागत ज्ञान, साँस्कृतिक परिचय, अभिव्यक्ती कला तथा व्यक्तित्व बिकास जस्ता बिषय समेटिनेछन।