बेल्जियममा हुँदै छ ‘जुनियर NRN बक्तृत्वकला प्रतियोगिता २०१४’

एन.आर.एन बेल्जियमको ‘युवा संयोजक’ टोलीले यहि सेप्टेम्बर २० तारिकमा युरोप स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको छ | बक्तृत्वकलाको बिषय ‘एन.आर.एन अभियानमा हाम्रो भूमिका’ रहेको छ | ११ – १८ उमेरसमूहका बालबालिकाले भाग लिनसक्ने उक्त प्रतियोगितामा प्रथम, दोस्रो, तृतीय तथा सान्त्वना गरि ४ जनालाई पुरस्कृत गरिने एन.आर.एन बेल्जियमका युवा संयोजक कुमार जोशिले बताउनु भएको छ | प्रतियोगिताको नियम तथा थप जानकारी यसप्रकार रहेका छन् :  nrn-belgium-logo

१. प्रतियोगी ११ बर्ष पुरा भई १८ बर्ष ननाघेको हुनुपर्नेछ |

२. युरोपियन मुलुकभित्र स्थाई/अस्थाई रुपमा बसोबास गर्ने नेपाली मुलको हुनुपर्नेछ |

३. नेपाली राष्ट्रियता झल्कने पोशाकमा उपस्थित हुनुपर्नेछ |

४. प्रस्तुती नेपाली भाषामा हुनुपर्नेछ | एकजना प्रतियोगीलाई ७ मिनेटको समय तोकिने छ |

पुरस्कार :

– प्रथम पुरस्कार : 777  €,  द्वितीय पुरस्कार : 555  €,  तृतीय पुरस्कार: 333  €,  सान्त्वना पुरस्कार : 111  

– सम्पूर्ण सहभागीलाई सम्मान र प्रमाणपत्र प्रदान गरिनेछ |

कसरि दर्ता गर्ने ?

– प्रतियोगीले आफ्नो ID card को फोटोकपी र एक प्रति PP size को फोटो सहित एन.आर.एन फिनल्याण्डको सिफारिसमा आबेदन बुझाउनु पर्नेछ |

– दर्ता शुल्क १०  € लाग्नेछ (कार्यक्रमस्थल मै बुझाउने) |

– दर्ताको लागि निबेदन इमेल,हुलाक, वा स्वयं उपस्थित भएर पनि बुझाउन सकिन्छ | 

– दर्ता गर्ने अन्तिम मिति : सेप्टेम्बर 15

खाने/बस्ने ब्यबस्था

– प्रतियोगीका साथमा बढीमा २ जना अविभावक रहन सक्नेछन | बस्नका लागि बेल्जियमस्थित नेपाली परिवारसँग share गर्ने ब्यबस्था गरिएको छ |

– होटेलमा बस्न इच्छुकहरुले आफ्नै खर्चमा व्यवस्था गर्नुपर्ने छ |

– प्रतियोगिताको दिन सहभागिहरुलाई लन्च र डिनरको ब्यबस्था गरिएको छ |

कार्यक्रम हुने मिति : 20 September, 2014

स्थान : ACW Zaal, Nationalestraat -111, Belgium

अन्य जानकारीका लागि एन.आर.एन फिनल्याण्डसंग सम्पर्क राख्न सक्नुहुनेछ | बेल्जियमस्थित आयोजकसँग सिधै सम्पर्कका लागि (कुमार जोशी Ph:  +32 498229984, nrnbelgium@yahoo.com )

नेपाली चलचित्र ‘झोला’ को च्यारिटी-शो हुँदै

यहि जुन २७ का दिन, ऐतिहासिक कथाबस्तु बोकेको चलचित्र ‘झोला’ को हेलसिन्कीमा च्यारिटी-शो गरिंदै छ | दुर्गम क्षेत्रका सरकारी बिद्यालयमा अध्ययन गरिरहेका ३ जना बिध्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने उद्देश्यले यो प्रदर्शन गर्न लागेको आयोजकहरु सुमन तिम्सिना, टेकेन्द्र तिम्सिना तथा जे.पि. कोइरालाले बताउनु भएको छ | साहित्यकार कृष्ण धराबासिको अत्यन्त सफल उपन्यास ‘झोला’ आजभन्दा १०० बर्ष अगाडीको सांस्कृतिक कु-प्रथा ‘सति’ मा आधारित छ |

jhola

यस सम्बन्धि थप जानकारी आयोजक जे.पि. कोइरालाको शब्दमा:

किन हेर्ने ?
यो चलचित्र एउटा ऐतिहासिक दस्तावेजमात्र नभएर १०० वर्ष अघिको सामाजिक वस्तुस्थिति बुझ्ने अवसर पनि हो । भूतले वर्तमान र वर्तमानले भविष्यको मार्गदर्शन गर्दछ । इतिहासले धेरै कुरा सिकाउँछ । इतिहास बुझ्ने अवसर त छदैंछ । मुख्य कुरा यो चलचित्रले आफूलाई प्रमाणित गरिसकेको छ ।अन्त्यमा हामी यो चलचित्रका आयोजकहरुले विगत एक वर्ष देखि गाउँ (हामी तीनै जना एउटै गाउँका हौं) को सरकारी विद्यालयमा अध्ययनरत केही विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिरहेका छौं र यसलाई हाम्रो सामर्थ्यले भ्याएसम्म निरन्तरता दिने योजना बनाएका छौं । सोही प्रयोजनको लागि एउटा कोष खडा गरी रकम संकलन गरिरहेका छौं । यदि यो चलचित्रको प्रदर्शनीमार्फत केही मुनाफा कमाए सम्पूर्ण रकम कोषमा जम्मा गर्नेछौं । यहाँले चलचित्र हेरिदिनु भएको खण्डमा गाउँको विपन्न विद्यार्थीलाई सहयोग पुग्नेछ ।
कृष्ण धरावासीले लेख्नु र यादव भट्टराईले निर्देशन गर्नुबीच विधाको विभेदमात्र छैन । इतिहासबोध भएको यति मार्मिक र अर्थपुर्ण फिल्म नेपालीबाट नेपाली भाषामा सम्भव छ भन्ने भेद पनि खुलेको छ |

चलचित्र प्रदर्शनी सम्बन्धि फेसबुक इभेन्ट पेज बाट सम्पूर्ण जानकारी लिन सकिन्छ |