संक्षेपमा फिनल्याण्ड :
पूर्वमा रुस, पश्चिममा स्विडेन, दक्षिणमा ‘बाल्टिक सागर’ अनि उत्तरमा झन्डै ‘नर्थ पोल’ लाई छुन खोज्ने फिनल्याण्ड, उत्तरी युरोपको एक सम्बृद देश मध्ये पर्दछ | केहि समय जर्मन नाजीहरु संगको युद्ध, स्विडेन अनि रुससँगको युद्ध तथा आफ्नै गृहयुद्धका कारण माथि उठ्नै नसकेको फिनल्याण्ड, सन् १९१७ मा स्वतन्त्र भएको हो | काठ, धातु, रसायन, उर्जा, विद्युतीय सामग्री, आदि प्रमुख उत्पादन रहेको यस मुलुकले पछिल्लो समयमा गरेको द्रुततर बिकास साँच्चै लोभलाग्दो छ | दक्षिणी युरोपको तुलनामा निकै पछिमात्र आप्रबासीहरुको प्रवेश बाक्लिएको फिन्ल्यान्डमा राजधानी र प्रमुख पर्यटकीय स्थल बाहेक अन्यत्र खासै अंग्रेजी भाषा आधिकारिक रुपमा बोलिदैन | Continue reading