एन.आर.एन बेल्जियमको ‘युवा संयोजक’ टोलीले यहि सेप्टेम्बर २० तारिकमा युरोप स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागेको छ | बक्तृत्वकलाको बिषय ‘एन.आर.एन अभियानमा हाम्रो भूमिका’ रहेको छ | ११ – १८ उमेरसमूहका बालबालिकाले भाग लिनसक्ने उक्त प्रतियोगितामा प्रथम, दोस्रो, तृतीय तथा सान्त्वना गरि ४ जनालाई पुरस्कृत गरिने एन.आर.एन बेल्जियमका युवा संयोजक कुमार जोशिले बताउनु भएको छ | प्रतियोगिताको नियम तथा थप जानकारी यसप्रकार रहेका छन् :
१. प्रतियोगी ११ बर्ष पुरा भई १८ बर्ष ननाघेको हुनुपर्नेछ |
२. युरोपियन मुलुकभित्र स्थाई/अस्थाई रुपमा बसोबास गर्ने नेपाली मुलको हुनुपर्नेछ |
३. नेपाली राष्ट्रियता झल्कने पोशाकमा उपस्थित हुनुपर्नेछ |
४. प्रस्तुती नेपाली भाषामा हुनुपर्नेछ | एकजना प्रतियोगीलाई ७ मिनेटको समय तोकिने छ |
पुरस्कार :
– प्रथम पुरस्कार : 777 €, द्वितीय पुरस्कार : 555 €, तृतीय पुरस्कार: 333 €, सान्त्वना पुरस्कार : 111 €
– सम्पूर्ण सहभागीलाई सम्मान र प्रमाणपत्र प्रदान गरिनेछ |
कसरि दर्ता गर्ने ?
– प्रतियोगीले आफ्नो ID card को फोटोकपी र एक प्रति PP size को फोटो सहित एन.आर.एन फिनल्याण्डको सिफारिसमा आबेदन बुझाउनु पर्नेछ |
– दर्ता शुल्क १० € लाग्नेछ (कार्यक्रमस्थल मै बुझाउने) |
– दर्ताको लागि निबेदन इमेल,हुलाक, वा स्वयं उपस्थित भएर पनि बुझाउन सकिन्छ |
– दर्ता गर्ने अन्तिम मिति : सेप्टेम्बर 15
खाने/बस्ने ब्यबस्था
– प्रतियोगीका साथमा बढीमा २ जना अविभावक रहन सक्नेछन | बस्नका लागि बेल्जियमस्थित नेपाली परिवारसँग share गर्ने ब्यबस्था गरिएको छ |
– होटेलमा बस्न इच्छुकहरुले आफ्नै खर्चमा व्यवस्था गर्नुपर्ने छ |
– प्रतियोगिताको दिन सहभागिहरुलाई लन्च र डिनरको ब्यबस्था गरिएको छ |
कार्यक्रम हुने मिति : 20 September, 2014
स्थान : ACW Zaal, Nationalestraat -111, Belgium
अन्य जानकारीका लागि एन.आर.एन फिनल्याण्डसंग सम्पर्क राख्न सक्नुहुनेछ | बेल्जियमस्थित आयोजकसँग सिधै सम्पर्कका लागि (कुमार जोशी Ph: +32 498229984, nrnbelgium@yahoo.com )