डेनमार्कको कोपनहेगन स्थित नेपाली राजदूताबासद्वारा MRP सम्बन्धि जारी गरिएको सूचना :

नेपाल सरकारको राहदानी विभागले गएको बैशाख १५ (अप्रिल २८ ) देखि हातले लेखिएका आवेदन फारम नलिने भएकाले, MRP का लागि कम्प्युटर मार्फत फारम भरि पठाउन अनुरोध गरेको छ। फारम भर्ने तरिका तल उल्लेख गरिएको छ। MRP बनाउन कति समय लाग्दछ, तिर्नुपर्ने दस्तुर र अन्य सबै बिवरण दूताबासको वेबसाइटमा उल्लेख गरिएको छ।   

1. Go to www.nepalembassydanmark.com
embassy notice
2. Click ‘SERVICE’ tab and click ‘PASSPORT/TD’
3. Go to ‘REQUIRED DOCUMENTS’ below the information box.
5. A .pdf file will open. Right click and save it. 4. New page of http://www.dopmofa.gov.np/ will appear. Then click ‘अनलाइन फाराम भरेर प्रिन्ट गर्नुहोस्’ on upper-left corner.
6. Fill up the form correctly.
7. Use TAB instead of space( _ ) where needed.
8. After filling all the information, PRINT it. ( click NONE in ‘page scaling’ option while printing.)
9. You can send to address of Nepali Embassy in Demark for further processing.
 
* Remember : don’t use eraser/ti-paste or anything after printing. It should be perfectly neat and clean. If you think your information is wrong, you MUST fill another form.

साहित्यीक कार्यक्रमसहित नयाँ बर्ष २०७१ को स्वागत

हेलसिन्की १३ अप्रिल | NRNA फिनल्याण्डले नयाँ बर्ष बि.स. २०७१ को स्वागतार्थ साहित्यीक कार्यक्रम सम्पन्न गरेको छ | कोन्तुला, हेलसिन्कीस्थित हलमा करिब १५० दर्शकसहित सम्पन्न भएको कार्यक्रममा फिनल्यान्ड लगायत क्यानडा, जापान र नेपालका करिब २५ कविहरुको प्रस्तुति रहेको थियो | कार्यक्रमको सुरुवात NRNA फिनल्यान्डका कार्यबाहक अध्यक्ष श्री बालकृष्ण श्रेष्ठले काव्यिक शैलीमै गर्नुभएको थियो | बिबिध शैलीका रमाइला प्रसँगसहित अघि बढेको साहित्यीक माहोलको केहि प्रस्तुतिहरुमा आफ्नो व्यक्तिगत कथा, मायाँ प्रेम र नियात्रा बर्णन थिए भने, धेरैका काव्य रचनामा आफ्नो कला,संस्कृति र देशप्रतिको मायाँ झल्किन्थ्यो | केहि प्रस्तुतिमा नेपालमा बिद्यमान राजनैतिक बेथिति र विसंगतिप्रति प्रहार पनि थियो |  दिउँसो करिब ४ बजे सुरु भएको साहित्यीक कार्यक्रम करिब ६ बजे टुंगिएको थियो भने त्यस लगत्तै मनोरन्जनात्मक कार्यक्रम राती १० बजेसम्म चलेको थियो | नेपाली समयअनुसार नयाँ दिन सुरु हुने समय रातको १२ बजे ‘काउन्टडाउन ‘ सहित नयाँ बर्षलाई स्वागत गरिएको थियो |

कार्यक्रम प्रतिस्पर्धात्मक नभएपनि त्यहाँ उपस्थित दर्शक, अनलाइनमा प्रत्यक्ष सुन्नुहुने श्रोता र आयोजक कमिटिको प्रतिक्रियाको आधारमा दुई कविलाई प्रोत्साहन स्वरुप ‘मायाँको चिनो’ प्रदान गरिएको थियो | स्थापनाकालीन सदस्यहरु श्री देवीदत्त शर्मा र ब्योमा ताम्राकार ज्युले कवि प्रकाश सापकोटा र नबीन अर्याललाई उक्त चिनो प्रदान गर्नुभयो | अन्य सबै सहभागीलाई ‘सहभागिता पत्र’ तथा प्रायोजक ‘हाम्रो बजार हेलसिन्की’ र स्वयंसेवकहरुलाई ‘धन्यबाद ज्ञापन पत्र’ प्रदान गरिएको थियो | कविहरुसंगको समन्वय तथा कार्यक्रम संचालन सदस्य भुवन पोखरेलले गर्नुभएको थियो |

10257129_717688344918583_878766640706077355_o

1966242_717688398251911_1235629380358079258_o

canadanepal.net  को कार्यक्रम ‘हेल्लो नेपाल’ मार्फत प्रत्यक्ष प्रसारण गरिएको उक्त ‘सृजनात्मक साँझ’, हेल्सिन्कीमा पहिलोपल्ट आयोजना गरिएको हो | फरक ढंगको स्वाद र प्रस्तुतिका कारण दर्शकहरुबाट सकारात्मक प्रतिक्रिया आएको थियो | NRNA फिनल्याण्डले प्रवासमा रही आफ्नो नेपालीपन जोगाइराख्ने र कला- संस्कृतिलाई मायाँ गर्न प्रेरित गरिराख्ने बिबिध कार्यक्रमहरु स्थापनाकालदेखिनै प्रस्तुत गर्दै आएको छ |

कार्यक्रमका केहि झलकहरु हाम्रो फेसबुक पेजमा उपलब्ध छन् ! यहाँ क्लिक गर्नुहोस > http://on.fb.me/1m3ll8G